RSS

५ सर्त पूरा गरे माओवादीको नेतृत्वमा सरकार:कोइराला

20 अप्रिल

माओवादी संविधान नल्याउने षड्यन्त्रमा –
बैशाख ७ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले प्रधानमन्त्री माधवकुमार नेपालले राखेको ५ सर्त पूरा गरे एकीकृत माओवादीको नेतृत्वमा सरकार बन्न सक्ने बताएका छन्। माओवादीको नेतृत्वमा सरकार गठनका लागि उसले राजनीति सहमती र जनताको विश्वास जित्नुपर्ने कोइरालाले बताए।
लडाकु समायोजन, वाईसिएलको अर्ध सैनिक बिघटन, कब्जा गरिएका घरजग्गा फिर्ता गर्नुपर्ने, शान्ति प्रकृयामा गम्भीर हुनुपर्ने र जिम्मेवार राजनीतिक दल बनेपछि माओवादीको नेतृत्वमा सरकार गठनको बाटो खुल्ला हुने उनले बताए। ‘त्यसो नभए संविधानसभाको म्याद दुई वर्ष अझ थपेपनि संविधान बन्दैन,’ नेपाल प्रेस युनियन मोरङले मंगलवार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले भने।उनले समयमै संविधान बन्न नदिने षड्यन्त्रमा माओवादी लागेको आरोप लगाए। कोइरालाले भने, ‘माओवादी कुनै पनि हालतमा समयमा संविधान आउन नदिने षड्यन्त्रमा लागेको छ, उनीहरुले आफ्नो वानीव्यहोरा नसच्चयाएसम्म संविधानसभाको म्याद दुईवर्ष थपेपनि केही हुन्न।’
शान्ति प्रकृयाका अगुवा काँग्रेस सभापति स्व.गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालविच लडाकु समायोजन संख्या ३ हजारदेखि ५ हजारसम्ममा सहमति भएको उनले जानकारी दिए। ‘गिरिजाबाबु र पुष्पकमलजीबीच कुरा हुँदा म त्यही थिएँ, ३ हजारदेखि ५ हजारसम्म लडाकु समायोजन गर्ने कुरामा दुबै नेता राजी भएका थिए,’ गिरिजाबाबुका भतिजसमेत रहेका कोइरालाले भने, ‘अव १९ हजारको कुरा झिकेर माओवादीले गिरिजाबाबुसित भएको सहमति उल्लघन गर्न खोजेका छन्।’

Advertisements
 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: