RSS

आमहडताल र्फिता पछि माओवादीको अर्को रणनिति ,संघियता, धर्मनिरपेक्षता र राष्ट्रियत स्वाधीनताको निम्ती संयुक्तमोर्चा बनाएर धक्का दिने निर्णय, माग पुरा गराउनको लागि नयाँ संघर्षका कार्यक्रम सार्वजनिक

10 May

काठमाडौं, २७ वैशाखः आमहडताल र्फिता पछि माओवादीले नयाँ रणनितिका साथ आफनो माग पुरा गराउने निर्णय गरेको छ । एकीकृत माओवादीको स्थायी समितिको हिजो र आज बसेको वैठकले आमहडतालको समिक्षा गदै आगामी दिनमा माओवादीले गर्ने रणनितीक कार्यक्रको वारेमा समेत छलफल गरेको थियो ।
एकीकृत नेकपा (माओवादी)ले जनताको संघीय गणतन्त्रात्मक संविधाननिर्माण, राष्ट्रिय स्वाधीनता र धर्मनिरपेक्षताको पक्षमा उभिने शक्तिहरूसित संयुक्त मोर्चा निर्माण गर्ने भएको छ ।
शान्तिप्रक्रियाको तार्किक निष्कर्ष, स्वाधीन र जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण, नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधीनताको सुनिश्चतताका लागि एकीकृत नेकपा(माओवादी)को नेतृत्वमा राष्ट्रिय संयुक्त सरकारको निर्माणका माग पूरा गर्न सङ्घर्षका कार्यक्रम पनि वैठकले तय गरेको छ । जसअनुसार वैशाख २७ देखि ३१ सम्म आन्तरिक सङ्गठनात्मक तयारी, जेष्ठ १ देखि १० गतेसम्म विभिन्न राज्य र जिल्लामा राजनीतिक प्रशिक्षण एवम् व्यापक जनपरिचालन र जेष्ठ ११ गते काठमाडौं र देशका प्रमुख सहरहरूमा विशाल संयुक्त जनप्रदर्शन र सभाहरू गरिने प्रवक्ता दीनानाथ शर्माद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
आमहडतालको क्रममा माओवादी सभाषद प्रभु शाह, अन्जना बिशङ्खेलगायत ७८ जना माओवादीका कार्यकर्ता घाइते भएको र विभिद कारणले मृत्यु भएका ८ जना प्रति माओवादीको वैठकले विशेष प्रस्ताव पारीत गरेको छ ।

प्रस्तुत छ माओवादी प्रवक्त दिनानाथ शर्माद्धारा जारी विज्ञप्तीको पुर्णपाठ तथा माओवादीको विशेष प्रस्ताव ।

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
केन्द्रीय समिति

प्रेस–विज्ञप्ति
आज मिति २०६७ वैशाख २६ र २७ गते एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को स्थायी समितिको वैठक अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा बस्यो । वैठकद्वारा गरिएका निर्णयको जानकारीका लागि यो विज्ञप्ति जारी गरिएको छ ।
१. वैठकको प्रारम्भमा सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरियो । साथै आन्दोलनको क्रममा सहादत प्राप्त गर्नुहुने कमरेडहरू वाईसीएल गाउ“ समितिसदस्य क. गणेश सुवेदी, किसान सङ्घ (२००७)का टोल इकाई सदस्य क.रुद्रबहादुर केसी, गाउ“ पार्टी सदस्य क. सहवीर वि.क., क. मोहन भुजेल, क. मोहनबहादुर ठकुरी, पार्टी सदस्य क. टेकबहादुर अच्छामी (नेपाली), क. बिर्खबहादुर परियार र क जङ्गवीर ओलीप्रति शोकप्रस्ताव गरियो ।
२. वैठकले पार्टीको आ≈वानमा वैशाख १९ गतेदेखि सञ्चालित अनिश्चितकालीन आमहडताल भव्य, शान्तिपूर्ण, मर्यादित र सफल रहेको निष्कर्ष निकाल्यो ।
३. वैठकले आमहडताल सफल पार्नुहुने महिला, मजदुर, किसान, विद्यार्थी, शिक्षक, राष्ट्रसेवक, व्यापारीलगायत सम्पूर्ण जनसमुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
४. शान्तिपूर्ण आमहडतालको क्रममा पोखरा र वीरगञ्जमा सत्तारुढ दलका भातृसंगठन, कथित हिन्दूअतिवादी र प्रहरीप्रशानको मिलेमतोमा भएको आक्रमण, तोडफोड र आगजनीको निन्दा एवम् भत्र्सना गर्दै विशेष प्रस्ताव पारित गरियो ।
शान्ति र जनताको संविधानको सुनिश्चितताका लागि मजदुर–किसान, महिला, उत्पीडित जाति र क्षेत्रका जनसमुदायले चलाएको शान्तिपूर्ण जनआन्दोलनका विरुद्ध विशेषगरी वीरगञ्ज, काठमाडौं र देशका विभिन्न भागमा सत्ताधारी दलका भातृसंगठन र कथित हिन्दूअतिवादीका नाममा अपराधिक तŒवको सा“ठगा“ठमा आक्रमण हुनुले सत्ताधारी गठबन्धनमा सामेल दलहरू शान्ति, संविधान, राष्ट्रिय स्वाधीनता, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, लोकतन्त्र र संविधानसभाकै विपक्षमा रहेको प्रस्ट गरेको ठहर पनि वैठकले गरेको छ ।
५. शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने, स्वाधीन र जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण, नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधीनताको सुनिश्चतताका लागि एकीकृत नेकपा(माओवादी)को नेतृत्वमा राष्ट्रिय संयुक्त सरकारको निर्माणका माग पूरा नभइन्जेल आन्दोलन जारी राख्ने निर्णय पनि वैठकले गरेको छ ।
६. जनताको संघीय गणतन्त्रात्मक संविधाननिर्माण, राष्ट्रिय स्वाधीनता र धर्मनिरपेक्षताको रक्षाको पक्षमा उभिने शक्तिहरूसित संयुक्त मोर्चा निर्माणका लागि पहल र प्रयत्न गर्ने निर्णय वैठकले गरेको छ ।
७. वैठकले निम्नअनुसार सङ्घर्षका कार्यक्रम तय गरेको छ ः
वैशाख २७ देखि ३१ सम्म— आन्तरिक सङ्गठनात्मक तयारी
जेष्ठ १ देखि १० गतेसम्म— विभिन्न राज्य र जिल्लामा राजनीतिक प्रशिक्षण र व्यापक जनपरिचालन
जेष्ठ ११ गते— काठमाडौं र देशका प्रमुख सहरहरुमा विशाल संयुक्त जनप्रदर्शन र सभा ।

२७ वैशाख, २०६७
दीनानाथ शर्मा
प्रवक्ता

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
केन्द्रीय समिति

विशेष प्रस्ताव
१. एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को आ≈वानमा यही वैशाख १९ गतेदेखि भएको आमहडतालको क्रममा काठमाडौंको कलंकीमा वैशाख २१ गते राति सशस्त्र प्रहरीका सईद्वारा मोटरसाइकलले ठक्कर दिएर हत्या गरिएका कास्की जिल्लाको थुम्की–८, सिर्कुतानका वाईसीएल गाउ“ समितिसदस्य क. गणेश सुवेदी, वैशाख २१ गते सा“झ नै आमहडतालमा भाग लिएर घर फर्कदै गर्दा एक्कासी बेहोस भई निधन हुनुभएका दाङ जिल्लाको हलवार–१ सुन्दरबस्ती निबासी किसान सङ्घ (२००७)का टोल इकाई सदस्य क.रुद्रबहादुर केसी, मई दिवसको जनप्रदर्शनमा सहभागी हुन वीरेन्द्रनगर जा“दै गर्दा वैशाख १७ गते गाडीको छतबाट खसेर निधन हुनुभएका सुर्खेतको गुठु गाउ“ पार्टीका सदस्य क. सहवीर वि.क., काठमाडौं मेडिकल कलेमा निधन हुनुभएका जनआन्दोलनका सक्रिय सहभागी दोलखाको मुलु गाविसका क. मोहन भुजेल, हृदयघात भई पाटन अस्पतालमा वैशाख २४ गते निधन हुनुभएका ज्याम्दी–२, काभ्रेका गाउ“ पार्टी सदस्य क. मोहनबहादुर ठकुरी, मई दिवसको जनप्रदर्शनमा भाग लिन काठमाडौं आउ“दा नैकापमा निधन हुनुभएका चक्रतीर्थ–२, लमजुङ निवासी पार्टी सदस्य क. टेकबहादुर अच्छामी (नेपाली), आमहडतालमा भाग लि“दालि“दै विरामी भएर २३ गते राति वीरअस्पतालमा निधन हुनुभएका क. बिर्खबहादुर परियार र २४ गते जनमैत्री अस्पतालमा निधन हुनुभएका रुकुम, सिम्लीका क. जंगवीर ओलीप्रति हार्दिक श्रद्धाञ्जली एवम् शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै सहिदको सपना साकार पार्न शोकलाई शक्तिमा बदल्ने अपिलसहित शोकप्रस्ताव पारित गरिएकोे छ ।
२. आम हडतालको क्रममा वीरगञ्जमा वैशाख २३ गते हाम्रो पार्टीका केन्द्रीय समिति सदस्यद्वय प्रभु शाह, अन्जना बिशङ्खेलगायत ६२ जनाभन्दा बढी विभिन्न स्तरका नेता, कार्यकर्तालाई प्रहरीद्वारा कथित हिन्दूअतिवादी र सत्ताधारी दलका भातृ संगठनका नवमण्डलेहरूको मिलेमतोमा गरिएको बर्बर दमन, आक्रमण, तोडफोड, लुटपाट र कास्कीको लेखनाथ नगरपालिकाकाको भण्डारीढिकमा वैशाख २४ गते प्रहरीदमन र लुकीछिपी बसेका युथफोर्सका हतियारधारी नवमण्डलेहरूद्वारा अन्धाधुन्धा गोलीप्रहारमा हाम्रो पार्टीका १५ जना नेता तथा कार्यकर्तालाई घाइते बनाएको घटनाले फासिष्ट अधिनायकवादको नाङ्गो हस्तक्षेप प्रकट भएको छ । शान्ति र जनताको संविधानको सुनिश्चितताका लागि मजदुर–किसान, महिला, उत्पीडित जाति र क्षेत्रका जनसमुदायले चलाएको शान्तिपूर्ण जनआन्दोलनका विरुद्ध पुलिस प्रशासन, कथित हिन्दूअतिवादी र सत्ताधारी दलका भातृसंगठनका नवमण्डलेहरूको सा“ठगा“ठमा आक्रमण हुनुले सत्ताधारी गठबन्धनमा सामेल दलहरू संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र लोकतन्त्रकै विपक्षमा रहेको प्रस्ट गरेको ठहर गर्दै ती बर्बर, दर्दनाक र जङ्ली आक्रमणको निन्दा एवम् भत्र्सना गर्दै विशेष प्रस्ताव पारित गरिएको छ । त्यसैगरी घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि वैठकले गरेको छ ।
२७ वैशाख, २०६७

दीनानाथ शर्मा
प्रवक्ता

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: