RSS

०६७ मा ९२ दिन सार्वजनिक बिदा

14 Apr

२०६७ सालको ३ सय ६५ दिनमा ९२ दिन सार्वजनिक बिदा घोषणा गरेर सरकारले यो खुसीको खबर दिएको हो । गृह मन्त्रालयका अनुसार सरकारले वर्षभरि पर्ने ५२ वटा शनिबारबाहेक विभिन्न दिवस र पर्वका लागि ४० दिन बिदा दिएको हो ।
नयाँ वर्षमा सबैभन्दा बढी पर्व बिदा १५ दिन परेको छ । पर्वमध्ये हिन्दुहरूले मनाउने दसैंलाई सात दिन र तिहारलाई तीन दिन छ भने अन्य समुदायको पर्वलाई एक/एक दिन छुट्टयाएको छ । जात्राको बिदा ४ दिन छ । विभिन्न दिवस तथा अवसर बिदा ८ दिन र जन्मजयन्ती ३ दिन छ । तीज र ऋषि पञ्चमीमा विगतमा जस्तै महिलाका लागि एक/एक दिन बिदा दिइएको छ । वैशाख ११ गतेलाई लोकतन्त्र र जेठ १५ गतेलाई गणतन्त्र दिवस मनाउन बिदा छुट्टयाइएको छ भने फागुन ७ गतेको प्रजातन्त्र दिवस पनि यथावत् राखिएको छ । जन्मजयन्तीमा बुद्धजयन्ती, श्रीकृष्ण जन्माष्टमी र रामनवमीलाई बिदा घोषणा गरिएको छ । बिदा परेका चार जात्रामा गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा र घोडेजात्रा छन् ।
‘विगत वर्षमा भन्दा बिदा खासै घटबढ छैन,’ गृह मन्त्रालयका एक अधिकृतले बिदाबारे भने, ‘सबै जातजाति तथा धर्मलाई समेटेर बिदा तय गरिएको छ ।’ उनले हिन्दुबाहेकका समुदायले पनि दसैं मनाउने गरेकाले बिदाका दिन बढी परेको बताए । ती अधिकारीले भने, ‘जुन धर्म र समुदायको भए पनि दसैंमा सबै घर जान चाहन्छन् ।’

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: