RSS

प्याकेजमै सहमति नभएसम्म प्रधानमन्त्रीले राजीनामा नदिने, माओवादीको कालीदास बुद्धि ः पौडेल

08 May

काठमाडौ, २५ वैशाख । नेपाली काग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले प्याकेजमै सहमति नभएसम्म प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा नदिने स्पष्ट पारेका छन् ।
एकीकृत नेकपा माओवादीले अनिश्चितकालिन आमहडताल फिर्ता लिएपछि प्रधानमन्त्रीको राजीनामाको चर्चा चलिरहेका बेला आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा नेता पौडेलले पौडेलको त्यस्तो स्पष्टोक्ति आएको हो । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा पौडेलले भने, ‘माओवादीको पछिल्लो निर्णयले छ बुँदे एजेण्डालाई मुर्त रुप दिने बाटो खुलेको छ । तर, प्रधानमन्त्री परिवर्तनको विषय छैठौ बुँदामा छ ।’
माओवादीद्वारा कब्जा सम्पत्ति फिर्ता, वाइसिएलको ब्यारेकीय संरचना भंग, शिविरका लडाकुको समायोजन र व्यवस्थापन एवं संविधानमा आधारभूत सहमति भएपछि मात्र सत्ता साझेदारीबारे छलफल गर्न सकिने नेता पौडेलको भनाइ थियो । उनले भने, ‘सरकार त बहुमतबाट पनि बन्न सक्छ, यो लोकतन्त्रको सुन्दर पक्ष हो । तर, शान्ति र संविधानका लागि राष्ट्रिय सहमतिको विकल्प छैन ।’
माओवादीको पछिल्लो आमहडताललाई कालीदास बुद्धिको संज्ञा दिदै पौडेलले भने, ‘मुलुकभरिका मानिस काठमाडौं ल्याउने अनि नाकाबन्दी लगाउने, यो कस्तो आन्दोलन थियो ?’ माओवादीले सैनिक र हतियारमा बढी भर गरेर त्यसको दुरुपयोग गरेको उनको दाबी थियो ।
पछिल्लो समय शान्तिको पक्षमा जनताले देखाएको अग्रसरताको सराहना गर्दै पौडेलले यस घटनाले मुलुक शान्तिको दिशामा एक कदम अगाडि बढेको बताए । माओवादीले आमहडताल फिर्ता लिएको अवसरलाई पार्टीहरुले शान्ति स्थापनाका पक्षमा उपयोग गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘आमहडताल फिर्ताको निर्णय कांग्रेस स्वागत गर्दछ । विशेषतः यसमा नागरिक समाजको भूमिकाको हामी उच्च प्रशंसा गर्न चाहन्छौं ।’
अब प्रधानमन्त्रीमा तपाईंको दाबेदारी रहन्छ भन्ने पत्रकारहरुको प्रश्नमा नेता पौडेलले आफू कहिल्यै पनि पदको पछाडि नलागेको स्पष्ट पारे । ‘दलका नेताहरु पदको पछाडि दौडदा अहिलेको अवस्था आएको हो । अहिले म प्रधानमन्त्रीका लागि दौडनेभन्दा समस्याको प्याकेजमा समाधान खोज्ने पक्षमा छु,’ उनले भने, ‘वार्तालाई अगाडि बढाएर प्याकेजमा समाधान गरेर निकास निकाल्छांै । ब्यक्ति प्रमुख कुरा होइन ।’
संसारमै सफल लोकतन्त्रका मूल्यमान्यतालाई आधार मानेर संविधान निर्माण गर्नुपर्ने औंल्याउँदै उनले नयाँ प्रजातन्त्रको कुरा गर्नु कुनै न कुनै रुपको निरकुंशता लाद्नु षड्यन्त्र भएको दाबी गरे ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: