RSS

विद्रोहको धम्की प्रधानमन्त्री पदको लागि मात्रः ओली

24 Apr

वैशाख ११ – विद्रोहको धम्की दिएर माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बन्ने दाउ रचेको एमाले नेता केपी शर्मा ओलीले आरोप लगाएका छन् ।
‘क्रान्ति र शान्तिको कुरा गर्ने उन (दाहाल) को धम्कीले कहिल्यै सत्ता प्राप्त हुदैन’ एमाले गण्डकी स्तरीय जनसभालाई शनिवार पोखरामा सम्बोधन गदै ओलीले भने । उनले दाहाललाई प्रधानमन्त्रीको कुर्सी बाहेक अरु केही नचाहिएको पनि दावी गरे । उनले भने, ‘रेडियोमा आउने मलाई त्यही केटी चाहियो भन्ने गीत जस्तै दाहालको सपना र विपनामा त्यही कुर्सी मात्रै देखेको छ ।’
खुकुरीमा धार लगाउने र हतियार प्रदर्शन गर्दै हिड्ने माओवादीले सत्ताका लागि मात्रै अन्तिम लडाईको धम्की दिएको ओलीको भनाइ थियो । बलजफ्ती सत्ता कब्जा गर्नका लागि लडाकु परिचालन गर्ने माओवादीको उग्रशैलीले लडाकु व्यवस्थापन र सेना समायोजन हुन नसकेको उनले बताए । ‘जेठ १४ गते संविधान बने पनि नबने पनि दुर्घटना हुने हुँकार गर्नेहरुले सत्ताको सपना नदेखे हुन्छ’ उनले भने, ‘उग्रवामपन्थी र जनविरोधी तानाशाही व्यवस्था नेपालमा कदापी संभव छैन ।’

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: