RSS

प्रवास

प्रगतिशील नेपाली समाज बेलायतको बैठक सम्पन्न

अल्डरसट÷जुन २७ का दिन प्रगतिशील नेपाली समाज बेलायतको केन्द्रीय समितिको बैठक अल्डरशटमा अध्यक्ष रणबहादर केसीको अध्यक्षता र सल्लाहकार कर्णबहादुर शाहीको विशेष उपस्थितिमा सम्पन्न भएको छ । बैठकले संगठनसम्वन्धी कयौं आन्तरिक निर्णयहरुको साथ अन्य निर्णयहरु पनि गरेको छ ।
बैठकले संगठन सुदृढिकरण तथा विस्तार गर्नसमाजका सबै सदस्यहरुलाई आ–आफ्नो जिम्मामा भएका क्षेत्रमा भेला बोलाई गठन तथा पुर्नगठन गर्न पहल गर्न अनुरोध गरेको छ । बैठकले
केन्द्रीय समितिको रिक्त तीन सदस्य पदमा मेडिस्टनबाट श्याम राई र अल्डरशटबाट पुरन गिरीलाई चयन गर्नुका साथै बाँकी एकजना सदस्य चयन गर्न अध्यक्षलाई जिम्मा दिने निर्णय गरेको छ । प्रगतिशिल नेपाली समाज बेलायतको स्थापना दिवस मनाउन आउँदो अगष्ट १५ मा नेपालबाट केन्द्रीय प्रतिनिधि बोलाई कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा प्रगतिशील नेपाली समाज स्पेनका सल्लाहकार मेघनाथ कँडेल वोन टीबीबाट पीडित हुनु भएकोमा वहाँको शिघ्र स्वास्थ्य लाभको कामना गरियो । वहाँको स्वास्थ्य उपचारको लागि पीएनएस यूकेको पहलमा ५३४ पौण्ड सहयोग संकलन गरी उपलव्ध गराइएको छ ।
बैठकले संगठनका सबै सदस्यहरुलाई आगामी ११ जुलाईमा सेन्टर लण्डनमा वेभ पव्लिकेशनद्वारा आयोजित नेपाल सम्वन्धी पव्लिक कार्यक्रमको साथै २४ जुलाईमा एलाइन्स फर पिपुल्स राइट इन साउथ एसियाद्वारा आयोजित भारतीय विस्तारवाद विरोधी पव्लिक मिटिङलाई सहयोग पु¥याउन सबै शुभचिन्तक, समर्थक तथा आम जनसमुदायलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
केन्दीय सदस्य भोला खनाल (बि) का पिता हरीप्रसाद खनालको ७ मे का दिन ९२ वर्षको उमेरमा असामयिक निधन भएकोमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै बैठकमा शोक प्रस्ताव पारित गरिएको थियो ।

नेपाली समाज स्विडेनको नयाँ कार्यसमिती गठन

नेपाली समाज स्विडेनको राजधानी स्टकहोममा हिजो असार १९ (जुलाई ३)मा सम्पन्न दोश्रो यबम बिशेष बार्शिक साधारण सभाले अध्यक्षमा बिभु कुमार मिश्रलाई पुन निर्बिरोध निर्बाचित गरेकोछ। समाजको बरिस्ठ उपाध्यक्षमा सभाले पुन प्रबेश कुबरलाई र उपाध्यक्षमा बाबुराम भुसाल(आकाश)लाई निर्बिरोध निर्बाचित गरेकोछ।
दुई बर्ष कार्यकाल रहने नयाँ कार्यसमितीको सचिबमा नवराज रेग्मी, सहसचिबमा द्वय बिष्णुराज पौडेल र सरद चन्द्र अर्याल(प्रबक्ता), कोशाध्यक्षमा मिलन कुमार गुरुङ निर्बाचित हुनु भयकोछ। त्यस्तै १५ सदस्यिय कार्यसमितिका सदस्यहरुमा क्रमश श्यामु जोहान्शन पुन, कृष्ण तिवारी, चिरन्जिवी खरेल, अमृत बहादुर घर्तिमगर, बिक्रम श्रेष्ठ, कृष्ण ढकाल (गोथेबर्ग), एनआरएन स्विडेनका अध्यक्ष नबिन थपालिया(पदेन), हेल्प नेपाल स्वेडेनका अध्यक्ष ब्रिजेश मैनाली(पदेन)सर्बसम्मतीले निर्बाचित हुनुभयको छ। त्यस्तै रविन बड्तौलाको सम्योजकत्वमा गठित साँस्कृतिक समितीलाई साधारण सभाले पुन अर्को कार्यकालको लागि अनुमोदन गरेकोछ।
साधारण सभामा प्रतिबेदन प्रस्तुत गर्दै समाजका अध्यक्ष बिभुकुमार मिश्रले नेपाली समाज स्विडेनलाई आगामी दिनमा बिसुद्ध नेपालीहरुको हकहितमा काम गर्ने सामाजिक संस्थाको रुपमा बिकशित गर्दै लाने योजना रहेको बताउनु भयो। मिश्रले नेपाली भाषा, खाना, परम्परा,चाड पर्ब, धर्म रितीथितीलाई सरक्षण यबम बिदेशी माटोमा पनि सम्बर्धन गर्न समाजले सक्दो प्रयास गर्दै जाने जानकारिदिनुभयो। त्यस्तै अध्यक्ष मिश्रले समाजको अगुवाइमा स्विडेनमा मन्दिर बनाउने पहल भैरहेको र बिदेशी भुमिमा मर्दा-पर्दा नेपालीहरुलाई सहयोग गर्न ट्रस्टको समेत ब्यबस्था गर्ने योजना रहेको उल्लेख गर्नुभयो। साधारण सभाले स्वेडेनका ठुला सहरहरुमा समाजको सन्जाल बिस्तार गर्न शाखाहरु खोल्ने क्रमलाई तिब्रता दिने निर्णय गरेकोछ।

प्रगतीशिल नेपाली समाज वेलायतद्धारा जारी विज्ञप्ती जस्ताको तस्तै

प्रगतीशिल नेपाली समाज वेलायतको वैठक सम्पन्न

रणवहादुर केसी ,वेलायत

गत १३ जुन २०१० आईतवारका दिन प्रगतीशिल नेपाली समाज वेलायतले लण्डन साउथ इष्ट विलविचमा एक बृहत कार्यक्रमको आयोजना गरेको समाचार प्राप्त छ । उक्त कार्यक्रममा लुइसम, चाल्र्टन र प्लमस्टेडको छुट्टाछुट्टै भेला गरी ३ वटा इकाई समितीको पुर्नगठन समेत गरिएको थियो ।
१. लुइसम इकाई समिती
प्रगतीशिल नेपाली समाज लुइसम इकाई समितीको भेलामा केन्द्रीय सल्लाकहार श्री कर्ण बहादुर शाही, अध्यक्ष श्री रण बहादुर के.सी., कोषाध्यक्ष श्री प्रेम गैरे, सचिवालय सदस्य श्री रवि घिमिरे, श्री ठाकुर प्रसाद शर्माको विशेष उपस्थितिमा ३ जना सदस्य पछि थप्ने गरी श्री रविन्द्र रानाको अध्यक्षतामा १३ सदस्य ईकाई समितीको पुनर्गठन गरिएको छ । त्यैेगरी उपाध्यक्षमा श्री हरिकृष्ण पौडेल, रचिव श्री राजेन्द्र गिरी, सह–सचिव श्री श्याम थापा, कोषाध्यक्षमा श्री राम खरेल रहेका छन । अन्य सदस्यहरुमा क्रमशः श्री वालकृष्ण जि.सी., श्री टिकाराम गौतम, श्री निरज ज्ञवाली, श्री सुदिप ज्ञवाली र संजीव श्रेष्ठ रहनु भएको छ ।
२. चाल्र्टन इकाई समिती
प्रगतीशिल नेपाली समाज चाल्र्टन इकाई समितीको भेलामा केन्द्रीय सल्लाकहार श्री कर्ण बहादुर शाही, अध्यक्ष श्री रण बहादुर के.सी., उपाध्यक्ष श्री महेन्द्र कडेल, सदस्य श्री पूmल प्रसाद कडेलका विशेष उपस्थितिमा श्रीे देवेन्द्र कडेलको अध्यक्षतामा २ जना सदस्य पछि थप्ने गरी १७ सदस्यीय ईकाई समितीको पुनर्गठन गरिएको छ । जसमा उपाध्यक्ष श्री ज्ञानेन्द्र सुवेदी, सचिव श्री ढकनाथ गैरे, सह–सचिव श्री प्रदिप कडेल, कोषाध्यक्ष श्रीमती रत्ना हमाल रहेका छन । अन्य सदस्यहरुमा क्रमशः गिता सामकोटा, कमला गौतम, श्री रुपेश गौतम, प्रस्ता अर्याल, रञ्जु कडेल, श्री रामु सापकोटा, श्री तेजेन्द्र कडेल, कल्पना उप्रेती, निर्मला काÏले र राजन काÏले रहनु भएको छ ।
३. प्लमस्टेड इकाई समिती
त्यसैगरी प्रगतीशिल नेपाली समाज प्लमस्टेड इकाई समितीको भेलामा केन्द्रीय सल्लाकहार श्री कर्ण बहादुर शाही, अध्यक्ष श्री रण बहादुर के.सी., सचिवालय सदस्य श्री विनोद ज्ञवाली, श्री श्याम शेरचन, रदस्य श्री रामचन्द्र मराठ्ठाको विशेष उपस्थितीमा १ जना सदस्य पछि थप्ने गरी श्री श्याम सेरचनको अध्यक्षतामा २१ सदस्यीय प्लमस्टेड इकाई समितीको पुनर्गठन गरिएको छ । जसमा उपाध्यक्ष श्री विनोद ज्ञवाली, सचिव श्री रामचन्द्र मराठ्ठा, सहसचिव श्री रमेश लाफा, कोषाध्यक्ष श्री लक्ष्मण न्यौपानेरहेका छन । अन्य सदस्यहरुमा क्रमशः श्री सन्तोष तिवारी, श्री विष्णु ज्ञवाली, श्री कर्ण नेपाली, श्री एंकल सेरचन, श्री डिलाराम खनाल, श्री दिनेश खडका, श्री शुरेश काजी श्रेष्ठ, श्री राजन नेपाल, श्री अर्जुन नेपाल, श्री अर्जुन ज्ञवाली, श्री सुशिल गुरुङ्ग, निता भट्टराई, श्री रुद्र के.सी., अनिल गौतम, श्री राजन वराल र जनार्दन सेडाई रहनु भएको छ ।
नेपाल अहिले नयाँ युगमा परिवर्तन भएको छ । तर यथास्थितीवादी, दक्षिणपन्थीहरु र परिवर्तनकामी विच चर्को मदभेदका कारण २ वर्षमा पनि नयाँ संविधान वन्न नसकेको वारेमा पनि छलफल गरिएको थियो । नेपालमा जनताको संविधान वन्न नदिन सवै प्रतिगामीहरु एकजुट भएको छ । प्रतिगमन रोक्न र जनताको आÏनो संविधान वनाउन अझ शसक्त आन्दोलनको जरुरी भएको कुरा पनि कार्यक्रममा छलफल गरिएको थियो ।
सम्पूर्ण कार्यक्रमको सञ्चालन श्री प्रेम गैरेले गरेका थिए भने उक्त कार्यक्रमको अध्यक्षता श्री महेन्द्र कडेलले गरेका थिए । कार्यक्रमको उदेश्य र समाजको गतिविधीको वारेमा श्री रण बहादुर के.सी.ले जानकारी गराएका थिए । कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागिहरुलाई श्री महेन्द्र कडेलले धन्यवाद दिएका थिए ।

रेमिटान्सको दुख र यसको सदुपयोग

अभिषेक खरेल, थ्रि स्टार रेमिट, मलेसिया

बैदेशिक रोजगारमा गएका नेपालीहरुको पसिनाको कमाईनै हाम्रो देशको ४० प्रतिशत आयश्रोत मानिन्छ | त्यो नै रेमिटान्स हो | बैदेशिक रोजगारबाट नेपाल भित्रने रेमिटान्सको दुख जति छ त्यसको दुरुपयोग्पानी त्यतिनै छ जस्तो लाग्छ किनकि बैदेशिक रोजगारबाट नेपाल भित्रने अर्थतन्त्र रेमिटान्स प्रति हाम्रो देश को सरकार गम्बिर रुपमा अगाडी बढेको देखिदैन नेपाल सरकारले रेमिटान्स सम्बन्धि बिशेष नीति-नियमहरु बनाएर अगाडी बढ्ननसके त्यसको परिणाम अन्ततः नराम्रो साबित हुन सक्छ | रेमिटान्स क्षेत्र लाई सरकारले दिने सेवाको स्तरवृद्धि पुर्बाधारमा थपलगानी बाताबरणमा उपेक्षित सुधार हुन नसकेका कारण रेमिटान्सको दुरुपयोग भएको देखिन जान्छ | यसको कारण देशको अवस्था अनुकुल नहुनु नै हो |यदि अनुकुल वातावरणको साथै नीति-नियमहरु भए रेमिटान्सबाट आउने श्रोतले देशलाई अझ बलियो र निर्भर पार्न मद्धत गर्छ | सेवा क्षेत्र, पर्यटन,उर्जा र कृषि जस्ता परियोजनामा रेमिटान्सको पैसालाई सदुपयोग गरे कसैसंग सहायताको लागि हात अगाडी बढाउने स्थितिको सुधार हुनेथियो |बैदेशिक रोजगारीमा जाने आमनेपालीहरु मध्यमबर्गीय परिवारको सदस्य हुन्छ जस्तै😦 मलेशिया,दुवै,कतार र साउदी ) र ऊसको सपना भनेको बिदेसमा कमाएको पैसाले नेपालको अलि राम्रो ठाउँमा ३ कोठे घर बनाउने हुन्छ किनकि देसमा रेमिटान्स प्रतिको चासो नहुनु हो यदि रेमिटान्सको नीति नियम अनि देशमा अनुकुल बताबरंको स्थिति भएको भए उसको सपना बदलिन सक्थ्यो ऐले को परिस्थितिमा लगानीगरेर कुनै फाइदा देख्दैन भने किन दुखगरेर आर्जेको अर्जन्लाई बिथ्यमा लगानी गर्नु ?
प्रत्येक बर्ष देशको आयश्रोतको ४० प्रतिशत रेमिटान्सको सदुपयोग खै?अनि कहाँछन् नीति-नियमहरु ?मलेशियामा ३ बर्ष अबधि अनि खाडीमुलुकमा २ बर्ष अबधि सकेर नेपाल फर्कने १ जना नेपाली पनि लगानीको सोच लिएर फर्केको हुदैन किन? खै राष्ट्रले दिएको हामीले गरेको दुखको पैसाको सदुपयोग ? हाम्रो देशमा नेताहरुलाई जहिलेपनि कुर्ची अनि सत्ताको लागि आन्दोलनको नया नया विचारहरु मात्र प्रस्फुटन हुन्छ देश कहाँ पुगिसक्यो खै चिन्ता? एउटा गल्लिको बाटोमा खाडल भए अरुदेश संग हात थाप्न पुरानो बानी लागेकोले देशका जनता अन्यदेशमा गएर गरेको दुखको मुल्यांकन छैन | बैदेशिक रोजगारमा जाने नेपालीहरुको दुख भनेको देशको अर्थतन्त्रको दुख हो खै त्यो बुझेको नेताहरु तपाईंहरुलाई के थाहा बैदेशिक रोजगारीको दुख बिहान ७ बजे देखि बेलुका ७ बजे सम्म साहुको गाली ,लात्ती सहेरगरेको कमाईलाई नेपाल सरकारले बेवास्ता गर्नु कहाँ सम्मको दुखदायीकुराहो अब पनि यसको सदुपयोग हुन सकेन भने यसको परिणाम आउन धेरै समय नलाग्ला यसको लागि नेपाल सरकार बाट अनुकुल बाताबरण बनाउनुपर्छ र रेमिटान्सको सहयोगबाट देशलाई सक्षम बनाउनुपर्छ |

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: