RSS

सिंहदरबार घेराऊमा झड्प, स्थिति नियन्त्रणमा लिन प्रहरीद्धारा एक दर्जन बढी सेल अश्रुग्यास प्रहार, समाचार संकलनका लागि पुगेका पत्रकार माथी माओवादीले कुटपीट गरे

09 May

भिम थापा

काठमाडौं, २६ वैशाखः

एकीकृत नेकपा माओबादीको सिहदरबार घेराउका क्रममा आज माइतीघर क्षेत्रमा प्रहरी र माओवादी कार्यकर्ताविच झडप भएको छ । झडपमा परि नेपाल प्रहरीका एक डि.एस.पि. सहित आधार्दजन प्रहरी घाइते भएका छन् भने माओवादीका ३ सभाषद सहित एक दर्जन जति कार्यकर्ता घाइते भएका छन् ।
माइतीघर क्षेत्रमा धर्ना दिइरहेका माओवादी कार्यकर्ताहरुले एक सर्वसाधारणलाई भिजिलान्ते भएको आरोपमा कुटपिट गरेपछि प्रहरीले बचाउन खोज्दा माओवादी कार्यकर्ता र प्रहरीवीच झडप भएको हो । प्रहरीले स्थिति नियन्त्रणमा लिनको लागि ५० राउण्ड अश्रुग्याँस प्रहार गरेको केन्द्रीय प्रहरी समाचार कक्षद्धारा पठाइएको समाचारमा उल्लेख गरिएको छ ।
विहान ११ वजे सुरु भएको झडप पटकपटक गरि दिँउसो ३ वजे सम्म चलेको थियो । सोही क्रममा प्रहरी र प्रदर्शनकारीवीच निकै बेर ढुङ्गा हानाहान समेत भएको थियो । झडपका क्रममा प्रर्दशनकारीको ढुंगा प्रहारबाट डि.एस.पी. भोला रावल, प्रहरी हवल्दार नवलकिसोर यादव, प्रहरी जवानहरु चन्द्रवहादुर जि.सी., युवराज थारु, रवि सुनवार र स.प्र.ज. १ जना प्रहरी कर्मचारीहरु घाइते भएका छन । प्रहरीको कुटाइवाट माओवादीका ३ सभासद समेत घाइते भएका छन् । उनीहरुको विर अस्पतालमा उपचार भईरहेको वताइएको छ ।
साथै उक्त झडपमा परी चितवनको हाकिमचोक वस्ने २४ वर्षीय रामवावु साहसमेत केही घाइते भएका छन् । घाइतेमध्ये ढाँड र घाटीमा चोट लागेका निज साहलाई प्रहरी अस्पतालमा उपचारपश्चात मानवअधिकार सरोकार केन्द्रका ध्रुव कार्कीको रोहवरमा बुझाइएको प्रहरीले वताएको छ ।
सोही क्रममा थापाथली ईन्जिनियरिङ्ग क्याम्पस अगाडि प्रदर्शनकारीले बा.१ झ ३१७८, बा.१ झ ८३३४, वा.१ झ ५४६८, ५९५२, ५९१९, ८३३४, २६७७, ८४५२ र वा.१ झ २६७७ नम्बरका सरकारी गाडी तोडफोड गरेका र बा.१ झ ५८१८ नम्बरको गाडी पल्टाइदिएका थिए ।
यसैबीच माइतीघर मण्डलाबाट प्रदर्शनकारीले आज दिउसो करीव १२ बजे कव्जामा लिएका राष्ट्रिय अनुसन्धान विभागका निरीक्षक आर.के. महत र नायव निरीक्षक रामचन्द्र थापालाई नेपाल प्रहरी, ओएचसिएचआर, राष्ट्रिय मानव अधिकार आयोग र अन्य मानव अधिकारकर्मीहरुको सक्रियतामा २ घण्टापछि कव्जामुक्त गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । वाइसिएलको सर्च टोलीले माइतीघर मण्डेलास्थित एक घरमा बसिरहेको अवस्थामा शरीर तलासी गरी हेण्ड सेट फेला पारेपछि निजहरुलाई कव्जामा लिएको प्रहरीले दावी गरेको छ ।
यता, सिंहदरवार घेराउका क्रममा समाचार संकलनका लागि पुगेका एभिन्युज टेलिभिजनका क्यामाराम्यान रविन्द्र श्रेष्ठमाथि कुटपिट गर्दै क्यामारा समेत तोडफोड गरी क्षेति पुर्याइदिनका छन् । माओवादी कार्यकर्ताको कुटाईवाट श्रेष्ठको टाउको फुटेको छ । त्यस्तै सञ्चार संस्था एएनएनका क्यामेरा म्यान प्रविण मानन्धरलाई माओवादीका कार्यकर्ताहरुले दृष्य छायाङकन गर्नबाट अवरोध गर्नुका साथै क्यामेरा समेत खोसेका थिए ।
यसैविच सञ्चारकर्मी माथी माओवादी कार्यकर्तावाट भएको आक्रमणको रिपोर्टस क्लव नेपालले आज विज्ञप्ती प्रकाशीत गदै दुख व्यक्त गरेको छ ।
शान्ति र संविधानको सुनिश्चितताको लागि एकीकृत माओवादीको नेतृत्वमा तेस्रो जनआन्दोलन जारी रहेको भन्दै प्रदर्शनकारीहरूले आज बिहान ९ः०० बजेदेखि सिंहदरबार घेराउ सुरु गरेका थिए ।
सिंहदरवारलाई माओवादी कार्यकर्ताहरुले भद्रकाली, पद्मोदय, अनामनगर, हनुमानस्थान, बबरमहल र माइतीघरलगायतका स्थानवाट घेराहालेका थिए ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: