RSS

माओवादी आमहडतालको काठमाण्डौ सतुुङगलवासीद्धारा प्रतिकार, माओवादी कार्यकर्तामाथी कुटपीट, धेरै ठाँउमा झडप तथा तोडफोड देशभर तनाव

04 May

माओवादीद्धारा आयोजना गरिएको आमहडतालको आज तेस्रोदिन मुलुकभरको जनजिवन प्रभावीत भएको छ । ठाँउ ठाँउमा स्थानीयवासी र माओवादी कार्यकर्ताहरु विच भिडन्त भएका छन् । काठमाण्डौको सतुंगलमा चन्दा नदिएको भन्दै माओवादीका कार्यकर्ताहरुले स्थानीय व्यापारीहरुलाई धम्काउने गरेका भन्दै आज स्थानीय वासीले माओवादीहरुसंग आमहडतालको प्रतिकार गदै पसल खोलेका थिए । स्थानीयवासीले पसल खोलेपछि वन्द गराउन पुगेका माओवादी कार्यकर्ताहरुलाई स्थानीयवासीविच झडप हुदा माओवादीका केहि कार्यकर्ता घाइते भएका छन् । घाइते मध्य एकको अवस्था गम्भीर रहेको वताइएको छ । घाइते हुनेमा हेटौडाका विजय थिङ रहेका छन् । स्थानीयवासीको कुटाइवाट घाइते भएका थिङको शशस्त्र प्रहरी अस्पतालमा उपचार नभएपछि नर्भिक अस्पतालमा लगिएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ भने अवस्था गम्भीर रहेको वताइएको छ । त्यस्तै स्थानीयवासीको कुटाइवाट सतुंगलमा माओवादी कार्यकर्ता हीरावहादुर राना घाइते भएका छन् । स्याङजावाट आमहडतालमा सहभागी हुन आएका रानाको भने वलम्वु स्थीत शशस्त्र प्रहरी क्याम्प वलम्वुमा उपचार भईरहेको छ ।
आमहडतालको तेस्रो दिन आज पनि उपत्यकाको जनजीवन प्रभावित भएको छ। हडतालका कारण उपत्यकाभित्रका मुख्य क्षेत्रका बजार, पसल, उद्योग कलकारखाना, शिक्षणसंस्था, यातायात बन्द छन्। बिहानैदेखि उपत्यकाका मुख्य सहर नयाँबानेश्वर, कोटेश्वर, त्रिपुरेश्वर, कलङ्की, सातदोबाटो, कुपण्डोल, गोङ्गबु, चाबहिल, महाराजगन्जलगायतका क्षेत्रमा पार्टीका केन्द्रीय नेताको अगुवाइमा प्रदर्शन भइरहेको छ।
प्रदर्शनका क्रममा बन्दकर्ताले वर्तमान सरकार विघटन नभएसम्म हडताल जारी रहने, शान्ति स्थापना गर्नुपर्ने, नयाँ संविधान जारी हुनुपर्ने लगायतका नारा लगाउँदै नाचगान समेत गरिरहेका छन्। पहिलो र दोस्रो दिनको तुलनामा आजको बन्द तनाबपूर्ण बन्दै गइरहेको छ। बन्दकर्ताले आज अनामनगरस्थित किराना पसलमा समेत तोडफोड गरेका छन्।आमहडतालका बीचमा पनि सञ्चारकर्मी, दूध र पानी बोक्ने गाडी, एम्बुलेन्स, शववाहनलगायतका सवारीसाधन निर्बाधरूपमा सञ्चालनमा रहेका छन्।
पत्रकार कुटीए
बजार बन्द गराउँदै हिंडेका माओवादी कार्यकर्ताहरुले मंगलबार बिहान नेसनल टेलिभिजनका क्यामेरामेन राम थापालाई कुटेका छन् । आफू ुपत्रकार हुँु भन्दा पनि रडले हिर्काएर कुटेको उनले बताए । माओवादी कुटाइबाट घाइते थापाको चुच्चेपाटीस्थित एक निजी अस्पतालमा उपचार भइरहेको बताइन् ।

बुटवलस्थित नेपाल बैंक लिमिटको कार्यालयमा माओवादी कार्यकर्ताहरुले तोडफोड गरेका छन् । बन्दमा पनि कारोवार गरेको भन्दै माओवादी कार्यकर्ताहरुले मंगलबार अपरान्ह तोडफोड गरेका हुन् ।

तरकारी फालेर बिरोध

धादिङ संवाददाता सानुबाबु तिमिल्सिनाका अनुसार तीन दिन सम्म तरकारी विक्रि गर्न नपाएपछि आक्रोशित वनेका धादिङ सलाङघाटका किसानहरुले तरकारी सडकमा फ्यांकेर बन्दको विरोध गरेका छन ।
धादिङको सलाङघाट वाट दैनिक ६ सय क्विन्टल तरकारी काठमाण्डौ, पोखरा, नारायणगढ र वुटवल सम्म विक्रिका लागि जाने गरेकोमा आमहडतालका कारण किसानहरुले आफ्नो खेतवारीमा उत्पादित तरकारी बिक्रि गर्न नपाएपछि वन्दको विरोध गर्दै आज मंगलबार सडकमै तरकारी फालेका हुन । चार दिन देखि वजार लैजान नसकिएको लौका, गोलभेडा, सिमि, करेला, घिरौला, कांक्रो लगायतका ६ सय क्विन्टल तरकारी किसानहरुले मंगलबार विहान ११ वजे तिर बीच सडकमा फ्यांकेर वन्दको विरोध गरेका हुन । बुधवार सम्म पनि किसानहरुले तरकारी ढुवानी गर्न नपाए थप शशक्त आन्दोलन गर्ने सलाङघाट तरकारी उत्पादक सहकारी संस्थाका अध्यक्ष रामप्रसाद पाण्डेले वताएका छन ।
एम्बुलेन्स तोडफोड
कपिलवस्तु ९तौलिहवा०, वैशाख २१ ( एकीकृत नेकपा ९माओवादी० को आमहडतालका कारण सवारीसाधन चल्न ठप्प भएपछि बिरामीका लागि अन्तिम सहारा बनेका एम्बुलेन्स जिल्लाका दुई स्थानमा दुर्घटना तथा तोडफोडमा परेका छन्। कपिलवस्तुको वीरपुर गाविसमा मङ्गलबार बिहान बिरामी लिएर फर्कंदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित तीनजना घाइते भएका छन्।
बुटवलबाट बिरामी लिएर कपिलवस्तुको जवाभारी गाविस वडा नं। ९ रुद्रपुर जाँदै गरेको लु१च ३१२४ नम्बरको एम्बुलेन्स वीरपुर गाविस(९ अन्सारी पेट्रोल पम्पनजिक दुर्घटनामा परेको थियो।
घटनामा लालपुर(१ वकौली बस्ने ४० वर्षीय चन्द्र मुराउ, वीरापुर(८ पिपरी बस्ने ४३ वर्षीय रमजान मुसलमान र सुत्केरी ३५ वर्र्षीया फातमा खातुन घाइते भएका छन्। तीव्र गतिका कारण दुर्घटना भएको इलाका प्रहरी कार्यालय, चन्द्रौटाले जनाएको छ।
यसैगरी अज्ञात समूहले कपिलवस्तुको बरकलपुर गाविस(२ इमिलियानजिक एउटा एम्बुलेन्समा तोडफोड गरेका छन्। धनगढीबाट बिरामी छोडेर बुटवलतर्फ आउँदै गरेको गरेको लु१च २३१३ नम्बरको एम्बुलेन्सलाई इमिलिया र डुमराको बीचमा अज्ञात समूहले ढुङ्गा हानी क्षति पुर्‍याएका छन्।
देवदह आध्यात्मिक केन्द्र, रूपन्देहीको एम्बुलेन्सको पछाडिको भागमा क्षति भएको इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेले जनाएको छ।
रासस
माओवादीद्वारा नगरपालिकामा आक्रमण

हेटौँडा, वैशाख २१( एकीकृत नेकपा माओवादीका कार्यकर्ताले मङ्गलबार मध्याह्न १२ बजे हेटौँडा नगरपालिका कार्यालय तोडफोड गरेका छन्। आमहड्तालमा खोलेको भन्दै आक्रोशित २ दर्जन कार्यकर्ताले कार्यालय तोडफोड गरेका हुन्। तोडफोडबाट एक थान कम्प्युटर र स्याटेलाइट रेडियोमा क्षति पुगेको छ।
त्यस्तै, नगर सूचना केन्द्रको सिसा फुटेको र रिसेप्सनमा पनि क्षति पुगेको मकवानपुर प्रहरीले जनाएको छ। माओवादी कार्यकर्ताको तोडफोडबाट १ लाख रुपैयाँभन्दा बढीको नोक्सानी भएको हेटौंडा नगरपालिका कार्यालयले जनाएको छ। अहिले एक ट्रक प्रहरी उक्त कार्यालयमा तैनाथ गरिएको छ।

बन्दको अवज्ञा गरेको भन्दै सवारीसाधनमा तोडफोड

काठमाडौं, वैशाख २१ ( एकीकृत नेकपा ९माओवादी०ले सुरु गरेको आमहडतालका क्रममा बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले आज रोकिराखिएका केही सवारीसाधनमा तोडफोड गरेका छन्। महानगरपालिका(१४ स्थित मकालु पेट्रोलपम्म अगाडि बा२ ख २९७३ नम्बरको नेपाल यातायात र बा १ ज ७०८१ नम्बरको ट्याक्सीको सिसा तोडफोड गरी क्षति पुर्‍याएको बानेश्वर प्रहरी प्रभागले जनाएको छ।
ती क्षेत्रमा थप घटना हुन नदिन प्रहरीले सक्रियता बढाउनाका साथै घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ। यसैगरी कलङ्कीबाट नागढुङ्गातर्फ जाँदै गरेको बा।२ख ७००७ नम्बरको मिनिट्रकलाई मोटरसाइकलमा आएका केही अपरिचित व्यक्तिले आगजनी गरी क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।
दुईवटा मोटरसाइकलमा आएका ती व्यक्तिले महादेवस्थान(३ स्थित काठ गोदाम अगाडि मिनिट्रकलाई जबर्जस्ती रोकेर पेट्रोल छर्की आगजनी गर्दा ट्रकको अगाडिको भाग पुरै जलेर क्षति भएको जनाइएको छ।

आन्दोलनमा हिंसा बढ्यो मानव अधिकार आयोग

काठमाडौं, वैशाख २१ राष्ट्रिय मानव अधिकार आयोगले पोखरामा मजदुरमाथि माओवादीले गरेको कुटपिटको भत्सर्ना गरेको छ। पोखराको बालुवाखानीमा काम गर्ने ३० मजदुरलाई माओवादीले कुटपिट गरेका थिए।
आयोगले आज एक विज्ञप्ति जारी गर्दै हड्तालको कारण जनजीवन थप प्रभावित भएको जनाएको छ। आयोगले अनाम नगरमा भएको तोडफोड, सतुंगतलमा भएको झडप, पाकिस्तनी दूतावासमा काम गर्ने नेपाली सुरक्षाकर्मीमाथि भएको हमला लगायतका घटनाको भत्सर्ना गरेको छ। त्यस्तै सरकारले सुरक्षाकर्मीलाई धेरै समय खटाएको प्रति पनि आयोगले ध्यानाकर्षण भएको जनाएको छ। हडतालमा बालबालिकाको प्रयोग भएको आरोपसमेत लगाएको छ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: