RSS

प्रदर्शनमा ६ लाख

01 May

वैशाख १८ – राजधानीमा भइरहेको प्रदर्शनमा ६ लाखभन्दा बढी मानिस सहभागी भएको माओवादीले दावी गरेको छ । माओवादीको समाचार बुलेटिन जनसंचार केन्द्रले प्रदर्शनकारीहरुलाई छतछतबाट पानी पोखेर, तालि पिटेर स्थानीबासीले स्वागत गरेको पनि जनाएको छ ।
केन्द्रले प्रदर्शनस्थलहरुमा रहेका आफ्ना सहमर्कीहरुलाई उदृत गर्दै वानेश्वरबाट एक लाख, कोटेश्वरबाट ३५ हजार, भोटाहिटीबाट ५० हजार, सुन्धाराबाट १५ हजार, लगनखेलबाट एक लाख, गोंगबुबाट ५० हजार, कलंकीबाट एक लाख, सिनामंगलबाट मैतीदेवी कटिसकेको जुलुसमा ५० हजार, चावहीलबाट ५० हजार मानिस सहभागी रहेको उल्लेख गरेको छ ।

बल प्रयोग नगर्न आयोगको आग्रह
माओवादीले गर्न लागेको आन्दोलनमा सेना परिचालन भए बृहत् शान्ति सम्झौता भंग हुने भन्दै राष्ट्रिय मानव अधिकार आयोगले त्यसो हुन नदिन दुवै पक्षलाई आग्रह गरेको छ ।
शुक्रबार सरकारलाई बल प्रयोग नगर्न र माओवादीलाई शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह गरेको हो । ‘सेना सडकमा ओर्लिनु भनेको देश नै युद्धमा होमिनु हो,’ आयोगका प्रवक्ता गौरी प्रधानले भने, ‘त्यो भनेको बृहत् शान्ति सम्झौता भंग हुनु र राष्ट्रिय समझदारीको अन्त्य हुनु हो ।’ आन्दोलनमा मानव अधिकार उल्लंघन भए, नभएको अनुगमन गर्न आयोगले तयारी गरेको छ । लोकतान्त्रिक सरकारले आफ्ना नागरिकविरुद्ध सेना परिचालन कुनै हालतमा पनि गर्न नहुने भन्दै प्रधानले सरकारलाई मानव अधिकारको विश्वव्यापी सिद्धान्तको पालना गर्न संवेदनशील भइदिन अपिल गरे ।
देशलाई मुठभेडमा धकेल्ने गरी कुनै कदम नचाल्न आयोगले दुवै पक्षसँग सम्पर्क गरिरहेको प्रधानले बताए । सरकारले परिआए सेना परिचालन गर्ने र माओवादीले सेना परिचालन भए डटेर सामना गर्ने अभिव्यक्ति दिइरहेका बेला आयोगले त्यसप्रति गम्भीर चासो देखाएको हो । ‘हामीले माओवादीसँग उनीहरूको आन्दोलनको तयारी र स्वरूपबारे कुराकानी जारी राखेका छौं,’ प्रधानले भने, ‘गृहमन्त्री र सरकारी सुरक्षा प्रमुखसँग पनि सुरक्षा रणनीतिबारे जानकारी मागिरहेका छौं ।’यसैगरी संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयले पनि बल प्रयोग नगर्न सरकारलाई भनेको छ । ‘म नेपाल सरकारलाई नागरिकको मौलिक अधिकार सुनिश्चित गर्न आग्रह गर्छु,’ उच्चायुक्त रिचार्ड बेनेटले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन् । उनले माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गरेका छन् ।
आन्दोलनका लागि हजारौं मानिस राजधानीमा थुपि्रएको र त्यसले गर्दा मनोसामाजिक असर देखिसकिएको भन्दै आयोगले नागरिकको सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारको पनि हनन हुने अवस्था देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ । ‘बजारमा खाद्य सामग्रीको अभाव देखिन थालिसकेको छ,’ प्रधानले भने । आयोगले माओवादीले जबर्जस्ती गरेको उजुरीसमेत आएको जनाएको छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: