RSS

माओवादीका प्रमुख नेताहरुले नै प्रत्यक्ष फिल्डकमाण्ड सम्हाल्ने

04 May

वसन्त थपलिया, मनमैजु
काठमाडौं, २१ वैशाखः आमहडतालको तेस्रोदिन आज माओवादीले दिँउसो चक्रपथ घेराउ कार्यक्रम गर्ने भएको छ । चक्रपथ घेराउ कार्यक्रममा माओवादी अध्यक्ष सहित मुख्य नेताहरु समेत फिल्डकमाण्ड सम्हाल्ने कार्यक्रम रहेको छ ।
आज दिउँसो ४ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म हुने ‘रातो चक्रपथ घेराउ अभियानमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्षत्रय मोहन वैद्य ‘किरण’ बाबुराम भट्टराई, नायाणकाजी श्रेष्ठलगायत राजधानीमा रहेका सबै पदाधिकारीले प्रत्यक्ष फिल्डकमाण्ड सम्हाल्नुहुने कार्यक्रम रहेको जनसञ्चार केन्द्रले जनाएको छ ।
सो क्रममा पदाधिकारीहरुको टोली बालाजुबाट महाराजगन्ज, कोटेश्वर, बल्खु, कलंकी हुदै पुनः बालाजुमा पुगेर राजधानीका स्थानीय जनसमुदायलाई शान्ति र संविधानका लागि सडकमा ओर्लन आह्वान गर्ने कार्यक्रम रहेको वताइएको छ ।

आमहडताल अवज्ञा गरेको भन्दै काठमाण्डौमा केहि सटर तथा पसल तोडफोड
वैसाख २१,
आमहडतालको अवज्ञा गरेको भन्दै माओवादी कार्यकर्ताहरुले राजधानीका विभिन्न स्थानमा एक दर्जन भन्दा वढी घरका सटर तथा पसलहरुमा तोडफोड गरेका छन् ।
विहानै उनिहरुले चावहिल तथा आसपासका क्षेत्रहरु गोपिकृष्णहल छेउका केहि पसलहरुमा तोडफोड गरेका छन् । त्यस्तै कोटेश्वर, अनामनगर, वानेश्वर, कलंकी लगायतका क्षेत्रमा छिटफुट खुलेका पसलहरुमा तोडफोड गरेका छन् ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: