RSS

प्रचण्ड–सुद भेट

06 May

काठमाडौं, २३ वैशाखः शान्ति र संविधानका लागि एकीकृत माओवादीको आह्वानमा जारी आमहडतालको पाचौं दिन आज बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि भारतीय राजदुतको राकेश सुदबीच आधा घण्टा लामो भेटवार्ता भएको छ ।
भेटमा समसामयिक राजनीतिबारे छलफल भएको, र शान्ति, संविधान, नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधीनताको सुनिश्चितताको लागि जनता सडकमा उत्रिएको आफूले राजदुत सुदलाई प्रस्ट पारेको अध्यक्ष प्रचण्डले वताउनुभयो । आजविहानै नेपाल उद्योगवाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले पनि अध्यक्ष प्रचण्डसंग भेट गरेका छन् । भेटमा प्रचण्डले शान्ति र संविधानका लागि जारी जनआन्दोलनमा हालसम्म महासंघले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आउने दिनमा पनि सकरात्मक भूमिकाको निरन्तरताको अपेक्षा गर्नुभएको छ ।

अमेरीकी राजदुत र माओवादी उपाध्यक्ष भट्टराईविच भेट, माओवादी आँन्दोलनवारे अमेरीकाको चासो

काठमाडौं, २३ वैशाखः नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीले नेपालको जारी राजनीतिक संकटको समाधान गर्न अमेरिकाले सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
एकीकृत नेकपा(माओवादी)का उपाध्यक्ष बाबुराम भट्टराईस“ग भट्टराईनिवास, शान्तिनगरमा आज बिहान भएको भेटवार्तामा राजदूत डेलेसीले उक्त कुरा बताउनुभएको हो । भारत, चीनलगायतका अन्तर्राष्ट्रिय शक्तिले पनि नेपालको राजनीतिक संकटको समाधानका लागि सकारात्मक भूमिका खेलून् भन्ने डेलेसीको अपेक्षा छ । ‘भारत र चीनलगायतका देश पनि नेपालमा शान्तिप्रक्रिया सफल भएको देख्न चाहेको मैले पाएको छु’ डेलेसीले भट्टराईसित भन्नुभयो ।
राजदूत डेलेसीले नेपालको जारी गतिरोधको अन्त्य गर्ने उपायबारे उपाध्यक्ष भट्टराईसित जिज्ञासा राख्नुभएको थियो । जवाफमा उपाध्यक्ष भट्टराईले शान्ति र नया“ संविधानको सुनिश्चितताको लागि एकीकृत माओवादीको नेतृत्वमा संयुक्त राष्ट्रिय सरकारको गठन नै गतिरोधको अन्त्यको एकमात्र उपाय भएको प्रस्ट पर्नुभयो ।
‘एकीकृत नेकपा(माओवादी) संविधानसभाको सबभन्दा ठूलो दल त हु“दै हो । संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, नया“ संविधान सबै माओवादीकै एजेण्डा हुन् । त्यसकारण, तिनको कार्यन्वयनको लागि पनि संयुक्त राष्ट्रिय सरकारको नेतृत्व एकीकृत माओवादीले नै गर्नुपर्छ,’ उपाध्यक्ष भट्टराईको तर्क थियो । त्यसपछि राजदुत डेलेसीले यहा“हरुको कुरा म बुझ्न सक्छु भनी प्रतिक्रिया दिए ।
भेटमा उपाध्यक्ष भट्टराईले आफूहरु शान्तिपूर्ण र लोकतान्त्रिक तरिकाले अगाडि बढ्ने प्रतिबद्धता पनि दोहो¥याउनुभयो ।
राजदूत डेलिसीले उक्त अवसरमा अमेरिकी सरकार माओवादीलाई आतंककारीको सूचीबाट हटाउने तयारीमा रहेको र केही प्रक्रियागत झन्झटका कारणमात्रै ढिला भएको पनि जानकारी गराउनुभएको थियो । एकीकृत माओवादी राजनीतिक शक्ति भएको अमेरिकाको पछिल्लो ठहर छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: