RSS

अलोकतान्त्रिक बाटोबाट गरिने कुनै पनि कार्य आफूलाई स्वीकार्य नहुने प्रधानमन्त्री

20 Apr

काठमाडौ, वैशाख ७ – प्रधानमन्त्री माधवकुमार नेपालले दलहरूबीच सहमति र सहकार्यको विकल्प नरहेकोमा आफू स्पष्ट रहेको उल्लेख गर्दै त्यसका लागि लोकतान्त्रिक मूल्य, मान्यता र पद्धतिलाई सबैले स्वीकार गर्नुपर्नेमा जोड दिएका छन् ।
मंगलबार प्रधानमन्त्री निवास, बालुवाटारमा कार्टर सेन्टरका परामर्शदाता पिटर वर्लीसँगको भेटमा उनले आफू शान्तिप्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन हदैसम्म लचकताका साथ प्रस्तुत भइरहेको चर्चा गर्दै त्यसका लागि माओवादी सेनाका लडाकूहरूको समायोजन र पुनःस्थापना हुनुपर्नेेमा जोड दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले बताए ।अलोकतान्त्रिक बाटोबाट गरिने कुनै पनि कार्य आफूलाई स्वीकार्य नहुने भन्दै उनले गणतन्त्रलाई संस्थागत गर्न र जनताको परिवर्तनको चाहनालाई मूर्त रूप दिन सबैले आ-आˆनो हठ छोड्नुपर्ने बताए ।भेटका क्रममा सेन्टरका परामर्शदाता वर्लीले नेपालको शान्तिप्रक्रिया र संविधान लेखनका बारेमा जिज्ञासा राखेका थिए ।उनले आफ्नो संस्थाले नेपालको शान्तिप्रक्रियामा चासो राख्दै आएको चर्चा गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: