RSS

ललितकला एकेडेमी पुनर गठनको माग

16 Apr

काठमाडौं, ३ बैशाख । नेपालको कला र संस्कृतिको क्षेत्रलाई राजनिति गर्ने अखाडा बनाएको भन्दै नेपाल ललित कला परिषदबाट रागिनी उपाध्याय ग्रेलाले राजीनामा दिनुभएको छ ।
शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि महिला कालकारहरुको अपमान गरेको र महिलालाई राजनितिक आशिर्वादमा बदनाम गराउने कार्य गरेको भन्दै आफुले राजीनमा दिइएको ग्रेलाले बताउनुभयो । संस्कृति तथा राज्य पुन संरचना मन्त्रालयबाट हालै नेपाल ललित कला परिषद एकेडेमीको प्रज्ञामा चयन हुनु भएको थियो । शिक्षित महिलालाई हेर्ने दृष्टिकोणमा अहिले पनि परिवर्तन नभएको भन्दै प्रज्ञा ग्रेलाले विभिन्न नाउँमा शोषण गर्ने गरेको र महिला भावनात्मकसँग खेलवाड गर्ने गरेको समेत खुलासा गर्नुभयो । नारी अस्मितासँग खेलवाड गर्ने राजनितिक अखाडामा आत्मसम्मानमा चोट पुगेका कारण आफुले प्रज्ञा पदबाट राजीनामा दिइएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल र्सास्कृतिक संघका केन्द्रीय सदस्य तथा ललितकाला विभाग प्रमुख नगेन सिंह ठकुरीले नेपालको अन्तरिम संविधान, २०६३, तथा ललितकला प्रज्ञा प्रतिष्ठानको विधानको व्यवस्था एवम् मान्यता समेतको प्रतिकूल हुनेगरी म्याद समाप्त भैसकेको सिफारिस समितिको सिफारिसको आधारमा गठन गरिएको प्रतिष्ठान एवम् सिफारिस समितिको नियुक्ति प्रक्रियाप्रति गम्भीर असहमती प्रकट गर्दै प्रतिष्ठानको पुनरगठनको माग समेत गर्नु भयो । अर्का वक्ता सभासद पुष्पा भुषालले कानून बमोजिम हुने महिला सहभागिता सुनिश्चित हुनुपर्दछ भन्नुभयो भने अधिवक्ता प्रकाशमणी शर्माले समानुपातिक सिद्धान्तको आधारमा सबैको प्रतिनिधित्व गराउँदै लैजानु भनी सरकारका नाउँमा जारी गरेको श्री सर्वोच्च अदालतको आदेशको विपरित सरकारले निर्णय गर्दै जानुबाट सरकार कानूनको शासन र लोकतन्त्रप्रति असंवेदनशील रहेको देखिंदा महिलाहरुको उचित एवम् सम्मानपूर्ण उपस्थिति सहितको पूनरर्गठनको माग समेत गर्नुभयो ।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: