RSS

आमहडताल र्फिता गर ः स्वतन्त्र स्रष्टाहरु

07 May

काठमाण्डौ २४, वैशाख,
स्वतन्त्र स्रष्टाहरूले माओवादीको पाँचदिन देखि जारी आमहडताल र आमहडताललाई बेवास्ता गरिरहेको सरकारको उदासीनताका कारण आम जनजीवन झन्झन् कष्टकर बन्दै गइरहेकोमा चिन्ता व्यक्त गरेका छन् । उनिहरुले हिजो साँझ अवेर एउटा वक्तव्य निकाल्दै देशमा चर्कंदै गएको द्वन्द्व, सरकारको जनताप्रतिको उदासीनता एवं आन्दोलनकारीहरू र सत्ताधारीहरूबीचको अहङ्कारका कारण मुलुक यतिखेर क्रमशः अराजकता, मुठभेड, हत्याहिंसा र गृहयुद्धको भयावह बाटोतिर जाँदै गरेको उल्लेख छ ।
देशलाई गृहयुद्धबाट बचाउन आफ्नो तर्फबाट यथासम्भव भूमिका निर्वाह गर्नुहुन आह्वान गर्दै उनीहरुले देशव्यापी द्वन्द्व रोक्न र मुलुकलाई अग्रगमनको पक्षमा हुने गरी सही दिशामा अग्रसर गराउन सबै राजनीतिक दलहरूसामु लिखित माग समेत गरेका छन् ।
यसरी विज्ञप्ती निकाल्ने साहित्यकारहरूमा खगेन्द्र सङ्ग्रौला, रामप्रसाद ज्ञवाली, आनन्दराम पौडेललगायतका २२ जना साहित्यकारहरू रहेका छन् । उनीहरूले शान्ति र संविधानको लागि आन्दोलनरत एकीकृत नेकपा(माओवादी)लाई पनि आमहडताल फिर्ता लिन आग्रह गरेका छन् ।यसरी वक्तव्य जारी गर्ने अन्य साहित्यकारहरूमा मोहन दुवाल, अर्जुन पराजुली, शारदारमण नेपाल,. निर्मोही व्यास, आर. सी. रिजाल, हरिगोविन्द लुइँटेल, डा. कविताराम श्रेष्ठ, मधुसूदन गिरी, छविरमण सिलवाल, पुष्करराज साइँतेली, अच्युत घिमिरे, जङ्गव चौहान, विक्रम सुब्बा, राजकुमार के.सी., चङ्की श्रेष्ठ, पदम गौतम, रासा, ऋतु आसिक र विजयराज आचार्य रहेका छन् ।
उनिहरुले प्रकाशन गरेका वक्तव्यको पूर्ण पाठ यसप्रकार छ ः
स्वतन्त्र स्रष्टाहरूको प्रेसविज्ञप्ति
सत्तास्वार्थको लडाइँ रोक ः अग्रगमनको संविधान निर्माण गर

सानो, सुन्दर र स्वतन्त्र नेपालराष्ट्र यतिखेर फेरि डरलाग्दो द्वन्द्वको भुमरीमा फँस्दै गएकोमा हामी स्वतन्त्र स्रष्टाहरू मर्माहत र चिन्तित भएका छौँ । यतिखेर मुलुक प्रमुख राजनीतिक दलहरूको अदूरदर्शिता, दलीय स्वार्थ, अकर्मण्यता, सत्तालिप्सा, असहिष्णुता र चरम अविश्वासका कारण विगतमा लाखौँ नेपाली जनताले जनविद्रोह र महान् जनआन्दोलनको बलमा प्राप्त गरेका सम्पूर्ण उपलब्धी र संघीय लोकतान्त्रिक–गणतन्त्र नै गुम्ने खतरा बढेको छ । करोडौँ जनताले दिएको जनादेशअनुकूल सत्तासञ्चालन गर्दै शान्तिप्रक्रिया र नयाँ संविधाननिर्माणका कामहरूलाई गम्भीरता र इमानदारीका साथ सम्पन्न गर्नुको साटो सत्तास्वार्थ र अल्पमत–बहुमतको घिनलाग्दो फोहरी राजनीतिक खेलमा लागेर जनता र देशलाई धोका दिनेहरूप्रति हामी घोर भत्र्सना गर्दछौँ । आफ्नो पार्टीका कार्यकर्ता र समर्थकलाई मात्र जनता ठान्ने तथा अर्को पार्टीका कार्यकर्ता र समर्थक तथा स्वतन्त्र जनतालाई जनता नठान्ने चरम पूर्वाग्रही दृष्टि बोकेका दलहरूका जनविरोधी क्रियाकलापहरूका कारण आम नेपाली जनता निराश, हताश र क्रमशः विद्रोही बन्दै गएका छन् । यसै कारणले गर्दा राजनीतिक पार्टी, राजनेता र राजनीतिप्रति उनीहरूमा वितृष्णाभाव बढ्दै गएको छ । यस अवस्थाको नाजायज फाइदा उठाउँदै प्रतिगमनकारीहरू यस देशलाई पुनः पछाडितिर धकेल्ने षड्यन्त्रमा लागेका छन् । ठीक यसै अवस्थामा हाल देशव्यापी रुपमा भइरहेको आम हडताल र आमहडताललाई बेवास्ता गरिरहेको सरकारको उदासीनताका कारण आम जनजीवन झन्झन् कष्टकर बन्दै गइरहेको छ । देशमा चर्कंदै गएको द्वन्द्व, सरकारको जनताप्रतिको उदासीनता एवं आन्दोलनकारीहरू र सत्ताधारीहरूबीचको अहङ्कारका कारण मुलुक यतिखेर क्रमशः अराजकता, मुठभेड, हत्याहिंसा र गृहयुद्धको भयावह बाटोतिर जाँदै छ । यस्तो संवेदनशील घडीमा आफूलाई जिम्मेवार नागरिक, बुद्धिजीवी, अग्रगमनको पक्षधर, लोकतन्त्रवादी र जनपक्षीय भन्ने जुनसुकै व्यक्तिले देश र जनताका पक्षमा आफूलाई उभ्याउनु जरुरी छ । त्यसमाथि आफूलाई प्रगतिशील भन्ने हामीजस्ता स्रष्टाहरूले त यस अवस्थाप्रति आँखा चिम्लनु झन् बिडम्बनाको कुरा हुन्छ । त्यसैले कुनै पनि राजनीतिक पार्टीको चवन्नी सदस्यता नलिएका तपसीलका हामी स्वतन्त्र स्रष्टाहरू बुद्धिजीवी, कविकलाकारलगायतका सम्पूर्ण नेपालीहरूसँग आफूलाई अग्रगमनका पक्षमा उभ्याउन र देशलाई गृहयुद्धबाट बचाउन आफ्नो तर्फबाट यथासम्भव भूमिका निर्वाह गर्नुहुन हार्दिक आह्वान गर्दै देशव्यापी द्वन्द्व रोक्न र मुलुकलाई अग्रगमनको पक्षमा हुने गरी सही दिशामा अग्रसर गराउन सबै राजनीतिक दलहरूसामु निम्नलिखित मागसहित जोडदार अपिल गर्दछौँ —
१) वर्तमान सरकार तत्काल विघटन गरियोस्,
२) आम हडताल तत्काल फिर्ता लिइयोस्,
३) जनादेशअनुसार राष्ट्रिय सरकारको गठन गरियोस्,
४) शान्तिप्रक्रियालाई सही निष्कर्षमा पु¥याउन र जनभावनाअनुकूलको संघीय लोकतान्त्रिक–गणतान्त्रिक संविधान निर्माण गर्न इमानदारी र गम्भीरताका साथ कदम चालियोस् ।
स्वतन्त्र साहित्यकारहरू
१. खगेन्द्र सङ्ग्रौला
२. रामप्रसाद ज्ञवाली
३. आनन्दराम पौडेल
४. मोहन दुवाल
५. अर्जुन पराजुली
६. शारदारमण नेपाल
७. निर्मोही व्यास
८. आर. सी. रिजाल
९. हरिगोविन्द लुइँटेल
१०. डा. कविताराम श्रेष्ठ
११. मधुसूदन गिरी
१२. छविरमण सिलवाल
१३. पुष्करराज साइँतेली
१४. अच्युत घिमिरे
१५. जङ्गव चौहान
१६. विक्रम सुब्बा
१७. राजकुमार के.सी.
१८. चङ्की श्रेष्ठ
१९. पदम गौतम
२०. रासा
२१. ऋतु आसिक
२२. विजयराज आचार्य

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: