RSS

अस्पतालको लापरवाहीले खुट्टा गुमाएका पत्रकारको सहयोगको याचना

24 Apr

काठमाडौ, ११ बैशाख । ललितपुरमा रहेको वी एण्ड वी अस्पतालको लापरवाहीको कारण दाँया खुट्टा काटेर अपाङ्ग जीवन विताउन बाध्य बनेका पत्रकार रविनप्रसाद थपलियाले थप उपचारको लागि सहयोगको याचना गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालको सभाकक्षमा शनिवार पत्रकार सम्मेलन गरि थपलियाले कृतिम खुट्टा लगाउन, काटिएको खुट्टालाई फिजियोथेरापी गर्न तथा उपचारकोलागि रकम अभाव भएको भन्दै सहयोगको याचना गरेका हुन ।
पत्रकार थपलियाको गत २०६६ साल जेठ ३१ गते बालाजुमा दुर्घटनामा परि घाईते भएकोमा उनको उपचार गरिरहेको वी एण्ड वी अस्पतालको लापरवाहीले दुर्घटना परि भाचिएको खुट्टा काटनु परेको थियो । सो अस्पतालको लापरवाही पछि उनको राजधानीकै मेडिकेयर अस्पतालमा लगेर खुट्टा काटिएको थियो । उनको उपचारको क्रममा हालसम्म दुर्घटनामा संलग्न सवारीको तर्फबाट साढे दशलाख रुपैया खर्च भए पनि अहिले आएर थप खर्च गर्न नसक्ने भन्दै हात झिकेपछि थपलियाको उपचारमा समस्या उत्पन्न भएको हो ।
थपलियाको उपचारकालागि नेपाल सरकार स्वस्थ्य मन्त्रालयले सहयोगको प्रतिवद्धता ब्यक्त गरेको लामो समय भईसकेपनि अहिले सम्म सो प्रतिबद्धता कार्यान्वयन हुन नसकेको गुनासो पत्रकारहरुले गरेका छन । पत्रकार थपलियाको स्वास्थोपचारकोलागि सहयोग गर्न इच्छुकहरुले गोर्खा विकाश बैकको 03823SA नम्बर खातामा रकम जम्मा गर्न सक्ने ब्यवस्था पनि गरिएको छ ।
कार्यक्रमका विच नेपाल पत्रकार महासंघका महासिचव पोषण केसिले पत्रकार रविन थपलीयाको लागि महासंघले सक्दो सहयोग गर्ने बताए । उहा“ले सम्पूण सञ्चार कर्मीहरुले उहा“को सहयोगको लागि जुट्नुपर्ने कुरा जोडदिए । कार्यकर्तालाई लाखौ रुपयाँ वाँडने सरकारले पिडीत पत्रकारलाई सहयोगको लागि नेपाल पत्रकार महासंघले आधिकारीक सिफरीस गर्दा समेत वास्ता नगरेको गुनासो गर्नुभयो ।
कार्यक्रममा प्रेस यूनियन नेपालका अध्यक्ष शमिरजंग शाहले पत्रकार रविन थपलियाको थप उपचारको लागि यूनियनले सक्दो सहयोग गर्ने बताए ।
त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महाँसंघका कोषाध्यक्ष शरोज सिटौलाले घाइते पत्रकारलाई उपेक्षा गरेर राज्यको चौथो अंगकोनै उपहास गरेको बताउनु भयो । उहाँले सरकारले जतिसक्दो चाँडे घाइते पत्रकारको उपचारको लागि सहयोग गर्नको लागि समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा अधिवक्ता उमेश सिटौलाले पत्रकार थपलियाको विषयमा आधिकारीक प्रमाण हुदा हुदै पनि नेपालको यातायात सम्वन्धी काननु फितलो रहेकाले आरोपीत समितीसंग मिलापत्र गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो मुद्धा कसरी जितिन्छ भन्ने थाहा हुदा हुदै पनि नेपालको यातायात सम्वन्धी कानुन का कारणले मिल्नुपर्ने अवस्था आयो ।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: