RSS

आन्दोलन असफल पार्न नाकामा चेकजाँच शुरु

26 Apr

उत्तम घिमिरे,नुवाकोट । बैशाख १२ ।
एकीकृत ने.क.पा (माओवादी)ले बैशाख १८ गते अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा गर्न लागेको विशाल जनप्रदर्शन रोक्न सरकारले काठमाडौ प्रवेश गर्ने नाकाहरुमा खान–तलासी शुरु गरेको छ ।
तिनवटै सुरक्षा प्रमखको उपस्थितिमा आन्दोलन दवाउन मन्त्रीपरिषदले गरेको निर्णयसँगै संकटकालको झल्को दिनेगरी आईतवारबाट काठमाडौ प्रवेश गर्ने सवारी साधनहरुको खानतलासी शुरु गरी सर्वसाधारणमा मानसिक त्रास बढाएको छ ।नुवाकोटबाट काठमाडौ जाने यात्रुहरुलाई बसबाट झारेर ५ सय मिटरसम्म हिडाएको, बुढाबुढीहरुलाई समेत सवारी साधनबाट झारेको, यात्रुसँग भएका सामान तथा झोला चेकजाँच गरेको यात्रुहरुले बताएका छन ।
नुवाकोटबाट काठमाडौ प्रवेश गर्ने मुड्खु चेकपोष्टमा सवारीसाधनमा खानतलासी लिएको जानकारी दिदै प्रहरीले माथिबाट चेकजाच गर्न निर्देशन आएकोले चेकजाँच शुरु गरिएको बताएका छन । प्रहरीले चेक जाँच शुरु गरेपछि सरकारले युद्ध चाहेको प्रष्ट भएको बताउदै सर्वसाधारणहरुले आक्रोस पोखेका छन । “ हामीले के ल्यायौ र चेक गरेको ?” एक यात्रुले भने “ सरकारले फेरी अशान्ति ल्याउन खोजेको हो ?”
एकीकृत न.ेक.पा.(माओवादी) जिल्ला संगठन समिति नुवाकोटले सरकार आतंकित भएर शान्तिपूर्ण जनआन्दोलनलाई दवाउन सवारी साधनमाथि चेकजाँच गरेको बताएको छ । चेक जाँजका सम्बन्धमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी गोबिन्दमणि भुुर्तेलसँग जिज्ञासा राख्दा प्रहरीको नियमित काम भएको र सबै बिषयमा आफूलाई जानकारी नभएकोले प्रहरीले दिन्छ भन्दै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिए । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरिक्षक गोबिन्दसिंह ठकुरीले चेकजाँचको सम्बन्धमा आफूलाई केही जानकारी नभएको बताए ।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: