RSS

विमानस्थलमा आगलागी

01 May

वैशाख १८ – नेपालगञ्ज विमानस्थल परिसरमा शनिबार आगलागी भएको छ । विमानस्थलको परिसरमा रहेको घाँसे मैदानमा आगलागी भएको हो ।विमानस्थल क्षेत्रको पश्चिमपट्टी रहेको आदर्श स्कूलतर्फबाट आगलागी सुरु भएको थियो । कसैले चुरोट खाएर फालेकोे ठुटोबाट आगलागी भएको विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले आशंका गरेको छ । दिउसो १२.४५ देखि १. ५७ बजेसम्म आगलागी भएको थियो ।
धावनमार्ग नजिकसम्म फैलिएको आगोलाई नेपालगञ्जबाट गएका दुई वटा दमकल, प्रहरी र स्थानीयवासी मिलेर निभाएका थिए । आगलागीका बेला एक घण्टा नेपालगञ्ज विमानस्थल अवरुद्ध भएको थियो । विमानस्थलको क्षेत्रमा तारबार गरिएको छ । संवेदनशील उक्त क्षेत्रमा सर्वसाधारण जादैनन् । धावनमार्ग वरिपरि पनि घाासे मैदान रहेको छ । संवेदनशील क्षेत्रमा लागेको आगो विमान अवतरण या उडान गर्ने समयमा परेको भए ठूलो क्षति व्यहोर्नु पथ्र्यो । तर उक्त समयमा नेपालगञ्जमा उडान छैनन् । नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरणका प्रमुख सुरेश आजादले कोहीले चुरोट खाएर ठुटो फाल्दा आगलागी भएको हुन सक्ने र त्यो निभाइसकिएको बताए । उनले कोहलपुर-नेपालगञ्ज सडक नजिक अर्थात विमानस्थलको पश्चिम क्षेत्रबाट आगलागी भएकाले बाटो हिड्ने कोहीले आगो लगाएको हुनसक्ने आशंका ब्यक्त गरे ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: