RSS

नेपालको इतिहाँसमै पहिलोपटक नेपाली शेनाको तत्लोतहवाट प्रधानसेनापतिलाई सचेत गराँउदै इमेलवाट ज्ञापनपत्र, उनिहरु भन्छन् ‘हामी नेपाली जनतालाई वन्दुक तेर्साउने पक्षमा छैनौ’

05 May

वैशाख २२,
नेपालको इतिहाँसमानै पहिलोपटक नेपाली शेनाको तल्लोतहवाट प्रधानसेनापतिलाई सचेत गराँउदै इमेलमार्फत ज्ञापनपत्र पठाइएको खवर प्राप्त भएको छ । इतिहाँसदेखिनै प्रधानशेनापतिको चेनअफ कमाण्डमा चल्दै आएको नेपालीका तल्लोतहवाट सार्वजनिक भएको यो अभिव्यक्तिलाई रहस्यमय रुपमा लिइएको छ । इमेल मार्फत प्रधानशेनापतिलाई पठाइएको भनिएको पत्र विभिन्न सञ्चारमाध्यम तथा पत्रकारहरुलाई पनि इमेलमार्फत नै पठाइएको छ । हस्ताक्षर विनाको यो पत्रको आधिकारीकता वारेमा पनि शंका गरिएको छ । पोखरावाट पत्रकार प्रशान्त लामिछानेले पठाएको यो समाचार उनकै शव्दमा
नेपाली सेनाका केहि सिपाहीहरुले आफुहरु जनतालाई वन्दुक तेर्साउने पक्षमा नभएको बताएका छन् । विभिन्न संञ्चारमाध्य तथा प्रधानसेनापतिलाई इमेल मार्फत पठाइएको भनिएको सो ज्ञापन पत्रमामामा ‘नेपाली सेनालाई यदि जबरजस्ती तरिका बाट आफनै देशका जनता बिरुद्ध दमन गर्न लगाएमा वा आदेश दिएमा हामी नेपाली जनता बिरुद्ध हतियार तेर्साउने अवस्थामा छैनौ’ भनिएको छ ।
यसरी ज्ञापनि पत्र पेस गर्नेहरुमा श्री नं. ४ बाहिनी अड्डा अन्तरगतका यूनिट तथा सकल दर्जाहरु , नेपालगञ्ज, श्री नं. ५ बाहिनी अड्डा दिपायल, श्री नं. १७ बाहिनी अड्डा काठमाण्डौ , श्री नं. ९ बाहिनी अड्डा भकुण्डेबेसि, श्री नं. १३ बाहिनी अड्डा अन्तरगतका यूनिट तथा सकल दर्जाहरु, श्री पूर्वी पृतना हे. क्वा.. अन्तरगतका यूनिट तथा सकल दर्जाहरु नेपाली सेनाजंगी अड्डा काठमाण्डा अन्तरगतका सम्पूर्ण परिवार रहेको इमेल गरिएको सो ज्ञापन पत्रमा उल्लेख गरीएको छ । त्यस्तो अवस्था आएमा भबिष्यले नै बताउने पनि सो पत्रमा बताइएको छ । ‘हामी नेपाली सेना भित्र लिखित तथा मौखिक रुपमा पटक पटक राय सुझाब दिदा पनि सुनुवाई नभएको ले हामी बाध्य भएर देशको अखण्डता शान्ति र बिकासको लागी यो लिखित ज्ञापनपत्र नेपाली सेनाका प्रधानसेनापति मार्फत नेपाल सरकार ,रक्षा मन्त्रालय , बिभिन्न मानवअधिकारवादी संघ संस्था, पत्रकार बुद्धिजिवि लगायत आम नेपाली जनताहरुमा मिडिया मार्फत हाम्रो आवाज जनस्तरमा पु¥याउन चाहेका हौं ’। ज्ञापन पत्रमा भनिएको छ । राजनितिक पार्टीहरुले आफनो स्वार्थसिद्धिका लागी सेनाका उच्चपदमारहेका व्यक्तिहरु संग मात्र सम्झौता गरी आफनै देशका जनताबिरुद्ध दमनमा उतार्ने काम नगर्न सैनिक कमाण्डर तथा राजनैतिक दलका नेता हरुलाई सकलदर्जाहरुले चेतावनि दिएका छन् । उनिहरुले त्यसो गरेमा राजनितिक पार्टी र सेनाका सहमत हुने उच्च पदस्थ कमाण्डरहरुले
नराम्रो दुर्घटना भोग्नु पर्ने पनि बताएका छन् । पत्रमा राजनितिक पार्टीैहरुले सेनालाई त्यति सहज अबस्थाको नेपाली सेना नठान्न पनि आग्रह गरिएको छ । ‘अब नेपाली सेनाका सबै तहमा सत्रै क्षेत्र, बर्ग जाती को उपस्थिती छ । र केही न केहि देशप्रतिको भावना बुभ्mने अबस्थापनि रहेको छ त्यसकारण नेपाली सेनाका सकल दर्जाहरुलाई कमजोर नठानियोस् पत्रमा भनिएको छ । सेनाले देशमा अहिले कुन भुमिका निर्वाह गर्ने भन्ने कुराहरुको बिषयमा नेपाली सेनाका तल्लोतह गूल्म , से.मु. , पत्ति तथा व्यक्तिगत रुपमा समेत राय बुझनु
सेनाका कमाण्डरहरुलाई उनिहरुले आग्रह गरेका छन् । आर्मि तहदेखि पृतना बाहिनी गण गुल्म सेनामुख. पत्ति लेबल सम्म तथा व्यक्तिगत
तहसम्म भावाना बुझन नसकि माथिल्लो तहले मात्र निर्णय गरी सेना परिचालन गर्ने निर्णयमा सरकार तथा राजनितिक दलहरु संग सहमत भएमा प्रत्यक्ष रुपमा फिल्डमा रहेका कमाण्डरहरु तथा सकल दर्जाहरुले आफनो विवेक प्रयोग गर्ने अवस्था आउन आउन सक्ने पनि ज्ञापन पत्रमा चेतावनि दिइएको छ ।
प्रस्तुत छ उनिहरुले इमेलमार्फत प्रधानशेनापतिलाई पठाइएको भनिएको पत्रको पुर्ण विवरण जस्ताको तस्तै

सम्माननिय प्रधानसेनापति ज्यू
प्रधानसेनापतिको कार्यलय,
जंगी अडडा काममाडौ ।

ज्ञापन पत्र
उपरोक्त सम्बन्धमा हामी यो देश नेपालका अभिन्न अंगकोरुपमा रहेका नेपाली सेना हौ । त्यही हैसियतले देशमा हामी कति सचेत अबस्थामा रहने र देश प्रतिको भाबना, देश प्रति सेवा कुन कुन तरिकाले गर्ने भन्ने बिषयमा यहांहरुलाई सर्ब बिदितै छ । हाल नेपालमा देखिएको अबस्था र बिगतमा नेपाली सेनाले आन्तरीक बिद्रोह दमनमा भोगेका कुराहरु हामीले पटक पटक बाहिनी ,पृतना सम्मेलन मार्फत दर्शाएकै हो । हामीले देशमा अहिले कुन भुमिका निर्वाह गर्ने भन्ने कुराहरुको बिषयमा नेपाली सेनाका तल्लोतह गूल्म , से.मु. , पत्ति तथा व्यक्तिगत रुपमा समेत राय बुझनु पर्ने हुन्छ । यसको अभाव तल्लो तहमा सधै भइरहयो । किनकि विगतमा नेपाली सेनाले आन्तरीक बिद्रोहदमन कार्य जसरी सफलतापूर्बक गर्न सकिएन त्यसको कमजोरी पनि हामी सबैलाई थाहा छ । नेपाली सेनामा कतिपय आन्तरीक बिद्रोह वा गृह यूद्धको अबस्थामा लोभ लालच गरी अकुत सम्पत्ति कमाउने देखि आफनो व्यक्तिगत स्वार्थ तर्फ लागेका प्रशस्त कार्यहरु भए । जसले गर्दा उद्देश्य पुरा नभई सेनाको बफादारी इमान्दारी तथा सेवाप्रति र पेशा नै भुल्ने अबस्थाको सृजना हुन पुगेको जस्तो देखिएको थियो भन्ने कुरा नकार्न मिल्दैन । अबका दिनमा सर्बप्रथम यस्तो हुन नदिनका लागी पहल कदम लिन अनिवार्य छ ।
हाल नेपालमा विगतको जस्तो स्थिती लाई जसरी राजनितिकदलहरुले सहजै रुपमा लिएका छन त्यो पटक्कै हुन नसक्ला । अब नेपाली सेनामा आफनै देशका दाजूभाईसंगै लडेर भिडेर के उपलव्धी हुने रहेछ भन्ने विषयमा समिक्षा गर्नुपनि आवश्यक छ । हामी नेपाली सेनामा रहेका छौ हाम्रो नेत्तृत्व पंडत्ति चेन अफ कमाण्ड अझै दरिलो भरिलो चुस्त र स्र्फुत रहोस तर सबैको भावाना बुभेर मात्र । यदी हामी आर्मीै तहदेखि पृतना बाहिनी गण गुल्म सेनामुख. पत्ति लेबल सम्म तथा व्यक्तिगत तहसम्म हामीले भावाना बुझन नसकि माथिल्लो तहले मात्र निर्णय गरी सेना परिचालन गर्ने निर्णयमा सरकार तथा राजनितिक दलहरु संग सहमत भएमा हामी प्रत्यक्ष रुपमा फिल्डमा रहेका कमाण्डरहरु तथा सकल दर्जाहरुले आफनो विवेक प्रयोग गर्ने अवस्था आउन सक्छ । हामी देशमा जुनसुकै पार्टीको सरकार आवस हामी त्यसमा सरोकार नराखी सच्चा देशभक्ती पूर्ण राष्ट्र्रिय नितिको अनुसरण गरौ । आपसी समझदारीका साथ राय सुझाब र सल्लाहका साथ अगाडी बढौ अन्यथा आफनो व्यक्तिगत स्वार्थसिद्धका लागी कूनै राजनितिक पार्टीको आड नलागौ यदि हामी कुनै पार्टीको आडलागी गलत प्रकृया अपनाएमा देशले ठुलो दुर्घटनाको सामना गर्नूपर्ने त छदैछ नेपाली सेनामा पनी ठुलो घटना घटन सक्ने अनुमान गर्न सकिन्छ । तसर्थ हामी अहिलेकोपरिबेश सम्म आईपुग्दा सम्म पनि नेपाली सेनामा आफना कुराहरु स्वतन्त्र पूर्वक बोल्न लेख्न तथा भन्न नपाउने अबस्थामा छौ । हामी सम्पूर्ण सकल दर्जाहरुले के भन्छौ भने देशका राजनितिक पार्टीहरुले आफनो स्वार्थसिद्धिका लागी सेनाका उच्च पदमारहेका व्यक्तिहरु संग मात्र सम्झौता गरी आफनै देशका जनताबिरुद्ध दमनमा उतार्ने काम नगरुन त्यसको प्रतिफल राजनितिक पार्टी र सेनाका सहमत हुने उच्च पदस्थ कमाण्डर हरुले अबश्य भोग्नु पर्नेछ । राजनितिक पार्टीैहरु सेनालाई त्यति सहज अबस्थाको नेपाली सेना नठानुन अब नेपाली सेनाका सबै तहमा सत्रै क्षेत्र, बर्ग जाती को उपस्थिती छ । र केही न केहि देशप्रतिको भावना बुभ्mने अबस्थापनि रहेको छ । नेपाली सेनालाई यदि जबरजस्ती तरिका बाट आफनै देशका जनता बिरुद्ध दमन गर्न लगाएमा वा आदेश दिएमा हामी नेपाली जनता बिरुद्ध हतियार तेर्साउने अवस्थामा छैनौ । त्यो अवस्था आएमा भबिष्यले नै बताउने छ । हामी नेपाली सेना भित्र लिखित तथा मौखिक रुपमा पटक पटक राय सुझाब दिदा पनि सुनुवाई नभएको ले हामी बाध्य भएर देशको अखण्डता शान्ति र बिकासको लागी यो लिखित ज्ञापनपत्र नेपाली सेनाका प्रधानसेनापति मार्फत नेपाल सरकार ,रक्षा मन्त्रालय , बिभिन्न मानवअधिकारवादी संघ संस्था, पत्रकार बुद्धिजिवि लगायत आम नेपाली जनताहरुमा मिडिया मार्फत हाम्रो आवाज जनस्तरमा पुरयाउनको लागी अपिल गर्दछौं ।

सहभागिहरु
श्री नं. ४ बाहिनी अड्डा ,
नेपालगञ्ज । अन्तरगतका यूनिट तथा सकल दर्जाहरु
श्री नं. ५ बाहिनी अड्डा
दिपायल अन्तरगतका यूनिट तथा सकल दर्जाहरु
श्री नं. १७ बाहिनी अड्डा
काठमाण्डौ अन्तरगतका यूनिट तथा सकल दर्जाहरु
श्री नं. ९ बाहिनी अड्डा
भकुण्डेबेसि अन्तरगतका यूनिट तथा सकल दर्जाहरु
श्री नं. १३ बाहिनी अड्डा अन्तरगतका यूनिट तथा सकल दर्जाहरु
श्री पूर्वी पृतना हे. क्वा.. अन्तरगतका यूनिट तथा सकल दर्जाहरु
नेपाली सेना
जंगी अड्डा काठमाण्डौ
अन्तरगतका सम्पूर्ण परिवार

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: