RSS

आमहडतालमा हिंसा वढदै गएको भन्दै धनकुटामा आज साँझदेखि अनिश्चीतकालीन कफ्यु जारी, हुम्ला र पर्वतमा भने भोली विहान ६ वजे पछि कफ्यु हटन्, मुलुकभर १ सय भन्दा वढी घाइते, प्रहरीको कुटाईवाट घाइते माओवादी सभासद थप उपचारको लागि काठमाण्डौमा

06 मे

काठमाण्डौ,२३, वैसाख
चार दिन सम्म शान्तिपुर्ण आमहडताल आयोजना गरेको माओवादीको आमहडताल पाँचौ दिन आईपुग्दा भने हिंसात्मक वन्दै गएको छ । मुलुकका विभिन्न भुभागमा माओवादी कार्यकर्ता र स्थानीयवासीविच झडप भएका खवरहरु आएका छन् । काठमाण्डौमा पनि आज र्दजनौ स्थानमा झडप भएका छन भने विभिन्न जिल्लामा पनि झडपहरु भएका छन् । मकवानपुरमा हिजो माओवादी र युथफोर्सकार्यकर्ता विच झडप हुदा एक युथफोसका युवाको मृत्यु भएको छ । मुलुकका विभिन्न स्थानमा माओवादी कार्यकर्ता, स्थानीयवासी तथा प्रहरी विच छुट्ट छुट्टै भिडन्त हुदा एक सय भन्द वढी घाइते भएका छन् । पर्सामा प्रहरीको लाठीचार्जवाट गम्भीर घाइते भएका दुई माओवादी सभासदलाई आजै साँझ थप उपचारको लागि काठमाण्डौ ल्याइदै गरेको छ ।
यता, माओवादी आन्दोलन हिंसात्मक वन्दै गएको भन्दै हुम्ला र धनकुटाको स्थानीय प्रशासनले आज साँझदेखि कंफ्यु लगाएको छ । हुम्ला आज साँझ ७ वजे देखि भोली विहान ६ वजे सम्मको लागी स्थानीय प्रशासनले कफ्यु लगाएको छ । माओवादी आमहडतालको क्रममा स्थानीयवासी र माओवादी कार्यकर्ताविच जिल्लाको विभिन्न भागमा झडप भएको भन्दै हुम्ला प्रशासनले कफ्यु आदेश जारी गरेको हो ।
उता धनकुटाको स्थानीय प्रशासनले भने आज साँझ ७ वजेवाट अनिश्चीतकालीन कफ्यु जारी गरेको छ । माओवादी आन्दोलन हिंसात्मक वन्दै गएको र प्रतिकारको नाममा दुवै पक्षविच झडप हुने देखिएकाले र्कफ्यु आदेश जारी गरेको धनकुटाका प्रमुख जिल्ला अधिकारीले वताएका छन् । प्रर्दशनकारी र प्रतिकारको नाममा हुने झडपका कारण धनकुटावासी भने त्रसीत वनेका छन् । स्थानीय प्रशासनले दुवैपक्ष आक्रोसमा रहेकाले तत्काल शान्त हुने स्थीति नरहेकाले कफ्यु जारी गर्नुपरेको वताएको छ ।
त्यस्तै पर्वतमा पनि स्थानीय प्रसासनले आज साँझ देखि भोली विहान सम्मको लागि कफ्यु लगाएको छ । पर्वतमा राती पनि झडपको सम्भावना रहेको भन्दै स्थानीय प्रशासनले कफ्यु आदेश जारी गरेको हो । दिउसोभर तनावग्रस्त पर्वतको अवस्था आज साँझ सम्म उस्तै रहेको थियो । अक्रोसीत माओवादी कार्यकर्ता र स्थानीयवासीहरु विच पटकपटक झडपको स्थीति रहेको भएपनि प्रहरीले भने त्यस्तो हुन नदिएका वताइएको छ ।

Advertisements
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: