RSS

माओवादीले सिंहदरवार घेरे, समाचार संकलनका लागि हिडेका अग्निबाँणकर्मी आज माओवादी नियन्त्रण पछि छाडिए

05 May

काठमाडौं, २२ वैशाखः शान्ति र संविधानका लागि एकीकृत माओवादीको आह्वानमा जारी आमहडतालको चौथो दिन आज बिहनैदेखि हजारौं प्रदर्शनकारीले सिंहदरबारलाई घेरेका छन् ।
माइतीघर, वानेश्वर, पुतलीसडक, अनामनगरलगायतका विभिन्न नाकाबाट हजारौं प्रदर्शनकारीले सरकारको प्रशानिक मुख्यालय सिंहदरबार घेरेका हुन् ।
तेस्रो जनआन्दोलन परिचालन समितिले मंगलबार साँझ मन्त्रीहरुलाई सिंहदरबार छिर्न नदिने निर्णय गरेपछि केही मन्त्रीहरु आज बिहान ४ ः ०० बजे नै प्रहरीको सयौंको दलबलको स्कटिङमा एउटै गाडीमा सिंहदरबार छिरेका थिए । आज बिहान सञ्चारकर्मीहरुलाई समेत सिंहदरबार प्रवेश गर्न दिइएको थिएन । माओवादीले सिंहदरवार घेराउ अघिनै उपप्रधानमन्त्री विजयकुमार गच्छदार, गृहमन्त्री भिम रावल, सुचना तथा सञ्चारमन्त्री शंकर पोख्रेल लगायतका मन्त्रीहरु भने सिहदरवार प्रवेश गरेका छन् ।

प्रहरी मोटरसाइकलले ठक्कर दिँदा आन्दोलनकारी मारिए

काठमाडौं, २२ वैशाख ः कलंकीमा मोटरसाइकलले ठक्कर दिदा एकजना आन्दोलनकारीको ज्यान गएको छ ।
मंगलबार राति ११ बजे सशस्त्र प्रहरीका सई संगम केसी चढेको मोटरसाइकलले ठक्कर दिदा कास्की, थुम्कीका गणेश सुवेदीको ज्यान गएको हो । उक्त घटनामा बुद्धिसागर ओझा नाम गरेका आन्दोलनकारी पनि घाइते भएका छन् । घाइते ओझाको हाल सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने प्रहरीको बा. ११ प. ५८८१ नं. को मोटरसाइकललाई आन्दोलनकारीले आफ्नो कब्जामा लिएका छन् ।

दुर्घटना होइन हत्याः वाईसीएल

काठमाडौं, २२ वैशाखः कलंकीमा मंगलबार राति सशस्त्र प्रहरीका असईले मोटर साइकलले ठक्कर दिँदा एकजना आन्दोलनकारीको ज्यान गएको र एकजना घाइते भएको घटनालाई वाईसीएलले ‘सुनियोजित आक्रमण’ र ‘हत्या’को संज्ञा दिएको छ ।
वाईसीएलका केन्द्रीय अध्यक्ष गणेशमान पुनले बुधबार एक वक्तव्यमार्फत् उक्त घटनाको भत्र्सना गर्नुभएको छ । उहाँले गणेश सुवेदीलाई तेस्रो जन–आन्दोलनका महान् शहीद घोषणा गर्दै उहाँप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको छ । वाईसीएल सदस्यहरूलाई सहिदको सपना साकार पार्न दृढतापूर्वक अघि बढ्न पनि अध्यक्ष पुनले अपिल गर्नुभएको छ ।
‘यो घटनाको निष्पक्ष छानविन गर्न सम्पूर्ण मानवअधिकारवादी संघसस्ंथा, पत्रकार, नागरिक समाज र अन्तराष्ट्रिय निकायलाई हार्दिक अुनरोध गर्दर्छौ,’ पुनको वक्तव्यमा उल्लेख छ ।
मंगलबार राति ११ बजे सशस्त्र प्रहरीका सई संगम केसी चढेको मोटरसाइकलले ठक्कर दिँदा कास्की, थुम्कीका गणेश सुवेदीको ज्यान गएको थियो र बुद्धिसागर ओझा नाम गरेका आन्दोलनकारी घाइते भएका थिए । घाइते ओझाको हाल सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
ठक्कर दिने प्रहरीको बा. ११ प. ५८८१ नं. को मोटरसाइकललाई आन्दोलनकारीले आफ्नो कब्जामा लिएका थिए ।

अग्निबाँणकर्मी आज माओवादी नियन्त्रण पछि छाडिए

माओवादी आमहडतालको क्रममा समाचार संकलनका लागि हिडेका यस वेभसाइटका प्रतिनिधी तथा अग्निबाँण मासिकका कार्यकारी सम्पादक अच्युत लोहनीलाई माओवादी कार्यकर्ताहरुले आज नियन्त्रणमा लिई छाडेका छन् ।
समाचार संकलनको लागि काठमाण्डौको भृकुटीमण्डप स्थीत पद्धमोदय मोडमा पुगेका लोहनीले प्रेसपास देखाँउदा समेत उनिहरुले आफुलाई नियन्त्रणमा लिएर आधा घण्टा राखेको वताएका छन् । लोहनीले भने प्रेसपास देखाँए म पत्रकार हुं समाचार संकलनको लागि आएको भन्दा समेत नियन्त्रणमा लिए पछि क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपाने आएपछि मात्र छाडे ।
नियन्त्रणमा लिएका उनलाई माओवादीले मार्चपास भइरहेको पद्धमोदयमोड स्थीत माओवादीहरुसंगै राखेका थिए ।
समाचार संकलनको लागि माओवादीले र्निवाद रुपमा सञ्चारकर्मीलाई प्रवेश दिने भनेको भएपनि माओवादीले प्रेसपास देखाँउदा समेत सञ्चारकर्मीलाई नियन्त्रणमा लिनु दुखपुर्ण रहेको छ । अग्निबाँण माओवादीको यसप्रकारको गतिविधीको भत्सना गदै अव देखि सञ्चारकर्मीलाई र्निवाद रुपमा समाचार संकलनको लागि वातावरण मिलाउन आग्रह गर्दछ ।
यता माओवादीका कार्यकर्ताहरुले आज एमाले अखिलका एक कार्यकर्तालाई सल्लाह गर्न भनि वोलाएर कुटपीट गरि घाइते वनाएका छन् । नुवाकोट चाउथेका उत्तम तिमिल्सीनालाई माओवादी कार्यकर्ताहरुले आज गंगवुमा वोलाएर कुटपीट गरेका वताइएको छ । कुटपीटवाट घाइते तिमिल्सीनाको राजधानीको ठमेल स्थीत मनमोहन मेमोरीएल अस्पतालमा उपचार भईरहेको छ । हिजो माओवादीका एक कार्यकर्तासंग उनको सामान्य विवाद भएको र आज उनलाई वोलाएर माओवादी कार्यकर्ताहरुले कुटपीट गरेको उनको परिवारले वताएको छ । कुटपीटवाट घाइते तिमिल्सीनको अवस्था सामान्य रहेको वताइएको छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: