RSS

अपराधीहरूका लागि स्वणिर्म वर्ष

14 Apr

सञ्चार उद्यमी जमिम शाहको गत माघ २४ मा लाजिम्पाटमा खुलेआम हत्या गरिएपछि काठमाडौंवासीहरू स्तब्ध भए । घटनामा केहि प्रहरी र एक अन्तर्राष्ट्रिय आपराधिक समूह संलग्न देखियो । यसमा सहयोगी भूमिका खेल्ने केही कनिष्ठ प्रहरी अधिकृत थुनामा छन् भने एक पूर्व डिएसपीसहित मुख्य आरोपीहरू फरार छन् ।
पेसागत दृष्टिकोणले उक्त हत्याको विरोधमा मुलुकभरिका सञ्चारकर्मी एवं व्यवसायीहरू सडकमा ओर्लिए । सञ्चारकर्मी भएकै कारणले नभई अन्य कारणले शाह मारिएको निक्र्यौल अनुसन्धानमा संलग्नहरूले गरे । अन्डरवल्र्ड डनहरूसँगको साँठगाँठ र पाकिस्तानद्वारा भारतमा हुने नक्कली भारतीय रुपैयाँ कारोबारमा सहयोगी भूमिका खेलेकाले शाह निशाना बनेको प्रहरी सूत्रको भनाइ छ । यद्यपि यो विषयमा सम्बद्ध सुरक्षा अधिकारीहरू खुलेर केहि बोल्न चाहँदैनन् ।
फागुन १७ मा जनकपुरमा अर्का सञ्चार उद्यमी एवं व्यवसायी अरुण सिंहानियालाई गोली प्रहार गरी मारियो । जनतान्त्रिक तराई मुक्ति मोर्चा -अर्जुन सिंह) समूहले जिम्मेवारी लिए पनि उनको हत्याको कारण अझै खुल्न सकेको छैन । प्रहरीले पारिवारिक वैमनस्यता, चन्दा एवं व्यावसायिक प्रतिस्पर्धाका दृष्टिकोणले उक्त घटनाको अनुसन्धान गरिरहेको छ ।
फागुन १८ मा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सका अध्यक्ष नागेन्द्र किसन पाम्पाटीमाथि राजधानीको लाजिम्पाटमा गोली प्रहार भयो । चालकको चलाखीले गाडीमा गोली लाग्नाले उनी बचे । यस विषयमा पाम्पाटीले मुख खोलेका छैनन् भने प्रहरी पनि कुनै निष्कर्षमा पुग्न सकेको छैन । चन्दा र फिरौंती असुल्नलाई कुनै आपराधिक समूहले पाम्पाटीलाई तर्साएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
दुई चर्चित व्यक्तिको हत्या र एकको हत्या प्रयासको खबरले सञ्चारमाध्यममा महत्त्व पाए पनि वर्षभरि नै यस्ता अपराध निरन्तर भैरहेको देखिन्छ । यी घटनाले आपराधिक समूहको चलखेल र हतियारको सहज पहुँचलाई समेत छर्लङ पारेको छ । जमिम शाह हत्यामा संलग्न भनिएका छोटा राजन समूहको एक सशस्त्र टोलीलाई २०६५ चैत ४ मा अत्याधुनिक हतियारसहित सिफलबाट पक्राउ गरिएको घटनाले समेत आपराधिक समूहको सक्रियतालाई उदांगो पार्छ ।
यो अवधिमा अपत्यारिला र स्तब्ध पार्ने खालका अपराधका घटना समेत भएका छन् । पोखरा क्षेत्रीय अस्पतालमा गत २ माघमा बिरामी कुर्न बसेकी एक महिलालाई अज्ञात व्यक्तिले अपहरण गरी गरगहना तथा नगद लुटे । सामान्य झगडामा माओवादी कार्यकर्ताले गत माघ ६ मा अन्धाधुन्ध गोली चलाउँदा काठमाडौंको गोठाटारमा एक बालकको मृत्यु भयो भने तीन जना घाइते भए ।
माघ २८ मा फिरौतीका लागि दाङ ढिकपुर, दुबीचौरका सामान्य परिवारका १० वषर्ीय बालक होमबहादुर चौधरीको अपहरणको १६ दिनपछि हत्या भयो । पाल्पा ठिमुर, बुढीचौरगैरामा आपराधिक समूहले गत माघ २६ को राती एकै परिवारका चार जनाको हत्या गरे ।
पुसको अन्तिम साता पर्साका तत्कालीन सहायक प्रजिअ बलबहादुर मल्ललाई संयुक्त जनतान्त्रिक तराई मुक्तिमोर्चाका कार्यक्रताले गरेको हत्या प्रयासमा उनका अंगरक्षक प्रहरी जवान अनन्तबहादुर खडकाको ज्यान गयो ।
द्वन्द्वको व्यवस्थापन भैनसकेकाले सामाजिक एवं राजनैतिक दुवै थरिको अपराधले मुलुकलाई गााजेको देखिन्छ । तराईका सशस्त्र भूमिगत संगठनको सक्रियता र सीमावर्ती आपराधिक समूहको गतिविधिले हरेक समुदाय र वर्गमा त्रासको वातावरण छ भने राजधानीमा हतियारधारी समूहको ठूलो उपस्थितिले नागरिक समाज भयमा बाँच्न बाध्य छ ।
यस प्रकारको असुरक्षित र अनिश्चित वातावरणमा तराईवासीहरूद्वारा मुलुकका अन्य भागमा र सहरवासीमा विदेश पलायन हुने प्रवृत्ति बढेको छ । राजनैतिक संरक्षणको आड पाएका आपराधिक समूहले राजधानी भित्र र बाहिरसमेत केहि वरिष्ठ प्रहरी अधिकृतलाई ज्यान मार्ने धम्की दिन थालेका घटनासमेत सार्वजनिक भएका छन् ।
हतियारधारी समूहले फागुन १२ मा राजधानीको पुरानो बानेश्वरस्थित भोजपुर दिङ्ला सुनचाँदी पसलबाट ६ किलो सुन र २० लाख रुपैयाँ लुटे । राजधानी बेच्न ल्याइएको हतियार र गोलीसहित आक्कल-झुक्कल केही व्यक्ति पक्राउ पर्छन् । लुटपाटमा संलग्न ठूला समूहमध्ये दुई-चार जना थोरै धनमालसहित पक्राउ पर्छन् । प्रहरीले पत्रकार सम्मेलनमार्फत यस्ता उपलब्धिको मादल पिटे पनि अपराधको गतिमा कमी आएको देखिँदैन । नेपाल प्रहरीले मुलुकभरी भएको अपराधलाई तथ्यांकमा निकै कम देखाउँदै आएको छ ।
विभिन्न स्वतन्त्र अध्ययनहरूले जनयुद्धपछि बर्सेनि ५ देखि ४० प्रतिशतको दरले अपराधमा वृद्धि भएको देखाएका छन् । अपराधविद् एवं समाज-शास्त्रीहरूले अपराध बढनुमा सरोकारवाला सबैलाई उत्तिकै दोषी मान्छन् । अपराधविद् एवं नेपाल प्रहरीका पूर्व डिआईजी भरतबहादुर जीसीले योजनाबद्ध रूपमा प्रहरी परिचालन नहुँदा यो स्थिति सिर्जना भएको बताए । ‘आाखा चिम्लेर दौडेर मात्र हुँदैन,’ जीसीले भने, ‘प्रहरीले इन्टेलिजेन्स बेस्ड अपरेसन -गुप्तचर सूचनाको आधार) मा कारबाही गर्नुपर्छ ।’
दण्डहीनताको अवस्थाले अपराधीबाट भय हराएको उनी बताउँछन् । स्पष्ट रूपमा राजनीति र माफियाबीच तालमेल देखिएको औंल्याउँदै जीसीले भने, ‘यस्तो घडीमा सरकारी प्रतिवद्धताभन्दा प्रहरी युनिट सशक्त हुनु आवश्यक छ ।’ जीसीका अनुसार बलात्कारी र हत्यारासँग सम्झौता नहुने अडानका साथ प्रहरीले दल र नेतामा डर उत्पन्न गर्नुपर्छ । ‘स्थिति उल्टो छ, हत्यारा र बलात्कारीले संरक्षण पाइरहेका छन्,’ जीसीले भने, ‘जाँड खाने प्रहरी निलम्बनमा पर्छन्, जमिमका हत्यारासँग सााठगााठ भएकाहरू खुला घुम्छन् ।’ समाजशास्त्री सुरेश ढकाल राज्यसँग अपराध नियन्त्रण गर्ने संयन्त्रको अभाव भएको बताउँछन् । हिंसा र द्वन्द्व विकेन्दि्रत भएको यो अवस्थामा सरकार निरीह र कमजोर देखिएको ढकालले बताए । ‘कसैले नजितेको अवस्था छ, यो मौकामा साना हतियारका व्यापारीको सञ्जाल बढेको छ,’ ढकालले भने, ‘हतियारको सहज आपूर्तिले अपराधको तीव्रता र गहनता बढेको छ ।’ महानगरीय प्रहरी अपराध महाशाखाको एक गोप्य प्रतिवेदनमा समेत तराई र सीमावर्ती क्षेत्रबाट मात्र हतियार ल्याएर राजधानी बेचिँदैन, विभिन्न माध्यमबाट हतियारका पार्ट पुर्जाहरू मगाएर राजधानीमै मेसिनगन, एके-४७, पेस्तोल र रिभल्वर बनाएर बेच्ने समूह सक्रिय रहेको महाशाखाको एक प्रतिवेदनमा उल्लेख छ ।
दसवर्षे सशस्त्र युद्धको मानसिकताले हिंसा र हतियारलाई स्थापित गरेको ढकालले बताए । ढकालका अनुसार द्वन्द्वबाट निकास नपाएका अन्य मुलुकमा समेत संक्रमणकालमा अपराध बढेको देखिन्छ । समाजशास्त्री ढकालका अनुसार एकातिर सशस्त्र द्वन्द्वको पूर्ण समापन हुन सकेको छैन भने अर्कातिर अपराधको राजनीतीकरण भैरहेको छ । ‘माओवादीसँग कति हतियार थियो ?, कसैलाई थाहा छैन,’ उनले भने, ‘कन्टेनरमा भएको हतियार मात्र हतियार होइन, उनीहरूलाई हतियार बेच्नेलाई त कन्टेनरमा हालिएको छैन नि ।’ उनले यसका लागि खुल्ला सीमा, द्वन्द्वको कुरुप रूप र राजनीतिमाथि हावी भएर अपराधीले जितिरहेको अवस्थालाई मुख्य कारणका रूपमा तेस्र्याएका छन् । ‘सुरुमा सुरक्षाकर्मी र माओवादीसँग मात्र भएको हतियार सबैतिर पुगेको छ, यस्तोमा राज्यको न्यून उपस्थिति, कमी र कमजोरीले अपराधको उत्थानमा सहयोग पुर्याएको छ,’ ढकालले बताए । ढकालका अनुसार अपराधको प्रवृत्ति सबैतिर फैलिएर अन्तमा एक आपसमा जुध्ने खालको हुन्छ । अन्य मुलुकमा झैं यसको नियन्त्रणमा समुदायको प्रभावकारी पहल नदेखिएको ढकाल बताउँछन् ।
दलीय प्रभावबाट मुक्त सशक्त सामाजिक पहलको आवश्यकतामा ढकालले जोड दिए । महाशाखाकै एक वरिष्ठ अधिकृतका अनुसार केही वर्षदेखिको प्रवृत्ति हेर्दा अधिकांश ठूला घटनामा माओवादी एवं स्वयं सुरक्षाकर्मी संलग्न देखिन्छन् । उनीहरूबाटै हतियार बरामद भएको देखिएको ती अधिकृतले बताए ।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: