RSS

मधेशलाई छुट्टै मुलुक बनाउने चेतावनी

15 Apr

नवलपरासी—बैशाख २ सरकार परिवर्तन गर्ने चलखेल चलिरहेका बेला सत्ता घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जनभावना अनुसार स्वायत्त मधेश एक प्रदेश घोषणा नभए मधेशलाई छुट्टै मुलुक बनाउने चेतावनी दिएका छन ।
मेची महाकाली मधेश स्वाभिमान यात्रामा नवलपरासी जिल्लाको परासी बजार आइपुगेका अध्यक्ष महतोले आमसभालाई सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन । “राज्यले जनभावना अनुसार मधेशलाई समग्र स्वायत्त मधेश एक प्रदेश संघीयता अन्तर्गत घोषणा नगरे हामी आफै मधेशलाई छुट्टै मुलुक बनाउन गृहकार्यमा जुटेका छौ,” अध्यक्ष महतोले बताए ।
आमसभालाई सम्बोधन गर्दै अध्यक्ष महतोले मुलुकलाई बचाउन संघीयतामा जानुपर्ने औल्याए । राज्यले मधेशलाई टुक्रा टुक्रामा विभाजन गर्न लागेको आरोप लगाउदै उनले समग्र स्वायत्त मधेश एक प्रदेश विरुद्ध तीन प्रमुख राजनीतिक दलले अवरोध सिर्जना गरेको आरोप लगाए ।
सरकार संविधान निर्माण, शान्ति प्रकृया, सेना समायोजन, सुरक्षालगायतका विषयमा गम्भिर हुन नसकेको आरोप लगाए । बाणिज्य तथा आपूर्ति मन्त्री समेत रहेका अध्यक्ष महतोले तीन प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, एमाले र माओवादीले नयाँ संविधान बनाउन अबरोध सिर्जना गरेको आरोप लगाए ।
पार्टीका सहअध्यक्ष तथा विना विभागिय मन्त्री लक्ष्मणलाल कर्णले निर्धारित समयमा संविधान निर्माण नभए मधेशले अधिकार प्राप्त गर्न नसक्ने जानकारी दिए ।सरकारले समयमा संविधान निर्माण नगरी संविधान निर्माण गर्ने नाउमा सभासदहरुको भत्ता मात्र बढाउन खोजेको उनले आरोप लगाए ।सोही पार्टीका सहमहासचिव मनिष कुमार सुमनले दुई वर्षमा हुन नसकेको संविधान निर्माणको काम अबको डेढ महिनामा हुन सक्छ भन्नु हास्यस्पद हुने बताए । मधेशवादी दलहरु पहाडी सता र एकिकृत नेकपा माओवादीको दलाल भएको समेत आरोप लगाएका छन । सदभावना पार्टीले तोकिएको समयमा मधेशको मुद्दा सम्बोधन सहितको संविधान घोषणा गरिनुपर्ने माग राखि चैत्र २१ गतेदेखि बैशाख ९ गते सम्म मेची महाकाली मधेश स्वाभिमान यात्राको आयोजना गरेको छ ।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: