RSS

खाद्य डिपोमा चामल हुदाहुदैं पनि कालीकोट र वाजुरामा भोकमरीको समस्या वढ्दो

21 Apr

कर्णाली अञ्चलको विकट जिल्ला कालीकोटमा विगत वर्ष झै यस वर्ष पनि भोकमरीको समस्या देखिएको छ । ।चर्को खडेरीले अन्नवाली उत्पान नहुुनु र गाउमा चामल पुर्याउन नसक्नुले कालीकाटका विभिन्न ठाउमा भोकमरीको समस्या देखिएको हो ।
कालीकोटका अति विकट धौलागोह, नानीकोट , थिर्पु , फुकोट , लगायतका सवै गाविसहरुमा भोकमरीको समस्या देखिएको जनाइएको छ ।
यता नेपाल खाद्य संस्थान कालीकोटले भने गाउमा भोकमरी लागेपनि सदरमुकाममा प्रयाप्त मौज्जाद चामल रहेको जनाएको छ ।संस्थानका निमित्त प्रमुख टेक प्रसाद रेग्मीले ७ हजार क्वीन्ट चामल गोदाममा रहेको र भोकमरी नहुने वताउनु भयो ।
गोदाममा चामल भएर पनि चामल ल्याउन सरदमुकाम धाउने स्थानियवासीलाइ भने खाद्य संस्थाले ३० के जी चामल मात्र दिइने गरेको स्थानियवासीाले गुनासो गरेका छन । स्थानियवासीले विकट गाविसलाइ सजिलो हुने हिसावले कालीकोटको जितेगढामा खाद्य डिपो राख्न माग समेत गरेका छन ।
झाडापखाला र ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि
गर्मीका कारण क्षेत्रीय अस्पताल सुर्खेतमा झाडापखाला र ज्वरोका बिरामीहरु आउने क्रम ह्वात्तै बढेको छ । विशेषगरी सुर्खेतलगायत मध्यपश्चिमका दैलेख, जाजरकोट, कालिकोटका झाडापखाला र ज्वरोका बिरामीहरु अस्पतालमा आउने गरेको अस्पातालका डा. डम्मर खड्काले जनाउनुभएको छ ।
अस्पतालमा दैनिक एकसयदेखि एकसय ५० जनासम्म झाडापखाला र ज्वरोका बिरामी आउने गरेको उहाँले जानकारी दिनुभयो । तर बिरामीको चाप बढे पनि भौतिक पूर्वाधारको अभाव र दरबन्दीअनुसारका डाक्टरहरू नहुँदा सेवाग्राहीलाई पर्याप्त सेवा दिन नसेको क्षेत्रीय अस्पातलले जनाएको छ ।पच्चीस जना डाक्टरको दरबन्दी कायम गरेर सरकारले स्तरवृद्धि गरे पनि हालसम्म पनि अस्पतालमा दरबन्दीअनुसार डाक्टर नहँुदा बिरामीलाई सास्ती भएको छ ।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: