RSS

वामदेव गौतमलाई मार्ने धम्की !

03 May

पुर्व गृहमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्षलाई ज्ञापन पत्र बुझाएको विषयमा आफुलाई ज्यानमार्ने धम्की आएको बताउनु भएको छ । आफनै पार्टी सम्वद्ध युवा संगठनका केहि कार्यकर्ताहरुले विभिन्न नम्वर प्रयोग गरि आफुलाई मार्ने धम्की दिएको वामदेवले गुनासो गर्नुभयो । गौतमलाई ९८४८०३९०४७, ९८४८०२८८९१ र ९८४९२३३८२३ नम्वरको मोवाइलवाट पटकपटक मार्ने धम्की आएको खुलासा गर्नुभयो । युथफोर्सका केही व्यक्तिहरुले गएराति आफुलाई विभिन्न नम्बरहरुबाट फोन गरेर मार्ने धम्की दिएको जानकारी दिनुभयो । एक एफएमको कार्यक्रममा उहाँले आफुलाई धम्की दिनेहरुलाई कारवाही गराउने चेतावनी दिनुभयो ।
भुटानबाट र्फर्के लगत्तै प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा नदिने बताएर देशलाई गृहयुद्धमा फसाउन खोजेकाले आफुहरुले अध्यक्षको ध्यानाकर्षण गराएको जिकिर गर्नुभयो । पार्टीमा समानान्तर कमिटी गठन गर्दै हिडनेहरुलाई आलोचनासम्म गर्न नसक्नेहरुलाई आफ्ना विरुद्ध केन्द्रीय कार्यालयको नाममा विज्ञप्ति निकालेको भन्दै गौतमले असन्तुष्टि व्यक्त गर्नुभयो ।
पार्टी सचिव युवराज ज्ञवालीले हिजो निकालेको विज्ञप्ति पूर्वाग्रहपूर्ण र भ्रमपूर्ण रहेको उपाध्यक्ष गौतमको भनाई छ । सचिव ज्ञवालीले निकालेको विज्ञप्तिमा बामदेव गौतमको क्रियाकलाप, पार्टीको विधान र प्रक्रिया विपरीत रहेकाले त्यस्तो भ्रममा नपर्न आग्रह गरिएको छ भनिएको छ । गौतम सहित एमाले नेतृ साहना प्रधान सहित ६० जना नेताहरुले प्रधानमन्त्री माधव कुमार नेपालको राजिनामाको माग गदै हिजो एमाले अध्यक्ष झलनाथ खनालसमक्ष ज्ञापनपत्र वुझाएका थिए ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: