RSS

भोली नेपाल वन्द

11 अप्रिल

maoist releaseएकिकृत नेकपा माओवादीले भोली चैत ३० गते नेपाल वन्द आव्हान गरेको छ । प्रचलित ऐन–कानूनको उल्लङ्घन र सार्वजनिक लेखा समितिको निर्देशनको ठाडो अवज्ञा गर्दै व्यवस्थापिका संसदको विशेषाधिकारको समेत हनन हुने गरी सरकारले राष्ट्रिय सुरक्षा एवम् हितविपरित मेशिन रिडेवल पासपोर्ट (एमाआरपी) भारतको एक कम्पनीलाई छाप्न दिने सम्झौता गरेको विरोधमा सो वन्दको आव्हान गरेको हो । माओवादी प्रवक्ता दिनानाथ शर्माद्धारा हस्ताक्षर गरि पठाइएको विज्ञप्तीमा भारतीय कम्पनीलाई पास्पोट छाप्न दिने निर्णय राष्ट्रघाती कदम रहेकोले खारेजीको माग गर्दै आयोजना गरेको नेपाल वन्द सफल पार्नको लागी
मजदुर, किसान, शिक्षक, राष्ट्रसेवक, उद्योगी–व्यवसायीलगायत सम्पूर्ण देशभक्त नेपाली जनसमुदायलाई हार्दिक अनुरोध समेत गरेको छ । शान्ति, संविधान, नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाभिमानका लागि सञ्चालित यसप्रकारका कार्यक्रमबाट जनजीवनमा पर्न जाने असुविधाप्रति हामी दुःखी छौं माओवादीको विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै माओवादीले बन्दको अवधिमा पत्रकार, कुटनीतिक नियोग, मानवअधिकारवादी संघसंस्थाका सवारी साधन, स्वास्थ्य सेवा एवम् एम्बुलेन्सको आवतजावतमा कुनै बाधाव्यवधान खडा नगरिने समेत वताएको छ । प्रस्तुत छ वन्दको पुर्वसन्ध्यामा माओवादी प्रवक्ता दिनानाथ शर्माद्धारा जारी विज्ञप्ती

प्रचलित ऐन–कानूनको उल्लङ्घन र सार्वजनिक लेखा समितिको निर्देशनको ठाडो अवज्ञा गर्दै व्यवस्थापिका संसदको विशेषाधिकारको समेत हनन हुने गरी सरकारले राष्ट्रिय सुरक्षा एवम् हितविपरित मेशिन रिडेवल पासपोर्ट (एमाआरपी) भारतको एक कम्पनीलाई छाप्न दिने सम्झौता गरेकोमा उक्त राष्ट्रघाती कदमको खारेजीको माग गर्दै एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आयोजना गरेको ०६६ चैत ३० गतेको ‘नेपालबन्द’लाई सफल बनाउन हामी मजदुर, किसान, शिक्षक, राष्ट्रसेवक, उद्योगी–व्यवसायीलगायत सम्पूर्ण देशभक्त नेपाली जनसमुदायलाई हार्दिक अनुरोध गर्दछौं ।
शान्ति, संविधान, नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाभिमानका लागि सञ्चालित यसप्रकारका कार्यक्रमबाट जनजीवनमा पर्न जाने असुविधाप्रति हामी दुःखी छौं । तर पनि देशमा दीगो शान्ति, राजनीतिक स्थायीत्व र आर्थिक उन्नतिका लागि प्रतिगामी षडयन्त्र र राष्ट्रघाती कदमका विरुद्ध जनताका यसप्रकारका कार्यक्रम आवश्यक भएको र ती कार्यक्रममा जनसमर्थन प्राप्त हुँदै आएको स्मरण गर्दै कार्यक्रम सफल पार्न हाम्रो पार्टी हार्दिक अपिल गर्दछ ।
बन्दको अवधिमा पत्रकार, कुटनीतिक नियोग, मानवअधिकारवादी संघसंस्थाका सवारी साधन, स्वास्थ्य सेवा एवम् एम्बुलेन्सको आवतजावतमा कुनै बाधाव्यवधान खडा नगरिने पनि सम्पूर्ण सरोकारवालालाई जानकारी गराउन चाहन्छौं ।
०६६ चैत २९ गते

दीनानाथ शर्मा
प्रवक्ता

Advertisements
 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: