RSS

सडकबाट प्रधानमन्त्री हट्दैन ः देउवा

02 May

काठमाडौं, वैशाख १९ । कांग्रेस वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सडक आन्दोलनबाट प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा नदिने बताएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालको ‘सहमति, शान्ति र संविधान, रिपोर्टर्स क्लब नेपालको अभियान’ अन्तर्गत भएको विशेष साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता देउवाले माओवादीले आम हडताल फिर्ता लिएपछि मात्र सहमतिको बाटो खुल्ने दाबी गरे ।
प्रधानमन्त्रीले सहमतिका लागि बाधक छैन भन्दाभन्दै माओवादीले आम हड्ताल गरेको उनको आरोप थियो । ‘म सहमतिको बाधक हुन्न भन्दाभन्दै माओवादीले आम हड्ताल गरेको छ,’ उनले भने– आफै हट्छु भन्दाभन्दै प्रधानमन्त्रीलाई किन बेइज्जतीपूर्वक हटाउने ? देउवाले प्रधानमन्त्रीलाई सम्मानजनक रुपमा हट्न दिनुपर्ने धारणा राखे । सहमतिका निम्ति पहिले माओवादीले आन्दोलन फिर्ता लिनुपर्ने उनको भनाइ थियो ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा कांग्रेसले संयुक्त राष्ट्रिय सरकारमा दाबी नगर्ने समेत बताए । ‘माओवादीले हामीलाई नै सरकार चाहिन्छ भनिरहेको छ,’ उनले भने– शान्ति र संविधानभन्दा सरकार ठूलो कुरा होइन । अहिले नै को प्रधानमन्त्री बन्ने भन्ने लडाईंले सहमति निर्माण नहुने उनको भनाइ थियो । सहमतिका लागि प्रमुख दलहरुबीच छलफल र वार्ता चलिरहेको बताउँदै उनले माओवादी आन्दोलन दुई–चार दिनमै फिर्ता हुने जिकिर गरे । ‘माओवादीले यो आन्दोलन नगरेको भए हुन्थ्यो,’ उनले भने– काठमाडौंका जनताले उनका कार्यकर्तालाई कति दिन पाल्छन् ?
माओवादीले आन्दोलन थाले पनि आफू कसैलाई दोष दिने पक्षमा नरहेको उनले बताए । ‘दलहरु मिल्नुको विकल्प छैन,’ उनले भने– मुलुकले अब मुठभेड र द्वन्द्व थेग्न सक्दैन । देउवाले संविधानसभाको म्याद थप्नु नै उत्तम विकल्प हुने पनि सुझाए ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: