RSS

गंगवुमा प्रहरी र माओवादी कार्यकर्ताविच झडप स्थीतिलाई नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड हवाई फायर आधार्दजन अश्रुग्याँस हान्यो

03 May

प्रहरीले स्थीतिलाई नियन्त्रणमा लिने क्रममा आज साँझ काठमाण्डौको गंंगवु

रविन थपलिया
आमहडतालको दोस्रो दिन आज राजधानीको गोंगवुमा प्रहरी र माओवादी कार्यकर्ताविच झडप भएको छ । आज साँझ मोटरसाइकलमा आएका युवायुवतीलाई मोटरसाइकलवाट ओरालेर माओवादी कार्यकर्ताहरुले आगो लगाउन लागेपछि प्रहरी र प्रर्दशनकारी विच झडप भएको हो ।
ठुलो संख्यामा रहेका माओवादी कार्यकर्ताहरु आक्रोसीत भएपछि स्थीतिलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्डा हवाईफयर र आधार्दजन वढी अश्रुग्याँस हानेको थियो । प्रहरीले चलाएको गोलीलागी कोहि हताहती भएका छैनन् । स्थीति नियन्त्रणवाहिर नजानको लागि प्रहरीले हवाई फायर गर्नुपरेको वताएको छ । राजधानीका विभिन्न ठाँउमा भएको माओवादी सभामा सहभागी भएर क्याम्प र्फकंदै गरेका माओवादी कार्यकर्तामाथी प्रहरीले गोली प्रहार गरेपछि केहीवेर गंगवुको स्थीति तनावपुर्ण रहेको थियो । माओवादीले कार्यकर्ताहरुलाई संयमित हुन र एकितृत हुनको लागी माइकीङ गरेपछि स्थीति सामान्य तर्फ गएको थियो । अहिले गंगवु चोकमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने गोली चलेको आवाज सुनिएपछि हजारौको संख्यामा माओवादी कार्यकर्ताहरु गंगवुमा थुप्रिएका छन् । माओवादीहरुले हातमा लाठी सहित साँगलोमा आफना कार्यकर्ताहरुलाई घेरेर राखेका छन् । प्रहरीहरु पनि तयारी अवस्थामा रहेका छन् केहिवेर अघिको अवस्था हेर्दा पुन झडप हुने स्थीति रहेको भएपनि अहिले भने केहि सामान्य वन्दै गएको छ ।
उता आमहडतालको दोस्रोदिन आज मुलुकभर कहि कतै अप्रिय घटना भने भएको छैन् । विहानै देखि प्रर्दशनमा उत्रिएका माओवादी कार्यकर्ताहरु अहिले नेपाली समय अनुसार साँझ ८ वजे आ आफनो क्याम्प तर्फ र्फकंदै गरेका छन् ।
काठमाण्डौको कपनस्थित सरस्वतीनगरमा प्रदर्शनकारीको झण्डा राखेर हिँडेको मोटरसाइकललाई स्थानीयबासीले जलाइदिएका छन् । आज साँझ साढे ५ बजे एक स्थानीयबासीलाई ठक्कर दिएपछि हाल नम्बर खुल्न नसकेको उक्त मोटरसाइकल उनीहरुले जलाइदिएका थिए ।
यसैगरी बन्दको अवज्ञा गरेको भन्दै कास्की जिल्ला पोखरा–९ पृथ्बीचोकस्थित सिचुवा मेडिकल हलका संचालक टीकाराम शर्मालाई प्रदर्शनकारीले मेडिकल तोडफोड गरी उनलाई कुटपिट गरेका छन् । तोडफोड तथा कुटपिट गर्नेमध्येका मजदुर संगठनका कालीबहादुर पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।
आज दिउसो पौने १ बजे उक्त मेडिकल हलमा ५ वर्षीय संदीप पौडेल विरामी भई उपचार गर्न आएकोमा प्रदर्शनकारीले बन्द अवज्ञा गरेको भनी कुटपिट गर्दा शर्माको ढाड र खुट्टामा चोट लागेको छ । उनलाई उपचारको लागि चरक अस्पताल पोखरा लगिएको छ । बालक पौडेलको टाउकोमा चोट लागी टाँका लगाउनु परेको छ । उक्त घटनाको खबर प्राप्त हुनासाथै खटिई गएको प्रहरीले थप क्षती हुनबाट रोकी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
यसैगरी बाग्लुङ्ग जिल्ला बाग्लुङ्ग नगरपालिका–४ देउरालीचोकमा गल्कोटबाट दाउरा बोकेर आएको ग.१ त ८६६ नम्बरको ट्याक्टरमा बन्दकर्ताले टायरको हावा फाली दाउरामा आगजनी गरेका छन् । आम हडतालको अवज्ञा गरेको भनी बाग्लुङतर्पm दाउरा लिई आउदै गरेको उक्त ट्याक्टरमा आज बिहान सवा ७ बजे बन्दकर्ता टेकबहादुर के.सी.समेतका करीव ३५ जनाको समुहले उक्त ट्याक्टरको ट्यूवको हावा फालेर दाउरामा आगो लगाई क्षति पु¥याएको थियो ।
यसैगरी रुपन्देही जिल्ला बुटवल नगरपालिका–११ मिलनचोकस्थित सिद्धार्थ गार्मेन्टमा आज दिउसो साढे २ बजे अज्ञात समूहबाट तोडफोड भएको छ । उक्त गार्मेन्टमा ताल्चा लागेको कारण हाल क्षतीको विवरण खुल्न सकेको छैन ।यसैगरी रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका–८ स्थित क्षेत्रीय दुरसंचार निर्देशनालयमा बन्दकर्ताहरुले आज दिउसो साढे २ बजे कम्प्युटर भुईमा फाल्नुको साथै पंखा १ थान तोडफोड गरेका छन् । प्रहरी तत्काल पुगेर थप क्षती हुनबाट बचाएको थियो । यसैगरी रुपन्देही जिल्ला बुटवल नगरपालिकास्थित राष्ट्रिय बाणिज्य बैंकको झ्यालमा आज बिहान साढे ११ बजे बन्दकर्ताले गुलेलीले हानेर २ वटा शिशा फुटाएका छन् ।
यसैगरी नवलपरासी जिल्लास्थित नापी कार्यालयमा बन्दकर्ताले ढुंगामुढा प्रहार गरी झ्यालको शिशा फुटाएका छन् । आज दिउसो सवा ३ बजे उक्त घटना भएपछि प्रहरीले तत्काल नियन्त्रण गरेको थियो ।
यसैगरी कास्की जिल्ला पोखरा न्यूरोडस्थित सापकोटा किनारा पसलमा आज बिहान साढे १० बजे बन्दकर्ताले ढुंगा प्रहार गरी सोकेशको शिशा फुटाएर क्षती पु¥याएका छन् ।
यसैगरी मुस्ताङ जिल्लास्थित जनहित उ.मा.बि.मा स्थानीय बासिन्दा र बन्दकर्ताबीच बिद्यालय बन्द गर्ने बिषयमा बिवाद हुँदा १ जना बन्दकर्ता घाइते भएका छन् । आज बिहान साढे ९ बजे भएको उक्त विवादमा बन्दकर्ताहरुलाई स्थानीय बासिन्दाले कुटपिट गर्दा उनी घाइते घाइते भएका केन्द्रीय प्रहरी समाचार कक्षवाट पठाइएको समाचारमा उल्लेख गरिएको छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: