RSS

एमालेले संविधानसभाको कार्यकाल थप्ने प्रस्ताव लैजाने अध्यक्ष खनाल

20 Apr

काठमाडौ, वैशाख ७ – एमाले अध्यक्ष झलनाथ खनालले बुधबार बस्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा संविधानसभाको कार्यकाल थप्ने प्रस्ताव लैजाने जानकारी दिएका छन् ।
सोमबार सम्मन्न एमाले संसदीय दलको बैठकले जेठ १४ भित्र संविधान जारी हुन नसके राजनीतिक सहमतिका आधारमा संविधानसभाको कार्यकाल थप्नुपर्ने निर्णय गरेको थियो ।नेपाल आदिवासी जनजाति महासंघले मंगलबार राजधानीमा आयोजना गरेको चियापान समारोहमा उनले एमालेले कार्यकाल थपको प्रस्ताव लैजान लागेको जानकारी दिदै त्यसमा अन्य दल पनि सहमत हुने विश्वास ब्यक्त गरे । मुठभेटले निकास दिन नसक्ने भन्दै उनले सहमतिमा अघि बढ्नुको विकल्प नभएको बताए । खनालले संविधान निर्माणको बाताबरण बनाउन दलहरु सहमतीय राजनीतिमा अघि बढ्ने विश्वास ब्यक्त गरे ।
संयन्त्रमा रहेको माओवादीले भने यो सरकार रहेसम्म संविधानसभाको कार्यकाल थप्न नदिने बताउदै आएको छ । त्यसैगरी कांग्रेसले पनि सहमति नभए नयाँ निर्वाचनमा जानुको विकल्प नभएको बताएको छ । उनले नयाँ संविधानले आदिवासी-जनजातिको माग संवोधन गर्ने विश्वास पनि दिलाए ।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: