RSS

माओवादीले सडकबाट विद्रोह गरेर सत्ता कब्जा गर्ने र काँग्रेस एमालले शान्ति प्रकृया र संविधानका लागि माओवादीलाई सर्त राखेर अप्रजातान्त्रिक प्रतिस्प्रर्धा : कमल थापा

18 Apr

चाँदनी हमाल, चितवन, बैशाख ७ -राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले तोकिएको मितिमा संविधान नबनाउन तीनदलले अनेकथरी नाटक मञ्चन गरिरहेको आरोप लगाएका छन्। एकिकृत माओवादी, काँग्रेस र एमालेले मिति सार्न गोप्य सहमति गरेर त्यसका लागि नाटक गरिरहेको उनले बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मंगलबार चितवनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले भने, ‘जनतालाई गुमराहमा राखेर जेठ १४ गते संविधान बनाउने झुटो प्रतिवद्धता नाटक थियो भन्ने अहिले छर्लङग भएको छ।’संविधान निर्माणप्रति इमान्दार नभएर तीन दल सत्ता र स्वार्थको फोहोरी खेलमा लागेको उनले आरोप लगाए। ‘अंवैधानिक ढंगबाट जनादेश विपरित संविधानसभाको म्याद बढाउने षडयन्त्रमा दलहरु लागेका छन् ,संविधानसभाको म्याद थप्दा खतरनक संवैधानिक रिक्तता र असंवैधानिक प्रकृया आउछ त्यसैले चुनावमा जानुको विकल्प छैन,’ उनले भने।
उनले थपे, ‘तीनदलकै कारण शान्तिप्रकृया र संविधान अन्यौलमा परेको हो।’ माओवादीले सडकबाट विद्रोह गरेर सत्ता कब्जा गर्ने र काँग्रेस एमालले शान्ति प्रकृया र संविधानका लागि माओवादीलाई सर्त राखेर अप्रजातान्त्रिक प्रतिस्प्रर्धा गरेको उनको भनाई थियो।दलहरुको फोहोरी खेलका विरुद्ध ताजा जनादेशमा जानु सहि विकल्प हुने बताए। आफ्नो पार्टी नयाँ चु्नाबको माग लिएर देशव्यापी अभियानमा हिडेको जानकारी दिँदै उनले चुनाबबाटै जनताले सही मूल्याङन गर्ने ठाउँ पाउने बताए।अहिलेको सरकार सबैपक्षबट असफल बनेको दाबी उनले गरे। सत्ताकेन्द्रित सरकारले संविधान र चुनाब दुबै गराउन असक्षक रहेको भन्दै उनले राष्ट्रिय सरकार बनाएर चुनाब गराउनु् पर्नेमा जोड दिए। माओवादीलाई अलग्याएर शान्ति प्रकृया र नयाँ संविधान बन्न नसक्ने थाहा भएर पनि पहिले खुशी पार्ने नाउँमा गरेको सहमतीले अहिले असहज स्थिती काँग्रेस र एमालले ल्याएको थापाले बताए।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: