RSS

माओवादीलाई तत्काल आम हडताल फिर्ता पेसागतसंघ संगठनहरुको आग्रह,उपप्रधानमन्त्री गच्छदार भन्नुहुन्छ माओवादीले २ दिन भित्रमा आन्दोलनका कार्यक्रम र्फिता लिएर सहमतीमा आँउछ

04 May

दुई दिनभित्रै माओवादीले आन्दोलन फिर्ता लिएर सहमतिमा आउछ ः उपप्रधानमन्त्री गच्छदार
काठमाडौ, २१ बैशाख । उपप्रधानमन्त्री एवम् भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले दुई तीन दिनभित्र माओवादीसँग सहमति भइसक्ने दावी गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले सहमति सहकार्य र संविधान निर्माणकोलागि अध्यक्ष ऋषि धमलाको नेतृत्वमा थालेको विशेष अभियानमा आफ्नो धारणा राख्दै उपप्रधानमन्त्री गच्छदारले सहमतिमा नआए माओवादीको प्रतिकारमा जनता आफैं उत्रिने चेतावनी दिनुभयो ।
उपप्रधानमन्त्री गच्छदारले माओवादीसँग सहमतिमा आउनु विकल्पमा आउनुको विकल्प नरहेको ठोकुवा गर्दै दावी गर्नु भयो– सर्घषको बाटोबाट फर्किनै पर्छ । उ समझदारीमा आउनै पर्छ ,आउनै छैन । माओवादीसँग च्वाईस छैन ।
अन्तरिम संविधानले निर्धारित गरेकोसमयमा संविधान बन्न नसक्ने प्रष्ट भएको बताउदै उहाले संविधान निर्माण भएन भने मुलुकमा अनिश्चिताको र मुडभेडको अवस्था सृजना हुने र त्यसबाट सबै भन्दा बढी घाटा माओवादीलाई नै हुने दावी गर्नु भयो । सहमति समझदारी र एकताको पक्षमा सरकार रहेको स्पष्ट पार्दै गच्छदार जनआन्दोलनपछि यसैमा सबै पक्षले जोड दिएर यसकालागि प्रयत्नशिल रहकोले दलगत र ब्यक्तिगत स्वार्थ छाडेर अगाडि माओवादीले लाई आब्हान गर्नु भयो ।
आम हडतालले जनजीवन प्रभावित पारेको र यसले सबैको ध्यान आर्कषित गरेको उल्लेख गर्दै उहाले भन्नु भयो–अब आन्दोलन छाडेर सहमतिकोलागि माओवादीले अगाडि आउनु पर्छ ।
उहाको भनाई थियो बन्द फिर्ता लिएर सहमतिको बबातावरण माओवादीले बनाउनु पर्छ । आन्दोलन जारी राखे प्रतिकुल र नकारात्मक असर पर्छ । माओवादीले आफ्नो आन्दोलन जारी राखे केही दिनमा जनता आफैले प्रतिकार गर्छन । दुई तिन दिनमा जनताले आफै हडतालको प्रतिकार गर्दै जान्छ । देशका विभिन्न भागमा त्यसको सुरुवात भईसकेको छ । उहाँले एक दुई दिन भित्रमा माओवादीले आफै बन्द फिर्ता लिने दावी गर्नु भयो । उहाँको तर्क थियो– यो माओवादीको आन्दोलन सत्ता प्राप्तिको आन्दोलन हो जन आन्दोलन होईन ।
सडकबाट प्रधानमन्त्रीको राजिनामा माग्नु अलोकतान्त्रिक भएको दावी गर्दै गच्छदारले प्रधानमन्त्रीले राजिनामा दिने कुरो नआउ ठोकुवा गर्नु भयो । उहाले भन्नु भयो– हामी त्यसको पक्षमा छैनौ । सरकार बन्ने र ढल्ने विधिसम्मत प्रक्रिया हुन्छ ।आन्दोलनको क्रममा शान्ति सुरक्षाको उल्लघन भए सरकार चुप लागेर नबस्ने स्पष्ट पार्दै शान्ति सुरक्षा गर्ने कर्तब्य सरकारको भएकोले जनताको जिउधनको रक्षा, सार्वजनिक सम्पतिको रक्षा गर्न सरकारले कडाई अपनाउने उदघोष गर्नु भयो ।
तिन दलका नेताहरुले बारम्बार छलफल गरेको विषयप्रति लक्षित गर्दै गच्छदारले भन्नु भयो–यो सरकार र देश तिन दलको मात्र होईन । तीन पार्टीले सबैको भावनालाई संबोधन गर्छ भने त्यो मात्र मान्य हुन्छ । अन्यथा त्यो अमान्य हुन्छ ।
सहमति भएको अवस्थामा नयाँ सरकारको नेतृत्वमा प्रचण्डले विकल्प दिनु पर्ने उल्लेख गर्दै आगामि सरकारको नेतृत्व प्रचण्डले गर्न नसक्ने तर्फ संकेत गर्नु भयो । उहाँले भन्नु भयो– दलहरुविच सहमति कायम भएको अवस्थामा मलाई सोध्नु होस को प्रधानमन्त्री हुन्छ भन्ने कुरा पनि प्रष्ट भनि दिन्छु ।

माओवादीलाई तत्काल आम हडताल फिर्ता पेसागतसंघ संगठनहरुको आग्रह

काठमाडौं, वैशाख २१ । विभिन्न पेसा तथा व्यावसायिक संघसंस्था र नागरिक समाजका प्रतिनिधिले एकीकृत माओवादीलाई तत्काल आम हडताल फिर्ता लिएर सहमतिमा आउन आग्रह गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालको ‘सहमति, शान्ति र संविधान, रिपोर्टर्स क्लब नेपालको अभियान’ अन्तर्गत भएको विशेष साक्षात्कार कार्यक्रममा उनीहरुले त्यस्तो आग्रह गरेका हुन् ।
रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाल इन्जिनियर एसोसिएसनका महासचिव ध्रुव थापाले माओवादीको आम हडताललाई जनआन्दोलन या नागरिक आन्दोलन नभएको दाबी गरे । ‘माओवादीले १ लाख जनता उतारेर २ करोड ९९ लाख जनताको अधिकार हनन गरेको छ,’ उनले भने– राजनीतिक निकासका लागि सडक उपयुक्त थलो होइन ।
नेपाल चिकित्सक एसोसिएसनका अध्यक्ष केदारनरसिंह केसीले आम हडताल माओवादीका निम्ति नै प्रत्युपादक भएको बताए । ‘अहिले विधिविहीनताका लागि सडकमा भौतारिनुपर्ने अवस्था नै छैन,’ उनले भने– आन्दोलनकारीको स्वास्थ्यका कारण पनि हडताल अन्त्य गर्नुपर्ने बाध्यता छ ।
डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले माओवादीले जनतालाई थुनुवाको अवस्थामा सडकमा प्रयोग गरेको आरोप लगाए । ‘प्रधानमन्त्रीको राजीनामा गराउने ठाउँ सडक होइन,’ उनले भने– माधव नेपाललाई प्रधानमन्त्री बनाउने र हटाउने ठाउँ संसद मात्र हो ।
नेपाल शिक्षक संघका अध्यक्ष मोहन ज्ञवालीले माओवादी अध्यक्ष प्रचण्डले तत्काल जनतासमक्ष माफी मागेर हडताल फिर्ता गर्नुपर्ने बताए । ‘माओवादीले द्वन्द्वको केन्द्रविन्दु स्कुल, कलेजलाई बनाएको छ,’ उनले भने– उसले हडताल नै गर्ने भए पनि मानवअधिकारवादीलाई जस्तो विद्यालय पनि खुला गर्नुपथ्र्यो ।
नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष शेरबहादुर केसीले माओवादीले सडकबाट खोज्ने निकासले अराजकतामात्र निम्त्याउने बताए । अन्तरिम संविधान र बृहत् शान्ति सम्झौताबाट खोजिने निकास मात्र दिगो हुने उनको भनाइ थियो ।
मानवअधिकारवादी सुदीप पाठकले कसले जित्ने भन्ने चिन्ता हटाएर प्रचण्डले आम हडताल सकिएको घोषणा गर्नुपर्ने बताए भने वरिष्ठ पत्रकार हरिहर विरहीले लोकतन्त्रविरोधी गतिविधिका कारण माओवादीले सरकारको नेतृत्व गर्ने अधिकार गुमाइसकेको बताए ।
यस्तै, प्रजातन्त्रवादी प्रँध्यापक संघका अध्यक्ष गुणनिधि न्यौपाने र पूर्व उपाध्यक्ष धनेश्वर नेपालले लोकतन्त्रप्रति माओवादीको ढुलमुले नीतिकै कारण समस्या आएको आरोप लगाए ।

सहमतिमा राजनीतिक गतिरोध अन्त्य गर्न नागरिक समाज,पेशाकर्मी र सञ्चारकर्मीको अपिल

काठमाडौ, २१ बैशाख । सञ्चारकर्मी, नागरिक समाज र पेशागत संघ संस्थाका प्रवुद्ध ब्यक्तित्वहरुले आज एक संयूक्त अपिल प्रकाशित गरेर बर्तमान राजनीतिक गतिरोधकोलागि द्धन्द्ध र आन्दोलन भन्दापनि बार्ता र संबैधानिक बाटोबाट तत्काल समस्याको समाधान खोज्न अपिल गरेका छन् । उनीहरुले अहिलेका अवस्थाले मुलुक मुडभेड भन्दा बाहेक अन्य कतै जान नसक्ने निश्कर्ष सहित बार्ताबाट समाधान खोज्न आग्रह गरेका हुन ।
बरिष्ठ पत्रकार हरिहर विरही, नेपाल बार एसोसिएसनका अध्यक्ष प्रेमबहादुर खडका, नेपाल मानव अधिकार संगठनका सुदिप पाठक, ईन्द्रप्रसाद अर्याल नेपाल शिक्षक संघका मोहन ज्ञावली, नेपाली चिकित्सक संघका डा. केदार नरसिंह केसी, प्रजातान्त्रिक कानुन ब्यवसायी संघका उपेन्द्र केशरी न्यौपाने, नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष शेरबहादुर केसी, रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष गुणनीधि न्यौपाने, पूर्व उपाध्यक्ष घनेश्वर नेपाल, चिनका पूर्व राजदुत राजेश्वर आचार्य, नेपाल ईन्जिनियर एसोसिएसनका ध्रुव थापा र एम्नेष्टि नेपालका पूर्व अध्यक्ष विनोद नेपालले आज संयूक्त विज्ञप्ति प्रकाशित गरेर त्यस्तो अपिल गरेका हुन ।
विज्ञप्तिमा आमहडतालका कारण मुलुकभर आम नागरिकको जनजीवन कष्टकर बनिसकेको एवम उद्योग ब्यापार, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पर्यटन, यातायात लगायतका सम्पूर्ण क्षेत्र अस्तब्यस्त र सरकारी काम काजसमेत ठप्प भई मुलुक नै बन्धक बनेको हुँदा अविलम्ब, आमहडताल फिर्ता लिई बार्ता र संवादका माध्यमबाट सहमति खोज्न माओवादीलाई आग्रह गरिएको छ ।
त्यसैगरि विज्ञप्तिमा लोकतन्त्रमा राजनीतिक सञ्चालनका बैध प्रतिनिधि राजनीतिक दल भएकोले मुलुकमा देखापरेका राजनीतिक गतिरोध र अन्यौलहरुको जवाफदेहीता दलहरुबाटै खोजिनु पर्ने सुझाव दिदै त्यसकालागि विगतका सहमति कार्यान्वयनको रोडम्यापमा अपसि सहमति, बार्ता सहकार्य र अन्तरिम संविधानको अधिनमा रही संकटको निकास निकाल्न दलहरुसँग माग गरिएको छ ।
त्यसैगरि विज्ञप्तिमा विस्तृत शान्ति सम्झौता, विगतका सहमति एवम शान्ति प्रक्रियालाई निश्कर्षमा पु¥याउन तथा सम्झौता र सहमतिप्रति सबैको ईमान्दारितालाई प्रमाणिकरण गर्न पनि तत्काल सरोकारवाल पक्षविचको सार्थक बार्ताको पनि माग गरिएको छ ।

माओवादीलाई बार एसोसिएसनका अध्यक्षको प्रश्न, ‘भोलि राजा ज्ञानेन्द्रले १० लाख जनता उतारे राजतन्त्र फर्काउन माग गरे भने के हुन्छ ?’
नेपाल बार एसोसिएसनका अध्यक्ष प्रेमबहादुर खड्काले गाँसबासको समस्याका कारण आन्दोलनकारीको स्वास्थ्य बिग्रिसकेकाले माओवादीले तत्काल आम हडताल स्थगित गर्नुपर्ने बताए । ‘अहिले सडकमा १ लाख देखाएर माओवादीले प्रधानमन्त्रीको राजीनामा गराउने हो भने,’ खड्काले भने– भोलि राजा ज्ञानेन्द्रले १० लाख जनता उतारे राजतन्त्र फर्काउन माग गरे भने के हुन्छ ?
राजधानीमा आज आयोजित एक कार्यक्रममा वोल्दै खडकाले प्रधानमन्त्रीको राजीनामा गराउन माओवादीले संसदको बाटो पछ्याउनुपर्ने बताए । सडकबाट प्रधानमन्त्रीको राजीनामा गराउनु लोकतन्त्रका निम्ति खतरा रहेको उनको भनाई रहेको थियो ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: