RSS

पार्टी छाडेको निहुमा अपहरण

15 Apr

काठमाडौं, वैशाख २ । पार्टी छाडेको निहुमा एकीकृत माओवादी कार्यकर्ताले मोरङ, बयरवन घर भई हाल काठमाडौं बस्ने भरत कार्कीलाई ज्यान लिने धम्की दिएका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कार्कीले पार्टी परित्याग गरेको निहुमा चैत ११ गते आफूलाई एकीकृत माओवादी काठमाडौं क्षेत्र नं. ९ की इन्चार्ज रश्मि भनिने कमला थाम्सुहाङको नेतृत्वमा अपहरण गरी तीन दिनसम्म वाइसिएलको आलोकनगरस्थित क्याम्पमा राखी शारीरिक र मानसिक यातना दिई सात लाखको चेकमा जबर्जस्ती सही गराएर तीन दिनपछि छाडेको बताए ।
जीवन रक्षा, लुटिएको रकम फिर्ता र क्षतिपूर्तिका लागि महानगरीय प्रहरीमा जाहेरी दिए पनि प्रहरीले अहिलेसम्म दोषीलाई पक्राउ गरी कारबाही अघि नबढाएको उनले बताए । कार्यक्रममा मानवअधिकारवादी सुबोधकुमार प्याकुरेल, सुदीप पाठकलगायतले कार्कीको जिउधनको सुरक्ष्ाँका लागि नेपाल सरकारसंग अपिल गरे ।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: