RSS

सहमती विना संविधान लेखन असम्भव, आमहडताल र्फिता लिएकोमा माओवादीलाई धन्यवातः प्रधानमन्त्री नेपाल

08 May

प्रधानमन्त्री माधव कुमार नेपालले सहमती र सहकार्यविना संविधान लेखन कार्य असम्भव रहेको भन्दै अनावश्यक हठ त्यागेर सहमतीमा आउन राजनैतिकदलहरुलाई आग्रह गर्नुभएको छ ।
नेपालले माओवादी तर्फ इंगीत गदै भन्नुभयो अनावश्यक हठ त्यागेर सवैलाई मान्य हुने सहमतीमा आउनुको अहिलेको आवाश्यकता हो ।
माओवादीले आमहडताल र्फिता गरेपछि आज विहान प्रधानमन्त्री माधव कुमार नेपालले एक विज्ञप्ती निकाल्दै आमहडताल र्फिता लिएकोमा माओवादीलाई धन्यवात दिएका छन् ।
प्रधानमन्त्रीद्धारा जारी विज्ञप्तीमा संवाद र सहमतीको लागी सहयोग गर्न माओवादीलाई आग्रह समेत गर्नुभएको छ ।
शान्ति प्रकृयाको पुर्णता, संविधान र्निमाण गर्ने वातावरणको सुनिश्चीतता, माओवादीको नागरिक पार्टीमा रुपान्तरण, लडाकाहरुको समायोजन र पुनस्थापन, वाइसीएलको अर्धशैन्य संरचनाको खारेजी, घरजग्गा सम्पत्ति र्फिता लगायत शान्ति प्रकृयासंग जोडीएका कार्यहरु सम्पन्न गदै दलहरु राष्ट्रिय सहमति कायम गर्न सक्षम हुनेमा विश्वास व्यक्त गरेका छन् ।

माओवादी आमहडताल र्फिता पछि मुलुकभरको जनजिवन सामान्य वन्दै

माओवादीले हिजो साँझ देखि आमहडताल र्फिता लिएपछि काठमाण्डौ तथा मुलुक भरको जनविजन सामान्य वन्दै गएको छ । गएको ६ दिन यता मुलुकभर सवारीसाधन ठप्प रहेका थिए भने खाध्य सामग्रीहरुको समेत अभाव रहंदै आएको थियो । आमहडताल र्फिता लिएपछी हिजो साँझ देखी मुलुकभरका सवारीसाधनहरु चलेका छन् । आज विहानै देखि हजारौ सवारीसाधनहरु काठमाण्डौवाट वाहिरीएका छन् । आज अपरान्न सम्म राजधानीमा भित्रिने भन्दा वाहिरीने सवारीसाधन धेरै रहेको नागढुङा प्रहरीेले वताएको छ । आमहडतालका कारण राजधानीवाहीर रहेका सयौ पर्यटकहरु पनि राजधानी भित्रीने क्रम रहेको छ ।
६ दिन सम्म काठमाण्डौमा रोकिएका सयौ सवारीसाधनहरु आज विहानै देखि सुचारु भएका छन् । सवारीसाधन सुचारु भएपछि खाध्यवस्तुहरुको आयात पनि सुचारु भएको छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: