RSS

गोर्खा एफ एमद्धारा नगद पुरस्कार सहित पत्रकारहरु सम्मानीत

10 अप्रिल

गोर्खा समुदायवाट सञ्चालीत नेपालको पहिलो रेडियो गोर्खा एफ एम ९३ मेगार्हजको तेस्रो वार्षीक उत्सवको अवसरमा एफ एम ले तिन जना पत्रकारलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । आज सम्मानीत हुनेहरुमा यस पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक रविन प्रसाद थपलिया, वाराका पत्रकार शत्यलाल श्रेष्ठ तथा जनादेश साप्ताहीककी संगीता खडका रहनु भएको छ ।
समारोहमा संविधान सभाका प्रमुख सुवास चन्द्र नेम्वाङले थपलियालाई ११ हजार तथा श्रेष्ठ र खडकालाई जनही २०,२० हजार रुपैयाको चेक हस्तान्तरण गर्नुभयो ।
पत्रकार थपलिया गएको २०६६जेष्ठ ३१ गते राजधानीमा भएको मोटरसाइकल दुर्घटना पश्चात दाहिने गोडा गुमाएर उपचार गराईरहनु भएको छ भने श्रेष्ठ माओवादीले चलाएको गोली लागी घाइते पत्रकार हुन । त्यस्तै खडका भने जनादेश साप्ताहीका हुदां नेपाली शेनावाट पक्राउ परि यातना पाउनु भएको पत्रकार हुन् ।
कार्यक्रममा वोल्दै संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले प्रमुख राजनैतिक दलहरु विच सहमती भएमा जेष्ठ १४ मानै संविधान जारी हुने ठोकुवा गर्नुभयो । नेम्वाङले तोकिएको समयमा संविधान जारी गर्नको लागी भने पुरानो कार्यतालीका कटौती गर्नुपर्ने तर्क राख्नुभयो ।
कार्यक्रममा व्रिटीश गोर्खा मिडीया नेटवर्ककका अध्यक्ष प्रेम वेघाले पत्रकारहरुलाई सम्मान गरेर गोर्खा समुदायले नयाँ सन्देश दिन खोजेको वताउनुभयो । गोर्खा समुदायको लगानीम एफ एम सञ्चालन भएको भएपनि सवैको साझा संस्थाको रुपमा विकसीत गराउदै लगिएको वताउनुभयो ।
गोर्खा एफ एमको तेस्रो वार्षीक उत्सवको अवसरमा सञ्चारमाध्यम विच गरिएको मैत्रिपुर्ण फुटवल प्रतियोगीतावाट उठेको रकमवाट पत्रकारहरुलाई पुरस्कार दिइएको वताइएको छ । शिखर पुरुष गिरीजा प्रसाद कोइरालाको असामहीक निधन पछि एफ एमले आज वार्षीक उत्सव मनाएको हो ।
सो अवसरमा वर्षभरिमा गोर्खा एफ एममा वजेका लोक गित तथा अधुनिक गितलाई रोएल्टी समेत प्रदान गरिएको थियो ।

Advertisements
 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: