RSS

आज मातृ औँषी अर्थात् आमाको मुख हेर्ने दिन

14 Apr

आज नयाँ वर्ष जस्तै मातृ औषी परेको छ । नयाँ वर्षको रौनक संगै आमाको मुखहेर्नको लागी मानिसहरु सडकमा तँछाड मछाड गरि हिडीरहेका छन् । राजधानी तथा देशभरका मिठाई पसलहरुमा मिठाई किन्ने ग्राहकहरुको भिड लागेको छ । हिजो अस्ती भन्दा आज तरकारी तथा मिठाइको भाउ वढेको छ । नयाँ वर्षमा तथा मातृ औषीमा घर पुग्न नसकेकाहरु आपना परिवार तथा आमालाई टेलिफोन गर्न व्यस्त देखिन्छन् । नयाँ वर्षको साथै औषी परेकाले आजको दिनलाई विशेष रुपमा लिईएको छ ।
लागौ औषीवारेको जानकारी
वैशाखकृष्ण अमावश्यालाई हिन्दु संस्कृतिमा आमाको मुख हेर्ने दिन मानिन्छ । यस दिनलाई अर्काे शब्दमा मातृऔंसी, मातृदिवस, मातातीर्थ औंसी आदि पनि भनिन्छ । २०६७ सालमा यो पर्व १ गते नै परेकाले नववर्षका साथसाथै यो पर्व पनि मनाइनेछ । यस दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न टाढा-टाढाबाट आएर ढोगभेट गरी आ-आफ्नो गच्छेअनुसारका खाद्यपदार्थ ख्वाइन्छ । नौ महिनासम्म शिशुलाई गर्भमा धारण गरेर आफूले खाएको अन्न, जल, श्वास, संस्कार दिएर जन्म दिने र जन्मपछि पनि शिशुको स्याहार सुसार गरेर मनुष्यको आकारमा ढालिदिने आमाको महत्त्व कति छ हामीले व्यक्त गरिरहनुपर्दैन ।

आमा जन्म लिने बालकका लागि जगद्धात्री जगज्जननीको साकार स्वरूप हुन् । आमाको महिमा अपार छ, जति गाए पनि सकिँदैन । आमाको त्याग, तपस्या, समर्पण र उपकारबाट नै आज हामी यो रूपमा खडा भएका छौं । एउटी आमाले हामीप्रति गरेको उपकारको साटो हामीले आमालाई दिने केही पनि छैन । जीवनभर जति सेवा गरे पनि आमाको अविभारा चुक्ता गर्न सकिँदैन । आमा धरती हुन्, हामी उनका साना सन्तान मात्र हौं । त्यसैले हामी अनुग्रहित मुद्रामा आमाले गरेको समर्पणका लागि जीवित आमाको मुख स्नेह पूर्वकले हेर्छाैं, कर्तव्यले पाउ ढोग्छौं र श्रद्धाले खाना ख्वाउँछौं ।
आमा हुनेहरू आमालाई मन पर्ने भोजन ख्वाएर एवं उपहारहरू दिएर यो पर्व मनाउँछन् । आमा नहुनेहरू भने यस दिन काठमाडौं उपत्यकाको पश्चिम थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडको फेदीमा रहेको मातातीर्थ कुण्डमा कपाल मुण्डन एवं स्नानशुद्धिपश्चात् आफ्नी आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् । त्यहाँ भएको ठूलो पोखरीमा भित्री हृदयले शुद्ध भएर हेरेको खण्डमा आफ्नी मृत आमाको अनुहार देख्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । उक्त कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भै दिएको आशीर्वादको प्रभावले छोराछोरीहरू जनधनले सुसम्पन्न भै महासुख भोग गर्न पाउँछन् भनिन्छ । मातातीर्थ कुण्ड पौराणिक एवं धार्मिक तीर्थस्थल हो । भगवान् विष्णुको सातौं अवतारका रूपमा मर्यादापुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै यो ठाउँमा आइपुग्नुभयो । उहाँलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाहरूले आक्रमण गरे । फलस्वरूप श्रीराम र उनीहरूबीच घमासान युद्ध भयो । युद्धले गर्दा दुवै पक्ष आकुल-व्याकुल थिए । त्यही बेला माता सीताजीलाई प्यास लाग्यो । पानी खोज्दै जाँदा कतै पानी नभेटिएकाले भगवान् श्रीराम गंगामाताको स्तुति गर्न थाल्नुभयो । ‘माता गंगासमो तीर्थ पुस्कर पिता पुस्कर मे वचः’ भन्दै तीनपटक मन्त्रोच्चारण गरी जमिनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो । त्यहाँ माता सीताजीले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाउनुभयो । ब्रह्माण्डको दर्शन पाउँदा उहाँको स्वरूप कुण्डमा रहेको ढुंगाको मूर्ति कोरिन पुग्यो ।
त्यतिबेला त्यहाँ घना जंगल भएकाले गाई चराउन आएका गोठालाहरू कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए । एउटा गोठालो मुखमा रोटी नपरी कुण्ड भएतिर मात्र जाँदो रहेछ,, उसले त्यहाँ आमाको दर्शन पाएछ, तर घर र्फकने वेलामा गोठालोले एक्लै फर्किन नमानेको र आमासँगै जाने इच्छा राख्दा आमाले छोरालाई हामी मृत आमाहरूको दर्शन गर्न सधैं वैशाख औंसीको दिन यो तीर्थमा आउनू भन्ने वाचाका साथ छोरालाई सम्झाई-बुझाई फर्काइन् । आमाको पवित्रस्थल भएकाले यो ठाउँको नाम मातातीर्थ रहेको हो । यसरी विधिवत् रूपमा छोराछोरीहरू आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आ-आफ्ना आमाको मोक्ष प्राप्त गराउन यो तीर्थमा मेला भर्न आउँछन् । यो तीर्थमा सतीदेवीको अंग पतन भै मातुलेश्वर महादेवको उत्पत्ति भएको वर्णन श्रीस्वस्थानी व्रतकथामा पाइन्छ । पुण्यप्राप्तिका लागि कोटी होम, यज्ञ, पूजापाठ एवं अनेक तीर्थव्रत गरेको भन्दा पनि यो तीर्थमा प्रवेश गर्दा बढी फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ ।
आमालाई माता, जननी, महतारी आदि शब्दले पनि चिनिन्छ । हामी कुनै दुःख-कष्ट आइपर्दा पहिले आमालाई नै सम्झन्छौं । आफ्नै अङ्गको कुनै ठाउँमा चोट लाग्यो वा ठेस लाग्यो भने पनि ‘ऐया आमा’ शब्द निकाल्न पुग्छौं । यसरी हामीले आमाबाट जन्मदेखि ठूलो हुन्जेलसम्म माया, ममता र संरक्षण पाइरहेका छौं । जननी जन्मभूमि हुन्, स्वर्गभन्दा पनि बढी, यो पंक्ति श्रीरामचन्द्रले लंका जितेपछि लक्ष्मणलाई सम्झाउँदै भनेका हुन् । हुन पनि हो, आमा र जन्मिएको धरती स्वर्गभन्दा पनि प्यारो हुन्छ । आमाको मन र ममताका विषयमा एउटा रोचक कथा ःकुनै एउटी आमा आफ्नो छोरालाई असाध्यै माया गर्थिन् । रहँदा बस्दा छोरो ठूलो हुँदै गएछ र घरमा बुहारी पनि आइछ । बुहारीले उसलाई भिन्न बस्न बाध्य पारिछ । तैपनि छोरो बारम्बार आफ्नो आमालाई भेट्न गैरहन्थ्यो । ऊ आमालाई भेट्न गएको बुहारीलाई पटक्कै मन परेनछ । एक दिन उसकी स्वास्नीले उसलाई आमाको मुटु-कलेजो हातमा लिएर आउन जोड गरी । छोराले दुलहीको ढिपी टार्न सकेन । उसले त्यसै गर्यो । बाटो अँध्यारो थियो, जहाँबाट एउटा सानो वन छिचोलेर आउनुपथ्र्याे । त्यो मुटु कलेजोले भन्न थाल्यो- बाबु तँलाई चोट त लागेन ? त्यसपछि छोरो केही पनि बोल्न सकेन । यस्तो हुन्छ आमाको स्नेह । त्यसैले शास्त्रमा आमालाई पनि देवतासरह मानिएको छ- ‘मातृदेवो भवः ।’ आमालाई तीर्थका रूप पनि मानिएको छ ।
यसैले आमा हाम्री जननी हुन्, देवी हुन् । आमालाई कुनै पनि हालतमा श्रद्धा र सम्मान गर्न चुक्नुहुँदैन । आमाको अपमान गर्दा वा अपशब्द बोल्दा जो-कसैलाई घोर पाप लाग्छ भनेर पौराणिक ग्रन्थहरूमा प्रस्ट उल्लेख गरिएको छ । आमाको जस्तो निष्कलंक, स्वच्छ माया अरू कसैले दिनसक्दैन । संस्कृतमा उक्ति पनि छ ः ‘कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति’ ।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: