RSS

प्रचण्डले विकल्प दिनु पर्छः फोरम अध्यक्ष यादव

09 May

काठमाडौ, २६ बैशाख । एकीकृत नेकपा माओवादीको जारी आन्दोलनमा नैतिक समर्थन ब्यक्त गरेका मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बर्तमान राजनीतिक गतिरोधको अन्त्य गर्न प्रचण्डले आफ्नो विकल्प प्रस्तुत गर्न सक्नु पर्ने बताउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै यादवले प्रचण्डमा आफू बाहेक सबै अयोग्य छन भन्ने हड त्याग्नु पर्ने बताउनु भयो । उहाँको तर्क थियो– प्रचण्डले आफ्नो पक्षमा सहमति जुटाउन सक्दैनन् भने विकल्प प्रस्तुत गरेर सहमतिको बाटो खुला गर्नु पर्छ ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा यादवले माओवादी माओवादीलाई बाम हठ त्याग्न सुझाव दिदै उत्तेजक नार र गलत प्रभाव पार्ने क्रियाकलाप बन्द गर्नु पर्ने बताउनु भयो ।
प्रधानमन्त्री माधवकुमार नेपालको राजिनामा पछि संसदबाटै राष्ट्रिय सहमति खोजिनु पर्नेमा जोड दिदै उहाले भन्नु भयो – माओवादीले भने जस्तो सडकबाट सरकार बनेको मलाई थाहा छैन । सरकार गठन विधी र प्रक्रियाको आधारमा हुन्छ ।
बहुमत र अल्पमतको प्रावधानमा गएर मुलुकको समस्या समाधान हुनै नसक्ने ठोकुवा गर्दै यादवले शान्ति र संविधान निर्माणको राष्ट्रिय संकल्प पुरा गर्न दुई तिहाई बहुमत भएको राष्ट्रिय सहमतिको सरकार बन्नु पर्नेै बताउनु भयो ।
उहाले राष्ट्रिय सहमति कायम गरि मुलुकको समस्या हल गर्न प्रधानमन्त्री नेपाललाई राजिनामा गर्न र प्रचण्डलाई आफूमात्र प्रधानमन्त्री बन्न योग्य भएको हठ त्याग्न सुझाव दिनु भयो । यादवको ठहर थियो– जसले सहमति जुटाउन सक्छ ६०१ सभासद मध्ये बाट त्यही प्रधानमन्त्री बन्छ ।
संविधान निर्माण, शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउनलाई राज्यलाई उदार र माओवादीलाई ब्यवहारिक बन्न सुझाव दिदै यादवले तीन दलमा मात्र होईन संविधान सभामा प्रतिनिधित्व गर्ने सबै दलविचबाट सहमति खोज्न आग्रह गर्नुभयो ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: