RSS

जेठ १४ पछि के गर्ने होला ?

16 अप्रिल

जेठ १४ मा संविधान बन्न नसक्ने ठहर गर्देै पहिलो पटक पार्टिभित्र औपचारिक छलफल अगाडि बढाएको नेकपा एमाले संसदीयदलको बैठक आज पनि बस्दैछ । सिंहदरवार स्थीत पुरानो प्रतिनिधीसभा भवनमा बिहान ११ बजे पछि बस्ने बैठकमा आज पनि जेठ १४ पछिको अवस्थामा कसरि अगाडि बढ्ने भन्ने विषयमा सभासद्हरुले आ–आप्नो धारणा राख्नेक्रंम जारि रहने मुख्य सचेतक भीम प्रसाद आचार्यले जानकारि दिुनयभो ।
यसअघि बोल्ने अधिकाशं सदस्यहरुले जतिनै समयाअवधी बढाएपनि राजनैतिक सहमति विना संविधान निर्माण हुन नसक्ने भएकाले पहिले राजनैतिक सहमति कायम गरेर मात्रै समयाअवधी थप्न उपयुतm हुने धारणा राखेका थिए । कतिपय सदस्यहरुले संविधानको तेस्रो संसोधन संगै राजनैतिक सहमतिको बाताबरण विथोलिएको भन्दै बहुमतिय आधारमा अगाडि बढ्ने ब्यवस्थाको अन्त्य गरि पुन सहमतिय आधारमा अगाडि बढ्ने प्रावधान अन्तरिम संविधानमै लिपीबद्ध गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।
संस्थापन पक्षका सदस्यहरुले शान्तीप्रकृया र संविधान निर्माण निश्कर्षमा नपुग्ने अवस्था आइसकेको अवस्थामा नैतिकताका आधारमा पनि एमालेले सरकार छोड्नु पर्ने धारणा राखेका थिए । बैठकमा अहिले सम्म झण्डै ३ दजर्न सदस्यहरुले आ–आप्नो धारणा राखिसेकेका छन् ।

Advertisements
 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: