RSS

नयाँ वर्ष नेपाल तथा प्रवासमा रहेका नेपालीहरु विच सुभकामना सहित भव्यका साथ मनाँइदै

14 Apr

नयाँ वर्षको उपलक्ष्यमा नेपाल तथा नेपाल वाहिर विभिन्न कार्यक्र गदै मनाँइदै छ । नेपालमा रहेका नेपालीहरुले आफन्ता तथा साथीभाईहरु विच जम्मा भएर सुभकामना आदनप्रदान कार्यक्र गदैछन् भने विदेशमा रहेका नेपालीहरु पनि नेपाली नयाँ वर्षमा विभिन्न कार्यक्रम गरिरहेका छन् । राजधानीका डिस्को तथा डान्सहरुमा आज विभिन्न सुभकामना कार्यक्रमले हलहरु भरिभराउ रहेका छन् भने होटलहरुले पनि विभिन्न ध्यजा पताकाहरुले सजीसजावट गरेर नयाँ वर्षलाई स्वागत गरेका छन् । राजधानीका विभिन्न चोक तथा गल्लीहरुमा हिजै देखि सरसफाई गरिएको छ । काठमाण्डौको पर्यटकीय क्षेत्र ठमेलमा पनि नयाँ वर्षका विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ । ठमेलमा पर्यटकहरुलाई आर्कषण गर्नको लागी आफना पसल वरपर नयाँ वर्ष लेखीएका सुभकामना कार्डहरु तथा ध्वजा पताकाहरुले सजिसजावट गरि राखीएको छ । ठमेल आज विहानै देखि वधु जस्तै सिंघारीएको छ ।
मानिसहरु नयाँ वर्षको लागी कार्यक्रम गर्नको लागी व्यस्त देखिन्छ । सडकमा विहानै देखी कम सवारीसाधनहरु गुडेका छन् । उपत्यकाका मठमन्दीरहरुमा दर्शन गर्नको लागी दर्शनार्थीहरुको घुईचो वढेको छ ।
नयाँ वर्षको उपलक्ष्यमा मानिसहरु सुभकामना कार्ड तथा एस एम एस गर्नमा पनि व्यस्त रहेका छन् । नयाँ वर्षमा सुभकामना दिनको लागी अत्याधीक रुपमा मोवाईल तथा टेलिफोन प्रयोग भएकाले मोवाईलमा सम्पर्क गर्न समेत गह्रो भएको छ । एउटा रमाईलो कुराचाँही के हो भने टेलिकमको मोवाईलवाट सुभकामना एस एम एस पठाउन आज निकै गह्रो समेत भएको छ । टेलिकमले नयाँवर्षको उपलक्ष्यमा एस एम एसमा छुट दिएकाले पनि टेलिकमका सर्कीटहरु आज अत्याधिक व्यस्त रहेका छन् ।
नयाँ वर्षमा विभिन्न सेवाप्रदायक कम्पनीहरुले वस्तु तथा सामानको मुल्यामा छुट प्रदान गरेका छन् । नयाँ वर्षमा हामी जो जहाँ छाँै हाँसी खुसीका साथ मनाँउ हाम्रो अग्निबाँणको तर्फवाट सुभकामना छ ।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: