RSS

हालसम्मको धैर्यता र संयमतालाई कमजोरी नठान्न नेपाली सेना

02 May

सैनिक जनसम्पर्क निर्देशनालयले आज एक वक्तव्य जारी गर्दै ‘नेपाली सेनाको हालसम्मको धैर्यता र संयमतालाई कमजोरी नठान्न आन्दोलनकारीहरुलाई’ चेतावनी दिएको छ। वक्तव्यमा ‘अब उप्रान्त त्यस प्रकारका घटनाहरु दोहरिए नेपाली सेनाका सदस्यहरुको सुरक्षाको लागि घटना स्थलबाटै उद्धार गर्ने कार्यमा पछि नपर्ने’ जनाएको छ। माओवादीको आन्दोलनमा व्यक्तिगत काममा हिँडेका सेनाका जवानलाई समात्दै सुराकीको आरोप लगाएकोभन्दै सेनाले वक्तव्य निकालेको हो। आज आन्दोलनकारीहरुले सुन्धारामा सुराकी गर्न आएको भनी नेपाली सेनाका जमदार रमेश हमाल र सिपाही देवबहादुर विष्टलाई कब्जामा लिएर प्रहरीलाई वुझाएका थिए । त्यसै विषयलाई लिएर नेपाली शेनाले आज निकालेको वक्तव्यको पुर्णपाठबिज्ञप्ति नं.: ९१
मिति: २०६७ बैशाख १९ गते
समयः साँझ ६०० बजे
ध्यानाकर्षण
१.विगत केहि दिन यता नेपाली सेनाका सैनिक व्यक्तिहरुलाई आफ्नो काममा बाटोमा हिँडिरहेको अवस्थामा झुठ्ठा लाञ्छना सहित जबरजस्ती समाती सिपाहीको व्यक्तिगत इज्जत तथा नेपाली सेनाको प्रतिष्ठामा समेत आंच आउने गरी सैनिक व्यक्तिहरुलाई जथाभावी गर्ने मिडियामा देखाउने र प्रहरीमा बुझाउने जस्ता कार्यहरु प्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ ।
२.मिति २०६७ बैशाख १७ गते सांझ सिपाही रामकुमार खड्का सुन्धारा स्थित फलफूल पसलमा जुस खान लागेको अवस्थामा निजलाई जासुसीको आरोपमा पक्राउ गरी मिडियामा देखाई व्यक्ति र संस्थामा नै आंच आउने किसीमको दुस्कार्य भएको ।
३.त्यस्तै मिति २०६७ बैशाख १९ गते भर्खरै मात्र अवकास प्राप्त अमल्दार रेशम हमाललाई आफ्नो आवश्यक कागजपत्रको फोटोकपी गर्ने क्रममा सुन्धारामा आन्दोलनको जासुसी गर्न आएको झुठा आरोपमा पक्राउ गरि निजको परिचय पत्र समेत खोसेको साथै आफु्नो उपचारको क्रममा सैनिक चिकित्सकको सुझाव अनुसार थप उपचारको लागि शिक्षण अस्पतालतर्पु जाने क्रममा सिपाही देव बहादुर बिष्टलाई समेत सोही आरोपमा पक्राउ पश्चात दुव्र्यवहार गरि प्रहरीको जिम्मा लगाएको छ ।
४.उपरोक्त घटनाहरुको बाबजुद नेपाली सेनाको हाल सम्मको धैर्यता र संयमतालाई कमजोरी नठान्न आन्दोलनकारीहरुलाई नेपाली सेना आग्रह गर्दछ । साथै अव उप्रान्त त्यस प्रकारका घटनाहरु दोहरिएमा नेपाली सेनाका सदस्यहरुको सुरक्षाको लागि घटना स्थलबाटै उद्धार गर्ने कार्यमा पछि नपर्ने व्यहोरा समेत सम्बन्धितलाई यसै विज्ञप्ती मार्फत जानकारी गराइन्छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: