RSS

लडाकुलाई भत्ता आज देखि

16 Apr

भिम थापा
सरकारले शिबिरमा रहेका माओबादी लडाकुहरुको तीन महिना देखि रोकिएको भत्ता आज देखि बितरण गर्न सुरु गर्ने भएको छ । अनिमन, माओबादी र शान्ति मन्त्रालयको रोहबरमा सात शिबिरमा रहेका लडाकुहरुको तीन महिना देखि रोकिएको मासिक भत्ता आज देखि एक मुष्ट बितरण गर्न लागिएको हो ।
लडाकुको सख्याको बारेमा बिबाद भए पछि सरकारले माघ, फागुन र चैत्र गरि तीन महिनाको भत्ता रोकेको थियो । लडाकुलाई मासिक भत्ता बितरण सम्बन्धी निर्देशिका अनुसार प्रत्येक लडाकुलाई परिचयपत्र हेरेर ब्यक्तिगत चेक मार्फत भत्ता बितरण गरिनेछ । कुनै लडाकुको परिचयपत्र नक्कली पाइएमा र शका लागेमा भत्ता रोकि छानबिन गरिने शान्ति मन्त्रालयले जनाएको छ ।भत्ता बितरण ४ नं शिबिर नबलपरासीमा आज देखि सुरु हुने छ ।
४ नं शिबिर नबलपरासीमा आज देखि सुरु भई ९ गते सम्म जारी रहने छ, यस्तै ३ नं शिबिर चितवनमा भोली देखि १३ गते सम्म, २ नं शिबिर सिन्धुलीमा ५ गते देखि ११ गते सम्म, ५ नं शिबिर रोल्पामा ७ देखि १३ गते सम्म, ७ नं शिबिर र्कैलालिमा १५ देखि २१ गते सम्म, ६ नं शिबिर सुर्खैतमा १९ गते देखि २५ गते सम्म र १ नं शिबिर इलामका २० गते देखि २६ गते लडाकुलाई भत्ता बितरण गर्न कार्यक्रम तय गरिएको छ । यो कार्य २६ गते सम्पन्न हुनेछ ।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: