RSS

कक्षा ११ र १२ को परिक्षा तालिका प्रकाशित

09 May

एकीकृत नेपका माओबादीको आमहडतालका कारण स्थगीत हुन पुगको कक्षा १२ को परिक्षाको नयाँ तालिका सार्बजनिक भएको छ । नयाँ तालीका अनुसार यसअघि स्थगित कक्षा १२ को परिक्षा जेठ २ गते देखी १० गते सम्म सञ्चालन हुने भएको ।
उच्च माध्यमिक शिक्षा परिषदको आज बसेको बैठकले कक्षा ११ को बैशाख ३० गते देखी गर्ने भनिएको परिक्षा जेठ १६ देखी २७ गते सम्म सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यलय भक्तपुरले जनाएको छ । माओवादी निकट क्रान्तिकारी विद्यार्थीको अवरोधका कारण बैशाख १६ गतेबाट शुरु भएको परीक्षा विभिन्न स्थानमा स्थगित भएको थियो भने १९ गतेदेखिको परीक्षा आम हड्तालका कारण स्थािगत भएको थियो । आम हड्ताल अघि विभिन्न ठाँउमा अवरुद्ध भएको परिक्षा भने जेठ ११ र १२ गते सञ्चालन गर्ने उच्च माध्यमिक शिक्षा परिषदले जनाएको छ । यसअघि आमहड्तालका कारण १२ को परिक्षा रोकिएको थियो भने बैशाख १६ गतेको परिक्षा अखिल क्रान्तिकारीको आन्दोलनका कारण ठाँउ ठाँउमा रद्ध भएको थियो । यस्तै कक्षा ११ को परिक्षा पनि आमहड्तालका कारण संचालन गर्न नसक्ने जनाउदै अनिश्चीत कालका लागी स्थगित भएको थियो ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: