RSS

रुद्रबहादुर तेस्रो जनआन्दोलनका सहिद’, भक्तपुरमा आन्दोलनकारी माथी गोली प्रहार, गोलीहान्ने व्यक्ति फरार, गोली वरामद, सतुंगलमा हिजो स्थानीयवासीको प्रतिकार पछि माओवादीले आज सभा गदै

05 May

काठमाडौं, २२ वैशाख ः भक्तपुरको दरबार स्क्वायरमा पुगेका आन्दोलनकारीलाई अज्ञात समुहले गोली प्रहार गरेको छ । अज्ञात समुहको गोली प्रहारवाट माओवादीका कोहि कार्यकर्ता भने घाइते भएका छैनन् । नाराजुलुस सहित अगाडी वढीरहेको माओवादी जुलुसमाथी अचानक सो समुहले गोली हानेको थियो । गोली प्रहारपछि आक्रोसीत माओवादी कार्यकर्ताले सो समुहलाई खेदेका थिए ।
आन्दोलनकारीको सुरक्षा दिइरहेको वाईसीएलले उनिहरुलाई खेदेपछि सो समुहले छाडेर भागेको ९ एमएमका सातवटा गोलीसहितको म्याग्जिन र दुईवटा खोका फेला पारेको वाईसीएलका उपत्याका सचिव दीपशिखाले जनसञ्चारकेन्द्रलाई जानकारी दिएका छन् ।
वाईसिएलले गोलीहान्ने समुह युथफोर्स भएको वताएको भएपनि युथफोर्सले भने त्यसको अस्वीकार गरेको छ । घटना वारेमा आजै प्रहरी र वाईसिएलले छुट्टा छुट्ै पत्रकार सम्मेलन गरि जानकारी दिने वताइएको छ ।
उता हिजो स्थानीयवासीले प्रतिकार गरेपछि काठमाण्डौको सतुंगलमा आज माओवादीले त्यसको विरोधमा सभा गर्ने भएको छ । विरोध सभामा माओवादीको केन्द्रीय नेताहरुको पनि सहभागीता हुने माओवादीले वताएको छ । हिजो स्थानीयवासीको प्रतिकार पछि माओवादीका दुई कार्यकर्ता घाइते भएका थिए । घाइते मध्य एक माओवादी कार्यकर्ताको अवस्था चिन्ताजनक रहेको छ उनको काठमाण्डौको नर्भिक अस्पतालमा उपचार भइरहेको वताईएको छ ।
सतुंगलमा हिजो चन्दा नदिएको भन्दै केहि व्यापारीलाई माओवादीले धम्की दिएपछी स्थानीयवासीले प्रतिकार गदै पसलहरु खोलेका थिए । स्थानीयवासीले पसल खोलेको थाहापाएर वन्द गराउन पुगेका माओवादीकार्यकर्ता माथी सतुंगलवासीले कुटपीट गरेका थिए ।
हिजो स्थानीयवासीहरुको प्रतिकारवाट त्रस्त भएको माओवादीले आज सभा गरेर मानसीक तनाव दिन खोजेका स्थानीयवासीको आरोप छ । उनीहरुले आज पनि माओवादीले सभा गरेर मानसीक तनाव गरेमा भोली पुन प्रतिकार गर्ने सतुंगलका विकल थापाले वताएका छन् । उनले भने यदि माओवादीले पुनः यस्ता कार्य गरेर स्थानीयवासीलाई त्रस्त गर्न खोजे उनिहरुलाई सतुंगल प्रवेशमा रोक लगाइन्छ ।

‘रुद्रबहादुर तेस्रो जनआन्दोलनका सहिद’

दाङ, २२ बैशाखः शान्ति र संविधान सुनिश्चितताका लागि जारी आन्दोलनका क्रममा निधन भएका हलवार–१, सुन्दरबस्ती निबासी रुद्रबहादुर केसीलाई एकीकृत माओवादीले जनआन्दोलन– ०६७ का दाङका प्रथम सहिद घोषणा गरेको छ ।
आन्दोलनकै क्रममा निधन भएकोले उहा“लाई माओवादीले शहीद घोषणा गरेको हो ।
आमहडतालको तेस्रो दिन मंगलबार कार्यक्रम सकेर तुलसीपुरबाट घर फर्कदै गर्दा हलवार कालाखोलानजिक राजापुर आइपुग्दा एक्कासी बेहोस हुनुभएको थियो । अस्पतालमा पु¥याउनेबित्तिकै डाक्टरले उहा“लाई मृत घोषणा गरेका थिए ।स्वर्गीय केसीको बुधबार बिहान कालाखोलामा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिअघि एकीकृत माओवादी दाङका इन्चार्ज निर्मल आचार्यले पार्थिव शरीरमाथि पार्टीको झण्डा ओढाउनुभएको थियो । दागबत्ती छोरी गंगा केसीले दिनुभएको थियो ।
दाहसंस्कारपछि श्रद्धाञ्जली सभामा बोल्दै माओवादी, दाङका इन्चार्ज आचार्यले केसीलाई राष्ट्रिय सहिदको रूपमा सम्मान दिइने भन्दै शोकलाई शक्तिमा बदल्न आह्वान गर्नुभयो । अखिल नेपाल किसान संघ (२००७) टोल ईकाइका सदस्य रहनुभएका ६३ वर्षिय केसीको परिवारमा श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: