RSS

प्याकेजमै गतिरोध अन्त्यको समाधान नखोजेसम्म प्रधानमन्त्रीले राजिनामा दिने कुरै आउँदैनः काग्रेस उपसभापति पौडेल, प्रधानमन्त्रीको राजिनामा मागेसम्म माओवादीसँग सहमति हुदैन ः ओली

03 May

काठमाडौ, २० बैशाख । नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले बर्तमान राजनीतिक गतिरोधको अन्त्यकालागि तय गरिएको छ बुँदामा प्याकेजमै समाधान नगरिएसम्म प्रधानमन्त्री माधवकुमार नेपालले पदबाट राजिनामा नदिने स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा रहेको पत्रकारहरुको टोली सगको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै उपसभापति पौडेलले सहमति भएमात्र राजिनामाको कुरा आउने सहमति नभएसम्म राजिनामा नदिने स्पष्ट पारेका हुन । उनले भने– काग्रेस अहिले नै प्रधानमन्त्रीको राजिनामाको पक्षमा छैन् र राजिनामा दिनु पनि हुँदैन । पौडेलले सहमतिकोलागि प्रधानमन्त्रीको राजिनामा उल्टो कुरा मात्र भएको ठोकुवागर्दै प्रधानमन्त्रीबाट निश्चित आश्वासन लिएर अन्य विषयमा सहममति खोज्न सकिने तर सहमति नभईकन को प्रधानमन्त्री भन्ने कुराको केही औचित्य नहुने बताउनुभयो ।
उपसभापति पौडेलले जनतालाई दुख दिएर माओवादीको आन्दोलन कता तर्फ लक्षित रहेको भनी प्रश्न गर्दै दुई चार दिन भित्रमा दलहरुविच सहमति हुने र माओवादीको आन्दोलन पनि अन्त्य हुने दावी गर्नु भयो । सोमबार विहान एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग झण्डै एक घण्टा छलफल गरेका पौडेलले स्वयम माओवादी अध्यक्ष पनि आन्दोलनलाई लम्ब्याउने पक्षमा नरहेको पाएको जानकारी दिए ।
फरक प्रशंगमा उनले नेपाली काग्रेसले सरकारको नेतृत्वको गर्ने अवस्थामा आफू प्रधानमन्त्री बन्न सक्ने तर्फ संकेत गरेका छन् ।
विशेष साक्षात्कार कार्यक्रममा बोल्दै काग्रेसमा संसदीय दलको चुनाव भईसकेकोले काग्रेसबाट को प्रधानमन्त्री भन्ने कुरा स्पष्ट रहेको धारणा राखेर आफ्नो प्रधानमन्त्री पदको दावी साकेंतिक रुपमा ब्यक्त गरे । नेता पौडेलले बृहद शान्ति सम्झौता र अन्तरिम संविधानमा नै सबै गतिरोधको हल स्पष्ट रुपमा उल्लेख रहेकोले त्यसको अक्षंरश पालना भए सबै समस्या समाधान हुने दावी समेत सो अवसरमा गरेका थिए । दलहरुमा रहेको अहमता नै अहिलेको गतिरोध अन्यकोलागि बाधक बनेको दावी गर्दै सहमति नभए बहुमत बाट सरकार परिवर्तन गर्न सक्ने स्पष्ट ब्यवस्था रहेको ले अन्यौलतमा रुमलिनुको कुनै औचित्य नरहेको बताए । यो वा त्यो नाममा जनता अझै अधिकार सम्मपन्न हुन सकेका यथार्थ ब्यक्त गर्दै पौडेलले भन्नु भयो – आन्दोलन दल र जनताको अधिकार हो । शान्तिपूर्ण रुपमा गरिने आन्दोलनको सम्मान गर्नु पर्छ । तर अहिले जनताले बेहोर्न परेको सास्तीको बदलामा नेपालीले के पाउँछन् भनि माओवादी आन्दोलनप्रति आक्रोस ब्यक्त गर्नु भयो । माग प्रति राष्ट्रको ध्यान आर्कषण भएको छ । यसलाई फाइट टु फिनीसको रुपमा लैजानु हुँदैन । यसलाई सहमतिमा सम्मान जनक रुपमा समाधान गर्नु पर्छ । ठुलो दल भएको नाताले बर्तमान अविश्वास हटाउन माओवादी र प्रचण्ड स्वयमले प्रयास गर्नु पर्ने स्पष्ट पार्दै उनले गतिरोध हटाउन फराकिलो छाती बनाएर अगाडि बढन प्रचण्डलाई आब्हान पनि गरे । पौडेलले भने–जनताको लागि राजनीति गर्ने पार्टीले जनतालाई कष्ट पार्ने काम गर्नु हुदैन ।
प्रधानमन्त्रीको राजिनामा मागेसम्म माओवादीसँग सहमति हुदैन ः ओली

काठमाडौ, २० बैशाख । नेकपा एमाले स्थायी कमिटि सदस्य केपी शर्मा ओलीले प्रधानमन्त्रीको राजिनामा माग्न नछाडेसम्म माओवादीसँग सहमति हुन नसक्ने बताउनु भएको छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै ओलीले एउटाब्यक्तिलाई प्रधानमन्त्री बनाउन सिंगो मुलुकलाई बन्दी र लाखौ जनतालाई दुख दिन नहुने बताउनु भयो ।
रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री निवास बालुवाटारको प्राङगणमा गरेकोविशेष साक्षात्कारमा बोल्दै नेता ओलीले एमाले संस्थागत रुपमै कुनै पनि हालतमा प्रधानमन्त्रीलाई राजिनामा गराउने पक्षमा नरहेको स्पष्ट पार्नु भयो ।
माओवादीको आन्दोलन दिन प्रतिदिन कमजोर बन्दै गईरहेको दावी गर्दैबाँकी रहेका घरजान चाहने आन्दोलन कारीलाई समेत गाडिको ब्यवस्था मिलाई दिन सरकारसँग आब्हान गर्नु भयो । उहाँले दुई चार हजार केटा केटीलाई सडकमा उफारेको भरमा प्रधानमन्त्रीले राजिनामा नदिने र माओवादीको हठलाई बाईस दलले स्वीकार पनि नगर्ने स्पष्टपार्नु भयो । माओवादीको आन्दोलनको ब्यारोमिटर घटदै गएको ठोकुवा गर्दै केही दिन पछि माओवादी गल्ने र त्यसपछि सार्थक बार्ता हुने बताउनु भयो ।
उहाँले एमाले राष्ट्रिय सहमतिको सरकारको नाममा अहिलेको संबैधानिक सरकारलाई राजिनामा गराउने पक्षमा नरहेको स्पष्ट पार्दै बाम देब गौतमले प्रधानमन्त्रीको राजिनामा मागेर पार्टीको अनुशासन उल्लघन गरेको दावी गर्नु भयो ।
उहाले भन्नु भयो– साठी जना भनिएका अधिकांशले असहमति जनाईसकेका छन । बामदेब जी सँग मेरो सम्पर्क भएको छैन । यदि उहाले ज्ञापनपत्र फिर्ता लिनु भएन भने पार्टीले कारवाही गर्छ । प्रधानमन्त्रीको राजिनामा मागेकोमा आफूलाई युथफोर्सका कार्यकर्ताले मार्ने धम्की दिएको भनी बामदेव गौतमले दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै ओलीले भन्नुभयो –त्यस्तो काम बामदेवजीलेमात्रै जान्नुभएको छ । पार्टी फुटेका बेला
मोदनाथ प्रश्रित र प्रदीप ज्ञवालीलाई नवलपरासीमा उहाँले झण्डै ज्यान लिनु भएको थियो, मलाई विश्वास छ एमालेका अरु कार्यकर्ताले बामदेवजीबाट यो कुरा सिकेका छैनन । नेता ओलीले अर्को एक प्रसंगमा आफू माओवादीका धम्कीबाट डराएर हिड्ने व्यक्ति नभएको पनि स्पष्ट पार्नुभयो । माओवादी आन्दोलन शुरु भएपछि ओली माओवादीबाट डराएर भागि भागि हिडेको भन्ने आरोपको खण्डन गर्दै उहाँले भन्नुभयो– म माओवादीबाट डराएर हिड्ने व्यक्ति होइन । म यहि सडकमा हिडिरहे्को छु मलाई सडकमा हिड्नबाट कसैले रोक्न सक्दैन ।

माओवादी अध्यक्ष प्रचण्ड दुईपक्षीय परामर्शमा
काठमाडौं, २० वैशाख ः शान्ति र नया“ संविधानको सुनिश्चितताको लागि अनिश्चितकालीन आमहडतालको नेतृत्व गरिरहेको एकीकृत नेकपा(माओवादी)का अध्यक्ष प्रचण्डले आज बिहानैदेखि विभिन्न नेताहरुसितको परामर्शलाई तीब्र बनाउनुभएको छ ।
अध्यक्ष प्रचण्डले सोमबार बिहान ८ः०० बजे नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलस“ग एक घण्टा लामो कुराकानी गर्नुभएको छ । पौडेलसंगको भेटमा केहि सकारात्मक कुरा भएको माओवादी स्रोतले वताएको छ ।
त्यसैगरी, अध्यक्ष प्रचण्डले आजै दिउ“सो एक बजे अध्यक्ष झलनाथ खनालसहित एमालेका नेताहरुसित छलफल गर्ने कार्यक्रम रहेको जनसञ्चार केन्द्रले जनाएको छ । त्यस्तै राजनितीक भेटघाटकै क्रममा प्रचण्डले आजै दिउ“सो ४ः०० बजे नेपाली कार्यवाहक सभापति सुशील कोइराला, शेरबहादुर देउवालगायतका नेपाली कांग्रेसका शीर्ष नेताहरुलाई भेट गर्नुहुने कार्यक्रम छ ।
दुईपक्षीय छलफलहरुपछि शान्ति र संविधानको लागि सहमति खोज्न सा“झ तीनदलका शीर्षनेताबीच वैठक हुने माओवादी अध्यक्ष प्रचण्डले वताउनुभएको जनसञ्चार केन्द्रले जनाएको छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: