RSS

आमहडताल प्रतिकारको एकीकृत माओवादीले कडा प्रतिरोध गर्ने, गणेश र रुद्रबहादुरलाई सहिद घोषणा

06 May

काठमाडौं, २३ वैशाखः शान्ति र संविधानको लागि जारी जनआन्दोलनका विरुद्ध एमालेलगायतका सत्ताधारी दलहरूले आफ्ना भातृसंगठनलाई प्रतिकारमा उतारेपछि एकीकृत माओवादीले पनि त्यसको कडा प्रतिरोध गर्ने निर्णय गरेको छ ।
जनआन्दोलनका विरुद्ध सरकारले हतियार दिएर देशव्यापी परिचालन गरेको भन्दै आज बिहान प्रचण्डनिवास नयाँ बजारमा बसेको एकीकृत माओवादी स्थायी समितिको वैठकले उक्त कदमको भत्र्सना गर्दै उपर्युक्त निर्णय गरेको हो ।
शान्ति र नयाँ संविधानको सुनिश्चितताको लागि वर्तमान सरकारको राजिनामा र माओवादी नेतृत्वमा संयुक्त राष्ट्रिय सरकारको गठनको माग पुरा नभइन्झेल आन्दोलनलाई झनै चर्काएर लगिने निर्णय पनि स्थायी समितिले गरेको छ ।

गणेश र रुद्रबहादुरलाई सहिद घोषणा

माओवादी स्थायी समितिको वैठकले मङ्गलबार राति सशस्त्र प्रहरीका सईद्वारा मोटरसाइकलले ठक्कर दिएर हत्या गरिएका गणेश सुवेदी र मंगलबार साँझ नै आमहडतालमा भाग लिएर घर फर्कदै गर्दा एक्कासी बेहोस भई निधन हुनुभएका रुद्रबहादुर केसीलाई जनआन्दोलनका महान् सहिद घोषणा गर्ने निर्णय पनि गरेको छ ।
‘पार्टी अमर सहिद गणेश र रुद्रबहादुरप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छ,’ एकीकृत माओवादीका प्रवक्ता दीनानाथ शर्माद्वारा आज दिउँसो जारी शोकवक्तव्यमा भनिएको छ ।
गणेश सुवेदीको जन्म बुबा कृष्णराज सुवेदी र आमा हरिमाया सुवेदीको कोखबाट कास्की जिल्लाको थुम्की–८, सिर्कुतानमा २०४८ सालको माघमा भएको थियो । उहाँको परिवारमा बाबु, आमा, एक दिदी, एक बहिनी, एक दाजु र भाउजु हुनुहुन्छ । वाईसीएल गाउँ समिति सदस्य रहनुभएका गणेश सुवेदीले एसएलसीसम्मको औपचारिक शिक्षा प्राप्त गर्नुभएको थियो ।
दाङ जिल्लाको हलवार–१ सुन्दरबस्ती निबासी ६३ बर्षिय रुद्रबहादुर केसी अखिल नेपाल किसान संघ (२००७) टोल ईकाईका सदस्य हुनुहुन्थ्यो । उहाँको परिवारमा हाल श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: