RSS

श्रदाञ्जली राधा प्रति

18 Apr

ठुला नेताहरुको यसरी मृत्यु भएको भए सायद नेपालका मिडीयाहरुमा हिजो देखि उनैका फोटो र समाचारले भरिभराउ हुने थिए । उनि ति नेता जस्तै यो समाजको सेवामा विना स्वार्थ वषौ देखि लागि रहिन तर उनको मृत्युमा न राज्यले केहि सम्मान दिन सक्यो न जनताले नै । जव यो समाचार सुनियो तर दुख पनि लाग्यो झण्डै एक वर्ष अघिको मेरो भेटाईमा उनीले भन्ने गर्थीन मलाई नचिन्ने हरुले त पागल आईमाइनै भन्ने गर्दथे चिन्नेले सम्मान नै गर्ने थिए । आधा दसक देखि राजधानीको लैनचौर देखि कपुरधारा सम्म हुने सवारी जाम खुलाउन सडकमा सिट्ठी फुकेर वस्ने राधा पुरीको हिजो निधन भएको छ । उहाँको यस्तो निधन सायद कसैले पनि कल्पना पनि गनै नसक्ने । खाना खाएर पानि पिउने क्रममा अडकीएर ।
किर्तिपुर घरभई काठमाडौँ महानगरपालिका–२९ कपुरधारा बस्दै आएकी ४५ बर्षीया राधा पुरीको हिजो साँझ खाना खाएपछि पानि पिउने क्रममा अडकिएर निधन भएको हो । पानि अडकीएर अशक्त भएपछि उपचारको लागी ठमेल स्थीत मनमोहन मेमोरीएल अस्पतालमा उपचार गराउने क्रममा उहाँको निधन भएको प्रहरीले वताएको छ ।
केहि वर्ष यता लैनचौर देखि कपुरधारा सम्म हुने सवारी जाम हटाउनको लागी पुरीले ठुलो योगदान गर्नुभएको थियो । सो क्षेत्रमा चल्ने सवारीसाधनका ड्राइभरहरुले उहाँलाई सम्मान गर्ने भएकाले पनि उहाँ हुदा त्यस क्षेत्रमा कम जाम हुने गरेको स्थानीयवासीहरुको भनाई रहेको छ ।
उहाँ जिँउदो रहँदा विभिन्न पत्रपत्रिकाहरुमा समाचार वन्ने गरेको भए पनि उहाँको मृत्यु पछि नेपालका कुनै पनि मिडीयाले समाचार वनाएका छैनन् । एक वर्ष अघि उनिसंग भएको भेटको क्रममा राधाले लैनचौरको उकालोमा भारतीय दुतावासले नयाँ पर्खाल लगाँउदा अलिकति छोडाउनको लागी आग्रह गर्न नेताको घर दैलोमा धाएको भएपनि नेताहरुले कुनै चासो नदेदखाएको वताएकी थिइन् । उनले भनेकि थिइन् यदि म वाँची रहें भने कुनै दिन भारतीय र व्रिटिस दुतावासको गल्ली खोलेर दोहोरो सवारी आवागमन गराउन पाए भने यस क्षेत्रको सवारी जाम कम हुने थियो । उनीहर समय समाजको चिन्ता गर्थीन् त्यस क्षेत्रमा जाम भयोकी सिट्ठी फुकेर हटाउन तल्लीन हुने थिईन् । न कुनै तलव न कुनै आर्थीक प्रलोभन । यो सवै समाजकै लागी गरिन र यो समाजकै लागी नासो छाडेर पनि गइ्न तर खै उनले के पाइन् ? मृत्यु पछि नत कसैवाट दुई ठुङाको फुलनै मिल्यो उनको शरिर माटोमा विलय भयो सदा सदाको लागी । आफनै पिडामा लामो समय देखि आफनै कोठामा वस्न वाध्य मेरो विवसता विचमा उनको पार्थीव शरिरमा फुलको गुच्छा चडाउन नसके पनि टाढैवाट विदा राधा विदा ।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: