RSS

साहित्य

गजल

डाक्टर छन आँफै बिरामी ठुलै।
पाएकै छन तर सलामी ठुलै।

मिलाए आज हेर,हात रोगैसँग,
उठ्याछ यहाँ कति मलामी ठुलै।

काम भन्दा पनि,दाम ठुलो भयो,
कमाए लौ उल्टै बदनामी ठुलै।

विश्वासै हट्ला, यस्तै चलिराखे,
हुनसके न बैद्य न धामी ठुलै।

ज्योतिपुञ्ज सुरेश

‘मानबिय जीवनको मुल्य नबुझ्ने मान्छे डाक्टर हुन सक्दैन,जतीसुकै प्रतिभासाली भएपनी।’
अस्पताल र अन्य स्वास्थ सस्था बन्द हड्ताल फिर्ता गरौ।

सार गजल

‘डाक्टर र बिरामी’
उपन्यास ‘कथा आँफैभित्र’

सुरेश थपलिया ‘ज्योतिपुञ्ज’
जन्मस्थान-पोखरा
स्थाइ घर नुवाकोट नेपाल

हाल,
जवाहरलाल चिकित्सा शिक्षा तथा अनुसन्धान केन्द्र,
भारत,पन्डिचेरी,
एम. बि. बि. एस. चौथो बर्ष


गीत : जुरेन साइत आज पनि

जुरेन साइत आज पनि, भोलिको भर परुं कति,
आएन दिन मिलनको प्रतिक्षा अझै गरुं कति !

भयौं टाढा दुई मुटु, अनगिन्ती पिडा बोकी,
तड्पिएरै संधैं यसरी, बांचिरहनु पर्ने हो कि !
बांच्नको नाउंमा यहाँ, पल-पल मरुं कति,
आएन दिन मिलनको, प्रतिक्षा अझै गरुं कति !!

समिप्यमा खोज्छु राख्न, खोली यादका पोकाहरु,
पुर्याइदेउ मिठो स्पर्ष, ए ! हावाका झोकाहरु !
जति थप्यो उति रित्तो, आशको घडा भरुं कति,
आएन दिन मिलनको, प्रतिक्षा अझै गरुं कति !!

मिन रानाभाट
भानु-३, तनहुँ हाल: अबुधाबी, युएइ

 

टिप्पणी छोड्नुहोस्