RSS

कार्यकर्ताहरुलाई फौजी प्रशिक्षण नभई शारीरीक सुगठनको तालिम मात्र दिइरहेको माओबादीका सचिब गजुरेलको भनाई, सरकार गृहयुद्धको तयारीमा रहेको उहाँको आरोप

21 Apr

एकिकृत नेकपा माओवादीका सचिब सीपी गजुरेलले पार्टीले कार्यकर्ताहरुलाई फौजी प्रशिक्षण नभई शारीरीक सुगठनको तालिम मात्र दिइरहेको स्वीकार गर्नु भएको छ । क्रान्तीकारी पत्रकार सङ्घ सुनसरीले आज इटहरीमा गरेको प्रत्रकार सम्मेलनमा तेस्रो जनआन्दोलनका क्रममा हुन सक्ने प्रतिक्रान्तीकारीहरुको हस्तक्षेपलाई रोक्न शारीरीक प्रशिक्षण दिइरहेको बताउनु भयो । उहाँले पार्टीले फौजी प्रशिक्षण नचलाएको दावी गदै पत्रपत्रिकामा आइरहेको सवै हल्ला मात्रै भएको बताउनुभयो ।
उहाँले बैशाख १८ गते बिशाल जनप्रदर्शन गर्ने दावी गर्दे यसका लागि तयारी भइरहेको बताउनु भयो । फागुनमा ४ हजार २ सय जनालाई प्रशिक्षण दिएर शुरु भएको प्रशिक्षण अहिले टोल टोल सम्म आइसकेको बताउनु भयो । अहिलेको सरकार संबिधान बनाउन तर्फ नलागेकाले संबिधान बनाउन दवाव दिनका लागि आन्दोलनको आवश्यकता परेको बताउनु भयो ।
पत्रकार सम्मेलनमा गजुरेलले भन्नु भयो –अहिलेको आन्दोलनालाइ जनबिद्रहो पनि भन्न सकिन्छ । उहाँले बैशाख १८ गते नै जनबिद्रोह मार्फत सत्ता कव्जा नहुने भन्दै यसका लागि तयारी मात्रै भएको स्पस्ट पार्नु भयो ।
यसैबिच सचिब गजुरेलले अहिलेको सरकार गृहयुद्धको तयारीमा रहेको बताउनु भएको छ । पत्रकरसँग आज इटहरीमा कुराकानी गर्दे गजुरेलले सेनाको भर्ना खोलेर र जनतालाइ भड्काएर गृहयुद्धको तयारी शुरु गरेका बताउनु भयो ।बर्तमान सरकारले संबिधान बनाउन र शान्ती प्रकृयालइ ताकिृक निश्कर्षमा पुर्याउन नचाहेको भन्दै माओवादीको नेतृत्वमा सरकार बन्नु पर्ने दोहोर्याउनु भयो । उहाँले माओवादी सरकारको नेतृत्वमा गए संबिधान बनाउन र सहमतीमा दलहरुलाइ ल्याउन सजिलो हुने बताउनु भयो ।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: