RSS

विहानै देखि माओवादी प्रर्दशन सुरु , काठमाण्डौको गंगवुमा ठुलो संख्यामा माओवादी कार्यकर्ता र प्रहरीको उपस्थीति आज पनि झडप हुने सम्भावना

04 May

रविन थपलिया
वैसाख २१, हिजो साँझ प्रहरीले गोली चलाएको काठमाण्डौको गंगवुमा आज विहानै देखि माओवादी कार्यकर्ताहरुको वाक्लो उपस्थीति रहेको छ । विहानै देखि गंगवु तथा आसपासका क्षेत्रका क्याम्पमा रहेका हजारौ माओवादी कार्यकर्ताहरु यतिखेर गंगवुचोकमा भेला भएका छन् । सडकको विचमा रहेर उनिहरुले विभिन्न गितहरु गाइरहेका छन् । हिजो जस्तै आज पनि उनिहरुले हातेसाङलो वनाएका छन जस्को विचमा माओवादी कार्यकर्ता रहेका छन् ।
त्यस्तै प्रहरीपनि हिजोको तुलनामा आज गंगवुमा वढी खटाइएको छ । प्रहरीहरु ठमेल जानेतर्फको सडकमा ठुलो संख्यामा जम्मा भएर वसीरहेका छन् । माओवादीले प्रवेशका लागि अनुमती दिएको सवारीसाधन वाहेक अन्यलाई सडकमा प्रवेश गर्न दिइएको छैन् । हिजो साँझ मोटरसाइकलमा आएका एक जोडी युवा युवतीलाई नियन्त्रणमा लिई मोटरसाइकलमा आगो लगाउन लाग्दा प्रहरी र माओवादी कार्यकर्ता विच झडप हुदा प्रहरीले गोली चलाएको थियो । प्रहरीले ४ राउण्ड हवाई फायर र आधार्दजन भन्दा वढी अश्रुग्याँस हानेको थियो । झडपका क्रममा माओवादी केहि कार्यकर्ता घाइते भएका थिए भने महाराजगञ्ज प्रहरीका एक प्रहरी निरीक्षक सहित ४ प्रहरी घाइते भएका थिए । घाइते प्रहरी तथा माओवादी कार्यकर्ताहरु सामान्य उपचार पछि काममा र्फएिका छन् ।
प्रहरीले हिजो गोली चलाँउदा संयम्ता अपनाएको माओवादी कार्यकर्ताहरु आज प्रहरी त्यसरी जाईलागेमा प्रतिकार गर्ने पक्षमा रहेका वुझिएको छ । ति कार्यकर्ताले भने केन्द्रले शान्तिपुर्ण रुपले हडताल गर्ने भनेकाले हामीले हिजो संयम्ता अपनाएका हौ यदि आज पनि प्रहरीले त्यसरी हामीमाथी जाइलागिरहने हो भने हामी चुपलागेर वस्दैनौ । उता हिजो प्रहरी निरीक्षक सहित केहि प्रहरी घाइते भएको भन्दै आज पनि गंगवुमा ठुलो संख्यामा प्रहरी परिचालन गरेको छ । यसरी माओवादी कार्यकर्ताहरुको वाक्लो उपस्थीति र ठुलो संख्यामा प्रहरी परिचालन गरिएकाले आज पनि गंगवुमा झडप हुन सक्ने अनुमान गरिएको छ ।
उता, राजधानीका चोक तथा गल्लीहरुमा हजारौको संख्यामा माओवादी कार्यकर्ताहरु प्रर्दशनम उत्रिएका छन् । उनिहरुले निषेध गरिएका कुनैपनि सवारीसाधनहरु चल्न सकेका छैनन् । प्रवेशका लागि अनुमती दिएका सवारीसाधनहरुमा पनि असम्वन्धीत मानिसहरु प्रवेश गरिरहेको भन्दै माओवादी कार्यकर्ताहरुले रोकेर चेकजाँच गरेपछि मात्र छाडने गरेका छन् ।
काठमाण्डौ जस्तै मुलुकका विभिन्न सहर तथा गाँउहरुमा विहानै देखि माओवादी कार्यकर्ताहरु भेला भएका छन् । हिजो जस्तै आज पनि काठमाण्डौका विभिन्न भागहरुमा ¥याली तथा सभाहरुको आयोजना गरीएको छ ।

प्रहरीलाई उत्तेजित नहुन माओवादीको आग्रह

काठमाडौं, २१ वैशाखः एकीकृत नेकपा(माओवादी)का सचिव तथा सभासद् पोष्टबहादुर बोगटी ‘दिवाकर’ले जारी आमहडताल माओवादीको मात्रै होइन सम्पूर्ण नेपालीको भएको भन्दै सुरक्षाकर्मीहरुलाई उत्तेजित नहुन र संयम अपनाउन आग्रह गर्नुभएको छ ।
बोगटीले आज बिहान गोंगबुमा पत्रकार सम्मेलन गरेर सो आग्रह गर्नुभएको हो ।
हिजो साँझ बन्द अवज्ञा गरेर चलाएको मोटरसाइकललाई आन्दोलनकारीले रोक्न खोज्दा प्रहरीले एक्कासी उत्तेजनामा आएर चार राउण्ड गोली र दुई सेल अश्रुग्याँस प्रहार गरेको बोगटीको सचिव दाबी छ ।

 
१ टिप्पणी

Posted by on मे 4, 2010 in Uncategorized

 

One response to “विहानै देखि माओवादी प्रर्दशन सुरु , काठमाण्डौको गंगवुमा ठुलो संख्यामा माओवादी कार्यकर्ता र प्रहरीको उपस्थीति आज पनि झडप हुने सम्भावना

  1. Narayan Prasad Thapaliya

    मे 4, 2010 at 5:33 बिहान

    i don’t agree with the posta bahadur bogati and as a nepali citizen i am not with your so called strike only meant for making Prachanda Prime-minister. so this is only the maoist strike..

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: