RSS

सेना समायोजन विशेष समितिको बैठकमा प्रधानमन्त्रीले सरकारी खाका प्रस्तुत,तीन हजार लडाकू वा एक हतियार एक लडाकू गरी एक महिनाभित्र समायोजन गर्ने प्रस्ताव

16 Apr

This slideshow requires JavaScript.

काठमाडौँ, वैशाख ३ प्रमुख दलका नेतासहित बसेको सेना समायोजन विशेष समितिको बैठकमा प्रधानमन्त्रीले तीन हजार लडाकू वा एक हतियार एक लडाकू गरी एक महिनाभित्र समायोजन गर्ने नयाँ प्रस्ताव प्रस्तुत गरेका छन्। घर फर्कन चाहने लडाकूलाई डेढ लाख रुपैयाँसम्म दिने प्रस्ताव राखिएको छ।
माओवादी अध्यक्ष तथा समितिका माओवादी सदस्यहरु अनुपस्थित रहेको बैठकमा सरकारले सेना समायोजन र पुनर्स्थापन सम्बन्धी सरकारी खाका प्रस्तुत गरेको थियो।माओवादी लडाकुको समायोजन, पुनःस्थापना र रेखदेख विशेष समितिले आज बिहान प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई बैठकमा डाकेको थियो। एमाले अध्यक्ष झलनाथ खनाल, कांग्रेस कार्यवाहक सभापति सुशिल कोइराला,मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव,तमलोपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरु बैठकमा सहभागी भए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल र समितिका माओवादी सदस्यहरु बैठकमा उपस्थित भएनन्। दाहाल आफ्नै पार्टीको पोलिटब्युरो बैठकमा सहभागी हुनाले अनुपस्थित भएको बताइएको छ।
माओवादीले सेनामा जान नचाहने प्रति लडाकूलाई २० लाख रुपैयाँ दिनुपर्ने माग गरेको छ।हाल विभिन्न शिविरमा गरी १९ हजार ६ सय लडाकु बस्दै आएका छन्। तर कुख्यात शक्तिखोर भिडियोमा पार्टीको आन्तरिक कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दा माओवादी अध्यक्ष दाहालले लडाकु संख्या यथार्थभन्दा तीन गुणा बढाएको उल्लेख गरेका थिए।
राससका अनुसार बैठकमा सहभागी नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले एकीकृत माओवादीको पोलिटब्यूरो बैठकका कारण उसको प्रतिनिधित्व हुन नसके पनि समितिमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुबीच अहिलेसम्म भएका कार्यप्रगतिका बारेमा छलफल भएको जानकारी दिए। उनले विशेष समितिको नियन्त्रणमा माओवादी लडाकू र शिविरलाई ल्याउने, विगतमा भएका शान्तिसम्झौताको अक्षरशः कार्यान्वयन गर्नुपर्ने र एक हतियार बराबर एक लडाकू समायोजन गर्नेबारेमा छलफल भएको बताए।
बैठकमा सहभागी राजनीतिक दलका प्रमुखलाई अहिलेसम्म विशेष समितिले गरेका कामकारबाही र प्रस्तुत कार्ययोजनाबारेमा जानकारी, निर्णय हुन नसकेका विषयमा छलफल, माओवादी लडाकू समायोजनसम्बन्धी प्राविधिक समितिको कार्यप्रगतिका बारेमा पनि छलफल भएको थियो।
समितिका सदस्य तथा नेपाली काङ्गे्रसका नेता डा. रामशरण महतले बैठकले समितिमा प्रतिनिधित्व गर्ने पार्टीका सभापतिलाई अहिलेसम्मका कार्यप्रगतिका बारेमा जानकारी गराएको र सो विषयमा छलफल मात्र भएको बताए।शान्ति तथा पुनर्निर्माण मन्त्री रकम चेम्जोङले प्राविधिक समितिले माओवादी लडाकू समायोजनका लागि अहिलेसम्म पनि आफ्नो प्रतिवेदन बुझाउन नसकेको जानकारी दिए।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: