RSS

माओवादी आमहडतालको दोस्रोदिन ठाँउ ठाँउमा ¥याली र सभाको आयोजना , मुलुकभरको जनजिवन प्रभावित , देश ठप्प

03 May

वैसाख २०, एकिकृत नेकपा माओवादी द्धारा आव्हान गरिएको आमहडतालमो आज दोस्रो दिन देशभरको जनजिवन अस्तव्यस्थ रहेको छ । विहानै देखि माओवादी कार्यकर्ताहरुले मुुुलुकभरका सडकमा उत्रिएका कारण सवारीसाधन ठप्प रहेको छ । सडकमा प्रेस, एम्वुलेन्स, कुटनितिक नियोगका सवारीसाधनहरु वाहेक अन्य सवारीसाधन निषेध गरिएको छ । सडकमा खटीएका माओवादी कार्यकर्ताहरुले प्रेसलेखिएका सवारीसाधनहरुको निग्रानीपुर्वक आवतजावत गर्न दिएका छन् । हिजो प्रेस लेखिएका सवारीसाधनहरुको अनधिकृत प्रयोग गरेको भन्दै उनिहरुले आज पनि प्रेसका गाडी तथा मोटरसाइकलहरुको निग्रानी गर्ने भएका हुन् ।
मुलुकभरका हजारौ कार्यकर्तालाई माओवादीले राजधानी ल्याएको कारण काठमाण्डौमा माओवादी कार्यकर्ताहरुको उपस्थीति राम्रो रहेको छ । आज विहादै देखि काठमाण्डौ तथा मुलुकभर माओवादीले र्याली तथा सभा आयोजना गरेको छ ।
भोटाहिटीमा एकीकृत माओवादीका पीबीएम विश्वभक्त दुलाल आहुतीको नेतृत्वमा बिहान ७ः०० बजेदेखि नै धर्नाकारीहरु सडक ढाकेर बसेका छन् । वाईसीएल असन, इन्द्रचोक, धोवीचौर, क्षेत्रपाटी, जमल हु“दै मार्चपास गरेर वीरअस्पताल अगाडि धर्नामा सामेल भएको पत्रकार मनऋषि धितालले बताउनुभएको छ ।
नेवारहरुको पुरानो वस्ती मैपि क्षेत्रमा आन्दोलनकारीहरुले एकीकृत माओवादीका पोलिटब्यूरो सदस्य तथा नेवार नेतृ हिसिला यमिको नेतृत्वमा शान्ति र संविधानका लागि बिहान ८ः०० बजेदेखि घरदैलो कार्यक्रम सुरु गरेको पत्रकार दयानिधि भट्टले जानकारी दिनुभएको छ ।
पुल्चोकमा एकीकृत माओवादीकी पीबीएम निनु चापागाई“ र सीसीएम रेखा शर्माको नेतृत्वमा रहेका आन्दोलनकारीहरु बिहान सबेरैदेखि ब्यानर टा“गेर सडकमा बसेका थिए । आन्दोलनकारीका हातहातमा प्रमुख अखबारहरु छन् । बिहान ८ः०० बजेबाट पुल्चोकबाट सुरु हुने भएकोे ¥याली झम्सीखेल, बखुण्डोल हु“दै फेरि पुलचोकमा पुगेर सभामा परिणत भएको थियो । सभामा माओवादीका नेताहरुले सम्वोधन गरेका थिए ।
कलंकीमा चारैतिरबाट रातो झण्डा बोकेका हजारौं आन्दोलनकारीहरु नाराजुलुश गर्दै कलंकी चोकमा केन्द्रित भएको रहेका छन् । कलंकीमा आन्दोलनको नेतृत्व पीवीएम जनार्दन शर्मा ‘प्रभाकर’, खिमलाल देवकोटा र बलावती शर्माले आन्दोलनको कमाण्ड सम्हाल्नुभएको छ ।
माओवादी कार्यकर्ताहरुले आज विहानै कालीमाटीमा दौड जुलुस गरेका थिए भने आज त्यहा“को जुलुसमा ठूलो संख्यामा स्थानीयबासी पनि उतार्ने तयारी रहेको एकीकृत माओवादीका पीबीएम लोकेन्द्र विष्टले जानकारी दिनुभएको छ ।
पद्मोदय, पुतलीसडक, भृकुटीमण्डपलगायतका स्थानमा वाईसीएलले बिहानैबाट सरसफाई अभियान थालेको छ । उठाएको फोहर नगरपालिकाका फोहर उठाउने गाडीमा लादिएका छन् । पद्मोदय मोडमा आन्दोलनको नेतृत्व एकीकृत माओवादीका पीबीएम कुलप्रसाद केसी ‘सोनाम’ले गरिरहनुभएको छ ।
चाबहिलमा बौद्ध स्तुपाबाट ५ः०० बजे सुरु भएको जुलुस चाबहिल चोकमा आइपुगेको छ । त्यहा“को कमाण्ड पीबीएम इन्द्रमोहन सिग्देल, रामरिझन यादव र एनके प्रसाईंले सम्हाल्नुभएको छ ।
नारायण गोपाल चोकमा पीबीएम नारायणप्रसादको नेतृत्वमा आन्दोलनकारीहरुले बिहानै देखि सडकमा निस्किसेका छन् । बागबजारमा पनि बिहानदेखि नै हजारौंको ¥याली सुरु भैसकेको छ । त्यहा“ आन्दोलनको नेतृत्व एकीकृत माओवादीका पीबीएम सुरेशसिंहले गर्नुभएको छ ।
आमहडतालको दोस्रो दिन आज पनि बिहानैबाट काठमाडौंलगायत पूरै देश ठप्प भइसकेको छ । तर, पहिल्यै घोषणा गरिए झैं एम्बुलेन्स, दुधका गाडी, कुटनीतिक नियोग, पानी र फोहरका ट्याङ्कर, अस्पताल र औषधिपसल, प्रेसका गाडी, संयुक्त राष्ट्र संघ र मानवअधिकारवादी संघसंस्थाका गाडीलाई आन्दोलनकारीले बाटो नै खुलाएर निर्वाध छाडिदिएका छन् ।
बानेश्वरबाट बिहान ८ः०० बजेबाट सुरु भएको २५ हजारको ¥याली बिजुलीबजार, बुद्धनगर, सङ्खमुल हु“दै नया“ बानेश्वरचोकमा फर्कंदै छ । ¥यालीमा स्थानीयबासीको उपस्थिति पनि बाक्लो रहेकोछ । त्यहा“ दिउ“सो प्रतिभाप्रवाह कार्यक्रम पनि हु“दैछ ।
वीरगञ्ज
वीरगञ्जमा गण्डकचोक, वसपार्क, भन्सार र सीडीओ कार्यालय मोड चारैवटा केन्द्रमा शान्ति र संविधानको सुनिश्चितताको माग गदै बिहानैदेखि प्रदर्शन भइरहेको छ । यातायात चलेका छैनन्, बजार खुलेका छैनन्, र राजवादी र हिन्दूवादी पनि दुला पसेका छन् । दिउ“सो १ः०० बजेदेखि आन्दोलनका चारवटै केन्द्रबाट जुलुस घण्टाघरमा पुगेर सभामा परिणत हुने कार्यक्रम छ ।
पोखरा
पोखरामा आमहड्तालको दोश्रो दिन आज विहानैदेखि पूर्ण प्रभाव परेको छ । उद्योगधन्दा, कलकारखाना, बजार, शिक्षणसंस्था सवारी आवागमन ठप्प भएको छ । पोखराका लखनचोक, भीमसेनचोक, चिप्लेढुङ्गा, बगर, सिम्पानी, बाग्लुङ्ग बसपार्क, सिर्जनाचोक, जिरो किलोमिटर, हल्लनचोक, लेकसाइड, विरौटा, औद्यगिकक्षेत्र, रानीपौवा, अमरसिंहचोक, बुद्धचोकलगायतका स्थानमा आन्दोलनकारीको बाक्लो उपस्थिति रहेको छ ।

कास्कीको लेखनाथ नगरपालिकामा पनि बन्दको पूर्ण प्रभाव परेको हाम्रा प्रतिनिधिले जनाएका छन् । आन्दोलनलाई प्रभावकारी बनाउन पोखरा र लेखनाथमा १० वटा केन्द्रमा कार्यकर्ताहरू परिचालन गरिएको माओवादीले जनाएको छ । आज बिहानैदेखि खाली सडकमा ब्याडमिन्टन, फुटवल, क्रिक्रेट खेलेको देख्न सकिन्छ भने साइकलमा गन्तव्यतर्फ लाग्नेहरू पनि उल्लेख्य देखिन्छन् । मुख्य चोकहरूमा समुह समूहमा पत्रपत्रिका पढ्ने, रेडियो सुन्ने तथा देशको पछिल्लो अवस्थाका बारेमा छलफल गरिरहेको पनि देख्न सकिन्छ ।

गण्डकी र धवलागिरी अञ्चलका गोर्खा, लमजुङ्ग, तनहू“, स्याङ्गजा, पर्वत, म्याग्दी, बाग्लुङ्ग, मनाङ्ग, मुस्ताङ्गलगायतका जिल्लामा पनि बन्दको पूर्ण प्रभाव परेको खबर छ । हिजोको बन्दमा ती जिल्लामा सरकारी कार्यालय, बजार, उद्योग कलकारखाना, सवारी आवागमन ठप्प भएको हाम्रा संवाददाताहरूले जनाएका छन् । जनआन्दोलनमा सहभागी सर्वसाधारणहरूले भने आन्दोलन सफल बनाएरै छाड्ने बताएका छन् ।

स्याङजा सदरमुकाम स्याङ्जा बजार, वालिङ्ग, गल्याङ्ग लगायतका स्थानमा शैक्षिक संस्था, कलकारखाना, उद्योग प्रतिष्ठान, यातायातका साधन ठप्प रहेका छन् । आज बिहानैदेखि माओवादी कार्यकर्ताहरूले सदरमुकाम स्याङजाबजारका विभिन्न भागमा जुलुससहित बजार परिक्रमा गरेको हाम्रा संवाददाता अर्जुन काफ्लेको खबरमा उल्लेख छ ।

गोरखामा पनि आमआमहड्तालको पूर्ण प्रभाव परेको र उल्लेख्य जनसहभागितामा सदरमुकाम शहीदगेटबाट आन्दोलनकारीहरुले प्रदर्शनसहित बजारका विभिन्न स्थान परिक्रमा गरी पुनः शहीदगेटमा नै केन्द्रित भएको पत्रकार सुदीप कैनीले जानकारी दिनुभएको छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: