RSS

आमहडतालको प्रतिकारमा उत्रिएका विरगञ्जवासीले माओवादी शिवीर जलाए , स्थीतिलाई नियन्त्रणमा लिन प्रहरीद्धारा लाठीचार्ज, लाठीचार्जमा २ माओवादी सभाषद घाइते

06 May

वैसाख २३, माओवादीको आमहडतालको विरोधमा उत्रिएका विरगञ्जका स्थानीयवासीले आज सिटीहल स्थीत माओवादी अस्थायी शिवीरमा आगो लगाई दिएका छन् ।
आन्दोलनको प्रतिकारमा उत्रेका विरगञ्जका स्थानीय वासिन्दाले सिटीहलमा रहेको माओवादी आन्दोलनको शिविरमा आगो लगाएका छन्। आक्रोशित समूहले माओवादीले खाध्यान्न ओसार्न प्रयोग गरेको एउटा पिकअप गाडी समेत जलाएका छन् ।
अहिले विरगञ्जको स्थीति तनावग्रस्त रहेको छ । विहानै देखि हिन्दु युवासंघ र माओवादी विच झडपको स्थीति वनेको हो । सिटीहलमा टेन्ट राखेर माओवादीले कार्यकर्तालाई खाना खुवाउने व्इवस्था गरेको थियो । अस्थायी शिवीरमा आगो लगाई दिएपछि माओवादी कार्यकर्ता आक्रोसित वनेका छन् ।
हिन्दु युवा संघको अगुवाईमा भएको माओवादी प्रतिकारको अभियानमा अन्य स्थानीय वासिन्दा समेत थपिएकाले ठुलो झडपको सम्भावना वढेको छ । आज विहान भएको झडपमा वाइसीएलका धर्ती चौधरी र उमेश पटेल घाइते भएका छन् ।
दुवै पक्षको झडप हुन थालेपछि स्थीतिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले लाठीचार्ज समेत गरेको थियो । प्रहरीको लाठीचार्जवाट विरगञ्जको घडीहर्वापोखरीमा आन्दोलनकारीको जुलशमाथि प्रहरीले लाठीचार्ज गर्दा एकीकृत नेकपा(माओवादी)का केन्द्रीय सदस्य प्रभु शाह, अन्जना विसंखेलगायतका १० जनभन्दा बढी आन्दोलनकारी घाइते भएका थिए ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: